‘मधेसमा जनता मरिरहँदा मन्त्री भनेर कसरी काठमाडौँमा बसिरहूँ ?’

महोत्तरी । ‘तराईमा शीतलहरले जनजीवन कठ्यांग्रिँदा मन्त्रीको काठमाडौँमा के काम ?’ चिसोबाट प्रभावित मधेसका जनतालाई न्यानो कपडासहित सामग्री बाँड्दै विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘देख्दा शीतलहरले मरेको भनिए पनि मान्छे गरिबीले मरेका हुन् ।’

अत्यधिक बढेको चिसोले जनजीवन प्रभावित भएपछि महोत्तरी पुगेका मन्त्री पोखरेलले यसवर्ष चिसोबाट बच्न मधेसका जनतालाई अनुरोध गरे । ‘तातो कुरा खानुस्, न्यानोमा बस्नुस्,’ गौशालामा आयोजित कार्यक्रममा पोखरेलले भने, ‘आफ्नो स्वास्थ्य ख्याल गर्दै साँझबिहान चिसोबाट बच्नुस् ।’

गौशाला नगरपालिका अन्र्तगतका विभिन्न वडामा शीतलहरबाट प्रभावित अतिविपन्न परिवारलाई मन्त्री पोखरेलले न्यानो कपडा, कम्बल, म्याट, ब्यालङ्केट बाँडे । शीतलहरबाट प्रभावित दलित, विपन्न वर्गका परिवारलाई बर्दिबास र गौशालाको संयोजनमा राहत वितरण गरिएको हो । ‘वामपन्थीहरु सधैँ जनताका सुखदुःखमा छन्,’ पोखरेलले भने, ‘अहिले शीतलहरबाट बचौँ, अर्को वर्ष गरिबीको रेखामुनिका नागरिकको आयस्तर माथि उठ्ने गरी उत्पादन क्षेत्रमा योजना बनाएर काम गरौँला, अनि जाडोमा पनि लड्ने शक्ति सञ्चय गरौँला ।’ मन्त्री पोखरेलले आफ्ना नागरिक जाडोले मरिरहँदा काठमाडौँ बस्न नसकेर मधेस झरेको बताए । तस्बिरः सुनील खड्का 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका…

खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र…