कथा: ‘शुभयात्रा रोहित ! राम्रोसँग जानू’

कास ! जीवनमा केटीमान्छेको अंगालो र चुम्बन पाएको यो पहिलो पटक हो । थोरै काउकुती र असजिलो जस्तो महसुस भयो । शरीर जिरिङग भो । वरिपरी हेरेँ । मान्छेहरुको भीड बाक्लो थियो । तर, हामीप्रति कसैको ध्यान थिएन । आखिर, कसलाई कसको वास्ता छ र यो शरहमा !

–क्षितिज समर्पण

कलंकी चोकनेर पुगेको थिएँ । मोबाइलमा मेसेजको ट्युन बज्यो । गाडीमा मेसेजको ट्युनले मात्र के थाहा पाउँदो हुँ । मोबाइल भाइब्रेट भएपछि मात्रै थाहा पाएँ । यस्तै कोलाहल र होहल्लामा काम लाग्ला भनेरै होला मोबाइलमा भाइब्रेट सुविधा राखिएको ।

हेरेँ, सन्ध्याको मेसेज रैछ ।

‘थ्यांक्यु डियर । मिसिङ यू अ लट ! टेक केयर ।’

बढी लेख्न सक्ने अवस्थामा थिइनँ । मन यसै पनि भारी भएको थियो । कालो बादल थोपरिएको आकाशभन्दा पनि धुम्म भएको हुँदो हो सायद–त्यो बेला । ठूलो भारीले थिचे जस्तै गह्रुंगो महशुस भईरहेको थियो ।

मेरो मोबाइलमा टेक्स्ट छोडनुपूर्व उसले फेसबुकमा स्टाटस पोष्टिसक्या रैछ । उसको मेसेजको रिप्लाई गरिसकेपछि सर्र टाइमलाइन नियाले । निकै भावुक बनायो उसको लेखाइले । ठूलो कुरा त खासै केही लेखेकी थिइन । तर, जीवनमा सानै कुराको पनि खूब अर्थ हुँदोरहेछ । मन पनि कहिलेकाँही सानै कुरामा खुशी भइदिन्छ । सानै कुरामा भावुक बनिदिन्छ । सायद, भावुकताको अर्काे नाम नै मन होला । अनायसै आँखाबाट आँशु खसे ।

साला यी आँशुपनि जहाँ पायो त्यही खसिदिन्छन् ! कुनै मूल्य छैन यी आँशुको । सन्ध्याले त्यसै भनेकी होइन–‘तिमी साह्रै पिन्चे छौ रोहित ।’

पुलुक्क छेऊको सिटमा बसेको यात्रीलाई हेरेँ, ऊ मोबाइलमा क्याण्डिक्रस खेल्नमै व्यस्त थियो । एअरफोन कानमा घुसाएँ । मोबाइलमा भएको पुरानो हिन्दी गीत बजाएँ–

हम तुम्से न कुछ कहे पाए……
सन्ध्यासँगको सम्बन्धको ईतिहास लामो छैन । मनको सम्बन्ध स्थापित हुनुमा धेरै पहिले भेट्नु र नभेट्नुको कुनै अर्थ हुन्छ वा हुँदैन थाहा छैन । तर, जीवनमा कसैसँग यति नजिक भएको थिएँ भने त्यो सन्ध्या नै थिई । जोसँग नभेट्दै मनका कुरा हुन थालिसकेका थिए । भन्नुपर्ने बाँकी केही थिंदै थिएन । रित्याइसकेका थियौं आफूलाई । अझ भनौं प्रेमिल सम्बन्धको आकाशमा हामी निर्धक्क उडिरहेका थियौं–चराजस्तै । प्रेम नामको एउटा चरा निर्धक्क उडिरहेको थियो हाम्रो मनको निलो आकाशमा । हामी यति आत्मीय र यति धेरै नजिक भइसकेका थियौं कि दिनमा कम्तिमा तीन पटक फोन र अनलाइनमा कुरा भएन भने के छुटयो के छुट्यो झैं लाग्थ्यो–कमसेकम मलाई ।

‘मलाई पनि उस्तै त हो’ सन्ध्या भन्थि, ‘आजसम्म सम्हालेर राखेको मन चोरिछाड्यौ है ?’

म खित्त हाँसेको इमोजी पठाउँथे । र, भन्थे–उसो भए चोरी अभियोगमा जेल पठाउन त !

‘जेल ? जेल त तिमी यसै पनि परिहाल्यौ रोहित’, सन्ध्या भन्थि–‘मेरो मायाको जेलमा । मेरो मनको घेराबन्दीमा । अब निस्किन गाह्रो पर्ला रोहित ।’

मसँग बोल्नलाई शब्दै हुँदैनथ्यो । च्याटमा फेरि उही स्माईली पठाउँथे ।
….
भौगोलिकताले सम्बन्धमा असर पार्दाे हो त सन्ध्यासँगको यो निकटता सम्भवै थिएन । म दूरदराज छु । ऊ सपनाको शहर काठमाण्डौंमा छे । सपनाले डो¥याउँदै उसलाई त्यहाँसम्म पु¥याएको । कुनै दिन मेरो सपनाले पनि त्यहाँसम्म पु¥याउला ?

‘काठमाण्डौं कहिले आउँछौ रोहित ?’

उसले प्रायः सोध्ने प्रश्न नै यही हुन्थ्यो । म उसलाई आश्वस्त पार्थे, ‘समय मिलाएर आउँछु नि सन्ध्या ।’

तर, यो सुदूर गाउँबाट काठमाण्डौं जाने समय मिलाउनै सकस थियो । भेटको मीठो कल्पनामा मन उद्देलित हुन थालिसकेको थियो । तर, लगातार २४÷२५ घण्टाको यात्रा गरेर उसलाई भेट्नकै लागि काठमाण्डौं जान त्यति सहज थिएन ।

‘तिमीबिना शून्य लाग्छ रोहित यो शहर । यो शहरका हर चिजहरु फिक्का लाग्छन तिमीबिना । यो कोलाहलको कुनै प्रवाह छैन–तिम्रो अनुपस्थितीमा । सब वेकार लाग्छन् तिम्रो अभावमा । कि तिमी छिटो आउ, नत्र म उतै आउँछु ।’
सन्ध्या घुर्कि मिसाएर इमोशनल बनाउँथि मलाई ।

फेसबुकमा भएको हो हाम्रो पहिलो भेट । मेरो गाउँमा फेसबुकमै भेट भएर वैवाहिक सम्बन्धमा बाँधिएका एक जना दाई हुनुहुन्छ । भाउजु पूर्व विराटनगरको । पूर्वको मान्छेलाई फेसबुकले पश्चिम पु¥यायो । बहुत प्रेम छ दाईभाउजुमा–बिहेपछि पनि । मेरो मनमा पनि कता कता ईष्र्याको भाव जागृत हुन्थ्यो । मैले पनि यस्तै सहयात्री पाउन पाए !?
त्यसै दिनदेखि हो फेसबुकमा राम्रो अनुहार गरेको केटीको फोटो देखेपछि उसको टाइमलाइन हेर्न थालेको । अनि ऊ केटी मान्छे नै हो भन्ने ‘कन्र्फम’ भएपछि ‘रिक्वेष्ट’ पठाउन थालेको । सन्ध्यालाई पनि यसरी नै रिक्वेष्ट पठाएथेँ ।

कालो टिशर्ट । कर्लि कपाल–जसमा थोरै ब्राउन कलर मिसिएको । नाकको डाँडामा अडेस लागेको फाइबरको चस्मा । चोकोफन जस्ता ओठ । अनि, मुक्त आकाशको मुनिपट्टी फुक्काफाल उभिएको उसको कभर फोटो ।

उसका दुई÷चारवटा स्टाटस पनि नियाँले । जीवन भोगाईका सौन्दर्य, अलिअलि साहित्यीक कुरा, अलिअलि केही गरौं भन्ने भावनाले अभिप्रेरित उसका भनाईहरु । यस्तै यस्तै थिए । रिक्वेष्ट पठाको यस्तै आठ÷दश दिनपछि हो क्यारे, उसले एसेप्ट गरेको ।

एसेप्ट होला भन्ने आश पनि मरिसकेको थियो । किनकी, यसरी धेरैबाट धेरैचोटी निराश भइसकेको छु । कोही कोहीले मात्र एसेप्ट गर्थे । तर, कुरा गर्न खोज्यो बोल्दै नबोल्ने । मन नलागी नलागी ‘अनफ्रेण्ड’ गर्नुपरेका थुप्रै घटना छन् ।
धन्न सन्ध्याले चाहीँ कुरा गर्न थालि । शुरुमा उसले पनि भाउ नखोजेकी कहाँ हो र ? छोटो छोटो जवाफ दिने उसको बानीले दिक्क बनाउँथ्यो । लाग्थ्यो–सन्ध्याजस्तो घमण्डी केटी दुनियाँमा छैन ।

तर, विस्तारै खुल्दै गई । म पनि साहित्यको विद्यार्थी । कहिले साहित्यका कुरा भए, कहिले जीवन भोगाईका कुरा । चलिरह्यो फेसबुकमा लाईक कमेन्ट पनि । त्यसपछि लाग्न थाल्यो–सन्ध्याजस्तो अशल केटी दुनियाँमा छैन !
उसको बोल्ने शैली, तर्क गर्न सक्ने शक्ति, जीवनप्रतिको बुझाई, यी सबै कुराले कसोकसो म उप्रति आकर्षित भइसकेछु । वास्तवमा सन्ध्याजस्तो मान्छे मेरो जीवनमा आउनूपर्छ, सायद मनले यस्तै केही सोचेको हुँदो हो । र, लाग्थ्यो–मेरो जीवनमा सन्ध्याको जस्तो स्थान अरुले लिनै सक्दैन ।

कैले रिस । कैले ठट्टा । कहिलेकाँही त दुईरचार दिन बोलचालै बन्द । यसरी अघि बढ्दै थियो हाम्रो सम्बन्ध । विस्तारै माया प्रेमका कुरा हुन थाले । उसले केही हदसम्म मलाई बुझि । मैले केही हदसम्म उसलाई बुझेँ ।

एकदिन भनेको थिएँ– ‘सन्ध्या ! हुन त, यो भर्चुअल दुनियाँको कुनै विश्वास हुँदैन भन्छन् । तर, तिमीलाई फेसबुकमा भेट्टाएपनि मेरो मनले भेटाएझैं लाग्न थालेको छ । प्रविधिको साँघुरो दुनियाँमा भेटिएकी साँघुरो पात्र होइनौ तिमी । तिमी त मेरो जीवनको विशाल फाँटमा आएकी छ्यौ । अटाएकी छ्यौ मेरो हृदयको विशाल सिंहासनमा ।

र, हिनेकी छौ मेरो मनको राजमार्गभरी !
….
जीवनमा पहिलोपटक काठमाण्डौंलाई छुने अवसर आईपुग्यो । सन्ध्याले पटक पटक सोध्ने प्रश्नको उत्तर समाप्त हुँदै थियो । मन यति खुशी थियो कि, एकातिर पहिलोपटक काठमाण्डौंमा पाइला टेक्दैथिएँ । अर्काेतिर, कोही खास मान्छे छ त्यहाँ थियो । पर्खेको थियो कसैले । मन यसै पनि चंगा भइरहेको थियो ।

रेडियोले तालिमको सिलसिलामा काठमाण्डौं पठाउने निर्णय गरेको दिनै सन्ध्यालाई फोन गरेको थिएँ–‘सन्ध्या ! म भोली आउँदैछु । पर्खेर बस्नू ।’

‘पर्खाइ त यसै पनि छ रोहित । तिमीले भनेपनि÷नभनेपनि, धेरै भयो मैले तिमीलाई पर्खिन थालेको । कयौंरात सपनामा पर्खिएँ, कयौं दिन विपनामा पर्खिएँ’ सन्ध्याको जवाफ आयो–‘यो पर्खाईको पर्खाल त्यतिबेला भत्किनेछ–जतिबेला तिमी मेरो समिपमा हुनेछौं । जतिबेला तिम्रो आँखामा आफूलाई हेर्नेछु ।’

यो खबरले सन्ध्या पनि निकै खुशी सुनिएकी थिई । मानौं, म परदेश गएको लाहुरे थिएँ । ऊ रातदिन मेरै प्रतिक्षामा बसेकी फूलकुमारी थिई । जसलाई मैले सिन्दूर दिएको थिएँ, चुरा दिएको थिएँ । र, दिएको थिएँ जीवनमा केही वर्षहरु, केही हर्षहरु । त्यही सिन्दुर, चुरा र पोतेलाई प्रियवर सम्झिदै बसेकी मेरो मुना थिई ऊ । म मदन थिएँ–जो आफ्नी प्रियसीको लागि खुशी किन्न भनेर पर्देश पसेको थिएँ ।
….
बागबजारको कफि शप । टेबल नम्बर पाँच । बाहिर थोरै झरी । खासै चिसो चाँही हैन यो मौसम । तर, बाहिर परेको झरीले केही चिसोको अनुभूती भने पक्कै दिलाएको छ ।

गाउँमा यतिबेला घाम डुबिसक्यो होला !

धेरै बेरसम्म एकाअर्काले सिधा नजर हेर्न पनि सकेनौं । मभन्दा बढी सन्ध्या नै लजालु देखिन्थि । फेसबुक र फोनमा त्यत्रो कुरा भइसक्दा पनि किन प्रत्यक्ष भेटमा असजिलो महशुस हुन्छ कुन्नी ?

‘समय मिलाएर कतै घुम्न जाउँ न सन्ध्या’, कफिको चुस्की लिदै भनें, ‘यो कोलाहल भन्दा अलि पर…। जहाँ बाँड्न सकियोस जीवनका केही खुशीहरु ।’

सायद उसको पनि यही चहाना हुँदो हो भनि–तिम्रो तालिम कैले सकिन्छ रे ?

–पर्सि ।
–उसो भए निपर्सि कतै जाउँ न त । म समय मिलाउँछु । बरु कता जाने ?
–म विलकूल नयाँ छु यो ठाउँमा । कता लैजाने तिम्रो जिम्मा ।
–उम्म्म ! ओके ! धुलिखेल जाउँला ।
–हस !

छोटो भेट, छोटो कुराकानीपछि हामी छुट्टियौं । सन्ध्यासित तीन दिनपछि धुलिखेल घुम्न जाने कुराले मन निकै उद्देलियो । बेलुका आँखा चिम्म गरेर बिहान व्युँझिदा एकैपटक तीन दिन बितिदिए हुन्थ्यो जस्तो लाग्न थाल्यो ।

कफिशपबाट छुट्टिँदा सन्ध्याले हग गरि । कानको छेउमा हल्का चुम्बन पनि । फेरि अर्काे आनन्द थपियो जीवनमा । अर्काे खुशी थपियो ।

कास ! जीवनमा केटीमान्छेको अंगालो र चुम्बन पाएको यो पहिलो पटक हो । थोरै काउकुती र असजिलो जस्तो महसुस भयो । शरीर जिरिङग भो । वरिपरी हेरेँ । मान्छेहरुको भीड बाक्लो थियो । तर, हामीप्रति कसैको ध्यान थिएन । आखिर, कसलाई कसको वास्ता छ र यो शरहमा ?!

यद्यपि, सन्ध्यालाई चुम्वनको जवाफ दिने आँट आएन ।
….
थाहा छ–आफ्नो मान्छेसँग विताएका एक एक पलहरु अमूल्य र आत्मीय हुन्छन् । तर, तिम्रो समिप बसेर मन फुकाउने धोको यसपाली अधुरै रह्यो !

‘के छ सन्ध्या ? भोलि कति बजे हिडौं ?’

फोन उठाउने वित्तिकै एकै सासमा सोधिहालें । व्यग्र प्रतिक्षा जो थियो । यति व्यग्र त सानोमा बा हाट जाँदा पनि भएको थिइनँ । किनकी, बा हाट जाँदा केही न केही खानेकुुरा ल्याएर आउनुहुन्थ्यो । केटाकेटीमा त्योभन्दा ठूलो के नै हुन्थ्यो र ? दिनभर बा आउने बाटो हेरेर बिताईन्थ्यो ।

मेरो प्रश्नमा सन्ध्याले जुन जवाफ दिई, त्यसले मलाई खपिनसक्नुको पीडा भयो । छाँगाबाट खसेजस्तै भएँ । हातखुट्टा गलेर आए । निकै थकानको महशुस भयो । मनमा सन्नाटा छायो । निकै समयको प्रतिक्षाको पर्खाल गल्र्याम्म भत्कियो । बोल्नै सकिन, गला रोकिएर आयो । एकहोरो सन्ध्याको कुरा सुनिरहेँ । र, उसको कुरा सुनिरहेको प्रमाणित गर्न बीचबीचमा थोरै सास मात्र निकाले ।

त्यतिबेला मेरो अनुहार कस्तो भएको हँुदो हो ? उसलाई फोन डायल गर्दा मेरो अनुहारमा देखिएको उत्साहको चमक र अहिलेमा कति भिन्नता होला ? यो अवस्थालाई कम्प्युटरमा झैं ‘अन डु’ गरेर हेर्न मिल्ने भए जरुर हेर्ने थिएँ ।
‘सरी रोहित ! आ’म भेरी भेरी सरी !

विश्वास छ–तिमीले मलाई बुझ्नेछौ । मैले भोली ‘टायम’ दिन नसक्ने भएँ रोहित । अफिसको कामका लागि विहानै हेटौंडा जानुपर्ने भो । सायद दुई दिनजती उतै बसाई हुन्छ होला । मलाई पनि रहर थियो–तिमीसित कतै टाढा गएर मनका कुरा गरौं । यो मनमा वर्षाैँदेखि रहेको भारी केही समयलाई भएपनि बिसाउँ । थाहा छ–आफ्नो मान्छेसँग विताएका एक एक पलहरु अमूल्य र आत्मीय हुन्छन् । तर, तिम्रो समिप बसेर मन फुकाउने धोको यसपाली अधुरै रह्यो !

रोहित ! थाहा छैन आजको मेरो बाँकी समय कसरी बित्यो । कलेज गईयो तर, के पढाई भयो त्यो पनि याद छैन । कसरी गएँ, कसरी आएँ कुनै सम्झना छैन । याद जस्तै छरपस्टिएका छन्–किताब कापी । उस्तै लथालिंग छ मनपनि । म एकदमै निःशब्द र दुःखित छु ! यति व्यस्त भइएछ कि आफ्नै खुशीका लागि पनि समय निकाल्न सकिएन !’

उसको कुरा सुनिसकेपछि मैले यत्ति बोल्न सकें–‘ठीकै छ सन्ध्या ! यो सबै मेरै नसिवले भएको हो । जुन मान्छेको भाग्यमा खुशीको कुनै स्थानै छैन भने त्यो मान्छेले खुशी सङ्गाल्छु भनेर नहुने रहेछ । आखिर, जीवन भनेको के नै हो र ? थोरै कल्पना, थोरै सपना न हो । त्यही थोरै कल्पना थियो, त्यही थोरै सपना थियो–तिमीसितको । तर, त्यही पनि पुरा हुन सकेन सन्ध्या ।’

बोल्नै सकिएन, गला रोकियो । सन्ध्याले पनि बोल्न सकिन । सायद रोइरहेकी हुँदी हो । पटक पटक ‘घिक्क !’ गरेको मसिनो आवाज आउँथ्यो ।

‘टेक केयर सन्ध्या !’ फोन राखिसकेपछि मेसेज लेखें ।

‘यु टू !’ रिप्लाई गरि ।

एकफेर आँखा झिमिक्क नगरेर रात कट्यो । जीवनमा पहिलोपटक अनिदो बसियो ।

गाडी थानकोट पुग्नै लाग्दा मनमा अनेक तर्कनाहरु आउन थाले । सन्ध्याका विषयमा शंका गरौं कि विश्वास ? शंका गरौं त्यत्रो माया गरेकी छ । त्यति धेरै कुरा भनिसकेपछि शंका गरेर पाप सोच्न पनि मन लागेन । विश्वास गरौं, वचन तोडेकी थिई । आफ्नै आँखाले देखेको कुरा त सत्य हुँदैन भन्छन्, उसले भनेका कुरामा सत्यता छ भनेर म कसरी विश्वास गरौं ?
मनले पनि यस्तो बेला अनेक शंका गर्दाेरहेछ । जसलाई सबैभन्दा बढी विश्वास गरिन्छ, कहिलेकाँही उसैलाई शंका गर्न मन लाग्दोरहेछ । यो विश्वास र शंका पनि एउटै सिक्काका दुई पाटा जस्तै रहेछन् ।
….
मनमा पटक–पटक अतित र सायाको पुनर्मिलनको कुरा याद आईरह्यो । सन्ध्यासित पनि त्यस्तै मीठो पलको कल्पना गरिरहेँ । सन्ध्या कहाँ छ भन्ने मात्रै थाहा पाएको भए बरु म आफै पुग्थे ऊ भएको ठाउँ । तर, उसको पुरै हालतदेखि वेखबर छु । अनि कहाँ जानू म ??

किन किन उसलाई फोन गर्न मन लागेन । झण्डै १५ दिनसम्म फेसबुक पनि खोलिन । फेसबुक खोल्दा ऊ अनलाइन भेटिन छोडिसकेकी थिई । काठमाण्डौबाट आएको १७ दिनपछि उसलाई फोन ‘ट्राइ’ गरेंँ तर, अफ भन्यो ।

सुविन भट्टराईको समर लभ उपन्यासको अतितको जस्तो हालत भइरहेको थियो । उत्तिकै विक्षिप्त थिएँ । फरक यत्ति हो अतितले जस्तो रक्सीको नसा लिन सकेको थिइनँ । चुरोट भने पहिलेको तुलनामा बढि नै पिउँन थालेको थिएँ । सन्ध्याले पनि त सायाको जस्तो व्यवहारिक चरित्र प्रस्तुत गरेकी थिई । फरक यत्ति हो, साया अतितलाई कुनै जानकारी नै नदिएर हराएकी थिई । सन्ध्या म ‘टायम दिन नभ्याउने भएँ’ भनेर गएकी थिई । तर, अहिले सन्ध्या र सायामा कुनै फरक छैन । न फोन, न अनलाइन, न फेसबुकमा अपडेट ! सताउनुको पनि हद हुन्छ नि यार !

उसले मलाई देखाउने व्यवहारले लाग्दैनथ्यो यसरी खबरै नगरि हराउली भनेर । कति विश्वास र समर्पण भाव थियो उसमा । कति ईमान्दार र मायालु लाग्थि मेरी प्रिय सन्ध्या !

मनमा पटक–पटक अतित र सायाको पुनर्मिलनको कुरा याद आईरह्यो । सन्ध्यासित पनि त्यस्तै मीठो पलको कल्पना गरिरहेँ । सन्ध्या कहाँ छ भन्ने मात्रै थाहा पाएको भए बरु म आफै पुग्थे ऊ भएको ठाउँ । तर, उसको पुरै हालतदेखि वेखबर छु । अनि कहाँ जानू म ??
….
अचानक सन्ध्या भेटिई !

आरआर क्याम्पस बाहिरपट्टीको क्यान्टिनमा चिया पिइरहेको थिएँ । सिमसिम पानी परिरहेको थियो । ब्याचलर सकेर मास्टर पढ्न काठमाण्डौं पसेको पनि डेढ वर्ष भईसकेछ । सन्ध्यासँग सम्पर्कबहिन भएको तीन वर्ष ।

सन्ध्या भेटिनु त भेटिई । तर, मेरी हो भन्ने कुनै आधार नहुनेगरि भेटिई । हुन त, ऊ मेरी हो भन्ने खास आधार के नै थियो र ?

हातमा सानो प्लाष्टिक व्याग । नाडीभरी चुरा । सुनको बाला पनि थियो बाँया नाडीमा । कपाल स्टेट गरिछ । सिउँदोको सिन्दूर प्रष्ट देखिन्थ्यो । हरियो बुट्टा गरेको पहेंलो कुर्तासुरुवालमा थिई सन्ध्या । पहिलेभन्दा अलि मोेटाईछ । ओेठको गाढा लाली बहुतै सुहाएको थियो । उसँगै हिडिरहेको थियो एउटा अधवैशें पुरुष । जसको हातमा गुडियाजस्तो लाग्ने झण्डै पन्ध्र महिना जतिको बच्चा थियो । अलि पर बाटोको बायाँछेऊ रोकेको कारतर्फ जाँदै थिए उनीहरु ।

सन्ध्यालाई बोलाउन मन लाग्यो । पिउँदै गरेको चिया आधाउधि छोडिदिएँ । चुरोटमा पनि दुईरचार पफ बाँकी नै थियो । हतारमा सन्ध्याहरु भएको ठाउँतिर लागे । छिटोछिटो पाइला चाल्छु भन्दापनि हुँदै हुँदैन । सपनामा ऐठन परेको बेला यस्तै हुन्थ्यो ।

कारछेऊ पुग्दा बोल्न आँटै आएन । शरीर काँपेको जस्तो भयो । मुटुको गती स्वभाविक भन्दा बढ्यो ।

हातको प्लाष्टिक व्याग कारको पछाडीको सिटमा राखेर सन्ध्या अगाडिको सिटमा बसी । बच्चा समातेको पुरुष, ड्राईभर सिटमा बस्यो । उसले समातेको बच्चा सन्ध्याले काखमा लिई ।

सन्ध्या…!

सन्ध्याले कारको ढोका लगाउँदैै गर्दा हिम्मतका साथ बोलाएँ । ड्राईभर सिटको पुरुषले गहिरो नजरले हे¥यो । तर, सन्ध्या केही बोलिन ।

सन्ध्या ! म्म्म.. रो..रोहि…त..!

सन्ध्याको अनुहारमा कुनै परिवर्तनको भाव देखिएन । विलकुल अपरिचत जस्तो गरि प्रस्ततु भई । ‘हु आर यू म्यान ? आइ डोन्ट नउ !’ सन्ध्या बोली, ‘सायद तपाईलाई भ्रम प¥यो होला । सरी आ’म नट सन्ध्या !’

उसको काखको बच्चा मतिर हेर्दै गिजा देखाएर ङिच्च हाँस्यो । थोरै हात हल्लाए जस्तो गर्यो । के सोच्यो कुन्नी ?
‘राजा जाउँ !’ सन्ध्याले ड्राईभर सिटमा बसेको पुरुषलाई भनि । कार टुडिँखेलतर्फ गएर दक्षिण मोडियो । रुखले छेलिउन्जेल हेरिरहेँ । मनमा लामो समयदेखि गुम्सिएको एउटा प्रश्नको उत्तर भेटियो ।

घाम धरहराको टुप्पोबाट ओर्लिदैछ । म भने बेसरी ‘मात्तिने’ सोचले पुरानो बसपार्कतिर उक्लिदैछु । समय र मौसम दुवैले च्यालेन्ज गरेका छन आज ।

अघि सन्ध्याहरु दक्षिण लागेको दोबाटोनेरबाट उत्तर लागेँ । थोरै अगाडि पुगेको थिएँ, मोबाइलमा मेसेजको ट्युन बज्यो । हेरें, नयाँ नम्बरबाट आको रैछ–

सरी रोहित ! आइ वाज सन्ध्या ! बाइ फर इभर !!

उसको काखको बच्चा मतिर हेर्दै गिजा देखाएर ङिच्च हाँस्यो । थोरै हात हल्लाए जस्तो गर्यो । के सोच्यो कुन्नी ?
‘राजा जाउँ !’ सन्ध्याले ड्राईभर सिटमा बसेको पुरुषलाई भनि । कार टुडिँखेलतर्फ गएर दक्षिण मोडियो । रुखले छेलिउन्जेल हेरिरहेँ । मनमा लामो समयदेखि गुम्सिएको एउटा प्रश्नको उत्तर भेटियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका…

खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र…