जनताले जातीयता र क्षेत्रीयताका आधारमा नभई राजनीतिक दल, उम्मेदवार, संगठन, लोकप्रियता र मुद्दाका आधारमा मताधिकार प्रयोग गरेको देखियो । मोरङको क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः एमालेका घनश्याम खतिवडा, नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजाल र एमालेकै भानुभक्त ढकाल मधेसी समुदायको मतसहितले प्रतिनिधिसभामा विजयी भएका छन् । भित्री मधेस मानिने सिरहा क्षेत्र नम्बर ३ मा एमालेका लीलानाथ श्रेष्ठ र सिरहा १ मा कांग्रेसका प्रदीप गिरी विजयी हुनु मधेस र पहाडबीचको विभेद अन्त्य गर्ने जनताको चाहना मतबाट प्रकट भएको देखिन्छ ।
–संगीता रेग्मी२०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनपछि पहिचान र अधिकारका नाममा विभिन्न जातीय र क्षेत्रीय आन्दोलन भए । मधेसका नाममा हुने राजनीति र पहिचानको नाराभित्र मधेस र पहाड अलग बनाउने षड्यन्त्र रहेको भन्नेहरू प्रशस्तै छन् । यसो भन्नेहरूले सत्यको अर्को पाटो बिर्सिएझैँ लाग्छ । किनकी मधेस र पहाडबीच राजनीति भन्दा बलियो सामाजिक सम्बन्ध छन् । वैवाहिक सम्बन्धमार्फत विकास हुँदै गरेको यो सम्बन्ध नयाँ पिँढी झनै अगाडि बढाएका छन् ।गतवर्ष सम्पन्न पूर्वराष्ट्रपति डा.रामवरण यादवको परिवार र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारबीच सम्पन्न वैवाहिक सम्बन्ध पनि यस्तै सामाजिक परिघटनाको गतिलो उदाहरण हो । पूर्वराष्ट्रपति डा. यादवका नाति इञ्जिनियर अभिषेक यादव र वर्तमान राष्ट्रपति भण्डारीकी छोरी डा.निशाकुसुम भण्डारीबीच वैवाहिक सम्बन्धले मधेस र पहाड अलग होइन, एकै हो भन्ने सन्देश प्रवाह गरेको छ ।दुई अलग समुदाय (मधेसी–पहाडी) बीच बढ्दै गएको राजनीतिक अविश्वास र आरोप–प्रत्यारोपले हाम्रो सम्बन्ध त्यति कमजोर छैन भन्ने सन्देश पनि यस्ता परिघटनाले दिएका छन् । यति मात्र होइन, राजा–महाराजका पालामा पनि मधेसी र पहाडी समुदायबीच वैवाहिक सम्बन्ध हुने गरेको चर्चा इतिहासमा पाइन्छ ।
मधेसका नागरिक पनि नेपाली नै हुन् भन्ने भावना जुम्लाको कुनै तामाङ समुदायको व्यक्तिले भन्न सक्नुपर्छ भने झापाको एउटा व्यक्तिले हुम्लाको समस्या बुझ्न सक्नुपर्छ र इलामको मान्छेले दार्चुलाको विषयमा जानकारी लिनुपर्छ
हुन त मधेसी र पहाडी समुदायबीच यो विवाह नै पहिलो भने होइन । राजनीतिमा स्थापित महत्वपूर्ण हस्तीले वैवाहिक सम्बन्धमार्फत मधेस र पहाडबीच साइनो गाँसेका छन् । राजनीतिमा मात्र होइन, सामाजका अन्य क्षेत्रमा स्थापित भएका यस्ता महत्वपूर्ण व्यक्तित्व छन्, जसले आफूमधेसी भए पहाडी र पहाडी भए मधेसीसँग विवाह गरेका छन् । उनीहरूको दाम्पत्य जीवन सुखमय र खुशीसाथ बितिरहेको छ । यसले समाजलाई जोड्दै लगेको छ । मधेस र पहाड अलग होइन भन्ने सन्देश पनि प्रवाह भएको छ ।यस्तो वैवाहिक सम्बन्ध जति धेरै बढाउन सकिन्छ, त्यति नै दुई समुदायबीच नकारात्मक भावना अन्त्य गर्न सहयोग पुग्छ । भनिन्छ, आत्मीयता र मानवता क्षेत्रीयतामा छेकिन्न । नेपाली भूगोलभित्र बस्ने सबै नेपाली भए पनि त्यसभित्र थुप्रै समुदाय एवम् जातजाति छन् । त्यसभित्र पनि निश्चित भूगोलभित्र बस्दै आएकाले आफूलाई त्यो भूगोलको प्रतिनिधिपात्र मान्छन् । पछिल्लो समय बढ्दो शहरीकरण, सामाजिक सञ्जालको व्यापक प्रयोग र विश्वव्यापीकरणको प्रभावले ‘मिक्स सोसाइटी’को अवधारणा बढ्दै गएको छ । आफ्नो जातीय एवम् सामुदायिक पहिचानभन्दा माथि उठेर समाजमा मिलेर बस्नुपर्छ भन्ने भावना विकास हुन थालेको छ । विगत लामो समयदेखि मधेस र पहाडका विषयमा विभिन्न सवाल उठ्दै आएको भए पनि २०६२÷६३ को मधेस आन्दोलनपछि मधेस मुद्दा सतहमा आउन थाले र मधेससँग भएका विभेदका विषयले स्थान पाउन थाले ।भौगोलिक सुगमता भएर पनि विकास निर्माणमा पछाडि पर्नु शिक्षा, स्वास्थ्य, खानेपानी, सिञ्चाइँलगायतका राज्यले दिने सुविधामा मधेस सधैँ पछाडि नै रह्यो र मधेसलाई राज्यले सधैं हेपिरह्यो भनेर अधिकार प्राप्तिको उद्देश्यले विभिन्न नाम दिएर क्षेत्रीय दलहरू खुले, जसले २०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राम्रो मत ल्याएर राष्ट्रिय पार्टीको रूपमा पहिचान बनाउन सफल पनि भएको छ । मधेसको नाममा क्षेत्रीयरूपमा राजनीति गर्न खोलिएका दलहरूले अब आफ्नो धारणा परिवर्तन गर्दै सामाजिक विखण्डनको होइन, एकता र सहकार्यका लागि पनि लड्नुपर्छ ।राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले अब मधेसको मुद्दा मात्र उठाएर राजनीति गर्ने होइन कि अबका दिनमा उनीहरूले मधेसको सामाजिक बनोटका साथै मधेस र पहाडका लागि सेतुका रूपमा आफूलाई उभ्याउन सक्नुपर्छ । मधेसमा हुने शीतलहर, बाढीको विषयसँगै पहाडको पहिरो, कर्णालीमा चामल अभाव भएको विषय, जुम्लामा सडक निर्माणमा ढिलाई भएको विषय पनि उनीहरूले उठाउन सक्नुपर्छ ।मधेस विकासमा पछाडि परेको छ, अधिकार र पहिचानका लागि आन्दोलनमा छ र अन्य विभिन्न समस्याले ग्रस्त छ भन्दैमा पहाड र हिमाल सुगम, शान्त, विकसित छ भन्ने होइन । खान पुग्ने अन्न उत्पादन नहुनु, सिञ्चाइँ, सडक अभाव जस्ता विभिन्न समस्याले पहाड र हिमाल पनि पीडित छ । सबैभन्दा पहिले आफ्नो सोचाइमा परिवर्तन ल्याउन जरूरी छ । मधेसका नागरिक पनि नेपाली नै हुन् भन्ने भावना जुम्लाको कुनै तामाङ समुदायको व्यक्तिले भन्न सक्नुपर्छ भने झापाको एउटा व्यक्तिले हुम्लाको समस्या बुझ्न सक्नुपर्छ र इलामको मान्छेले दार्चुलाको विषयमा जानकारी लिनुपर्छ ।
पछिल्लो समय बढ्दो शहरीकरण, सामाजिक सञ्जालको व्यापक प्रयोग र विश्वव्यापीकरणको प्रभावले ‘मिक्स सोसाइटी’को अवधारणा बढ्दै गएको छ । आफ्नो जातीय एवम् सामुदायिक पहिचानभन्दा माथि उठेर समाजमा मिलेर बस्नुपर्छ भन्ने भावना विकास हुन थालेको छ ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि मधेस र पहाडका जनताले यस्तै समाजिक सदभावको अभिव्यक्ति र चाहनालाई आफनो मतमार्फत प्रकट गरेका छन् । उनीहरू राजनीतिक कलेवर भन्दा माथि उठेर मधेसबाट पहाडी र पहाडबाट मधेसी नेतालाई जीताएर मधेस र पहाडको संगमका रूपमा नेपालको राजनीतिलाई व्याख्या गरेर अनुपम सन्देशको नमूना अभिव्यक्त गरेका छन् ।यसपटको निर्वाचनमा धेरै यस्ता अनुहार देखिए जो पहाडको भएर मधेसबाट जीत हासिल गर्न सफल भए भने मधेसी उम्मेदवारले पनि पहाडी मतदाताको मत पाएर जीत प्राप्त गरे । भित्री मधेसमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेसी मूलका उम्मेदवार विजयी भएका छन् । जनताले जातीयता र क्षेत्रीयताका आधारमा नभई राजनीतिक दल, उम्मेदवार, संगठन, लोकप्रियता र मुद्दाका आधारमा मताधिकार प्रयोग गरेको देखियो । मोरङको क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः एमालेका घनश्याम खतिवडा, नेपाली कांग्रेसका डा. मीनेन्द्रप्रसाद रिजाल र एमालेकै भानुभक्त ढकाल मधेसी समुदायको मतसहितले प्रतिनिधिसभामा विजयी भएका छन् । भित्री मधेस मानिने सिरहा क्षेत्र नम्बर ३ मा एमालेका लीलानाथ श्रेष्ठ र सिरहा १ मा कांग्रेसका प्रदीप गिरी विजयी हुनु मधेस र पहाडबीचको विभेद अन्त्य गर्ने जनताको चाहना मतबाट प्रकट भएको देखिन्छ । यस्तै, महोत्तरी १ मा नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र क्षेत्र नम्बर २ मा राजपाका शरत्सिंह भण्डारीले कांग्रेसको जीत पनि यसैको उदाहरण हो । सर्लाही १ मा राजपाका प्रमोद साह, धनुषा ४ मा एमालेका रघुवीर महासेठ र सर्लाही ४ मा फोरमका राकेशकुमार साह पहाडी मतदाता बढी भएका क्षेत्रबाट जित्ने मधेसी अनुहार हुन् ।सोचमा परिवर्तन, आफ्नो देशभित्र भएका जातजाति, भाषाभाषीको विषयमा जानकारी राख्ने हो भने मधेस र पहाडका विषयमा उत्पन्न भएको दूरी घट्न सक्छ । मधेस र पहाडको बीच दूरी बढाएर होइन घटाएर देशलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्छ । द्वन्द्व र दूरीले कसैलाई हित गर्दैन ।
–मधेस दर्पण फिचर सेवामधेसको नाममा क्षेत्रीयरूपमा राजनीति गर्न खोलिएका दलहरूले अब आफ्नो धारणा परिवर्तन गर्दै सामाजिक विखण्डनको होइन, एकता र सहकार्यका लागि पनि लड्नुपर्छ