सुशील कोइराला क्यान्सर अस्पताल माघदेखि सञ्चालनमा आउने

नेपालगञ्ज । लामो समयपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आगामी माघदेखि बहिरङ्ग उपचार सेवा शुरु गर्ने भएको छ ।

नेपाल सरकारअन्तर्गत रहेको सो अस्पतालले यसअघि केही दिनका लागि स्याटेलाइट प्रणालीबाट बहिरङ्ग सेवा शुरु गरेको थियो, तर त्यसले निरन्तरता पाउन भने सकेन ।

अस्पतालका लागि आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीको नियुक्ति प्रक्रिया पनि थालिएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार सबै कर्मचारीको लिखित परीक्षा भइसकेको छ, केही दिनभित्रै कर्मचारीको नियुक्त सरकारी तहबाट हुनेछ ।

सो अस्पताल सञ्चालनमा आएपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका क्यान्सर रोगका बिरामीलाई उपचारका लागि चितवन, काठमाडौं र भारतका अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।

अस्पतालले उपकरण खरिदका लागि टेण्डर आह्वान गरिसकेको र केही दिनभित्र तत्काल आवश्यक पर्ने उपकरण जडान भइसक्ने अध्यक्ष कक्षपतिले बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…

काठमाडौँ । सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका…

खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र…