मकवानपुरका कम्युनिष्टले मन्त्री हुनै नपाउने ?: विरोध खतिवडा (भिडिओसहित)

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य तथा संघीय सांसद विरोध खतिवडाले मकवानपुरका गैरकम्युनिष्टले जति जिते पनि कम्युनिष्टले मन्त्री पाउँदैनन् भनेर खिज्याउने गरेको बताएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा समाचार संयोजक रामकुमार एलनसँगको कुराकानीमा सांसद खतिवडाले भने, ‘२०४८ सालदेखि नै मकवानपुर लालकिल्ला हो, तर कहिल्यै पनि मन्त्री हुने पालो आएन, प्रतिपक्षीहरुले नारै लगाउन थाले, हामी जित्नेबित्तिकै मन्त्री, कम्युनिष्टले जिते केही न केही ।’

खतिवडा चौथोपटक सांसद भएका हुन् । भने, ‘यसपटक पार्टीले सरकारमा जान योग्यहरु छान्नेक्रममा मकवानपुरको पालो आउनेमा आसावादी छु ।’ खतिवडाले सुरुङमार्गका नाममा उठाइएको ३४ करोड रुपैयाँको हिसाबकिताब खोजिने र बदमासी गर्नेलाई कारबाहीका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् ।

पूरा कुराकानी हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । चीनको राज्य…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान अर्थमन्त्रीको साथ आधिबाटोसम मात्रै पाउने भएका छन् । सोमबार राष्ट्रियसभा सदस्यको कार्यकाल तय…

काठमाडौं । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको…

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…