बाँदरलाई हानेको गोली लागेर एकको मृत्यु

सुनिल कार्की
पाल्पा । तिनाउँ गाँउपालिका–६ मस्यामको छत्तीवन जंगलमा बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक जना वृद्धाको मृत्यु भएको छ ।
सोहि गाउँपालिका बस्ने ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको गोली लागेर ६२ वर्षका धनबहादुर थापाको मृत्यु भएको हो । सोमबार साँझ गोली लागेर स्थानीय थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गोली प्रहार गर्ने लम्तरीलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनले बाँदरलाई गोली हान्दा थापालाई लागेको प्रहरी समक्ष बयान दिएका छन । घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।