नुवाकोट एकमा हितबहादुरले रामशरणलार्इ पछि पारे

जमुना गजुरेल

नुवाकोट । कांग्रेसले लगातार पकड जमाइरहेको नुवाकोट क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङले पकड बनाउँदै लगेका छन् ।

क्षेत्र नम्बर १ मा हालसम्म ७९९९ मत गनिसकेको अवस्थामा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका हितबहादुर तामाङ ३३६६ मतसहित अग्रस्थानमा देखिएका छन् ।

तामाङलार्इ पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार रामशरण महत २८८३ मतसहित पछ्याइरहेका छन् । महतले सुरूमा अग्रता लिए पनि तामाङले फेरि ४७७ मतले अग्रता लिएर पकड बनाएका हुन् ।

त्यसैगरी क्षेत्र नम्बर २ मा पनि नेकपा एमालेका नारायण खतिवडाले कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीलार्इ १ हजार भन्दा धेरै भोटले पछि पारेका छन्।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कान्ति न्यौपाने काठमाडौं । विगतमा विभिन्न राजाले बिशेष कार्यक्रममा पहिरिने गरेको श्रीपेज अब खम्बाले लगाएको छ । राजहाँसको प्वाख र…

काठमाडौं । लोक तथा दोहोरी गायक शंकर क्षेत्री नेपालगञ्जका हुन् । यस्तै, लोक तथा दोहोरी गायिका बबिता बानियाँ जेरी गोरखाकी…

काठमाडौं । शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन्। सत्तारूढ दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली…

काठमाडौं । हनुमानढोका दरबारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङको छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ । गोरखाबाट ल्याएको…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको छैटौं दिन आश्विनशुक्लषष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको…

मितिः २०७५ असोज २९ गते सोमबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गित ५ः२५ मालश्री धुन ५ः३० तीर्थ पर्यटन प्रस्तोताः…