Arna Beer

दोस्रो चरणमा ६७ प्रतिशत मतदानः निर्वाचन आयोग

काठमाडौँः दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले देशका ४५ जिल्लामा ६७ प्रतिशत मतदान शान्तिपूर्णरुपमा भएको जानकारी दिए ।

दोस्रो चरणमा भएको मतदानमा सबै भन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको छ । निर्वाचन सबै जिल्लामा शान्ति पूर्ण रुपमा सम्पन्न भएको छ ।

उद्यपी अर्धाखीँची जिल्लाको सन्धीखर्कमा भने झडपका कारण स्थगित भएको छ । सहि नभएको मतपत्रमा रहेको भन्दै भएको झडपपछि मतदान स्थलमा तोडफोड समेत भएको आयोगले जनाएको छ । मतदान स्थगित भएको ठाँउमा केही दिनमा नै पुनः मतदान गर्ने आयोगले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

सम्पन्न मतदानसँगै संविधान कार्यान्वयन, संक्रमणकालको अन्त्य भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताए । उनका अनुसार मतदान सम्पन्न भएका सबै जिल्लाका मतपेटीका सुरक्षित रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइउने कार्य जारी रहेको बताए ।

मतपेटिका मुख्य निर्वाचन अधिकृतको नियन्त्रणमा रहनेछन् । पहिलो चरणमा मंसिर १० गते सम्पन्न मतदानको भने आजैबाट मतगणना सुरु भएको आयोगले जनाएको छ ।

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बामपन्थी गठबन्धनको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार बन्ने दावी गरेका छन् ।…

नुवाकोट । पञ्चकन्या गाउँपालिका–५ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा जन्मदिन मनाउने अवसर जुरेको छ । शुक्रबार सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक लगत्तै…

काठमाडौं । केन्द्रीय सरकारमा मन्त्रालयको टुंगो लागेको छ ।  केन्द्रमा के कति मन्त्रालय राख्ने सम्बन्धमा वाम दलबीच अन्ततः १७ मन्त्रालयमा…