कांग्रेसका ३२ जिल्ला सभापतिले मागे सभापतिहरुको राष्ट्रिय भेला

मेलम्चीमा कांग्रेस जिल्ला सभापतिको गोप्य भेला

–आनन्द गुरुङ
मेलम्ची । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको गोप्य र आकस्मिक भेलाले ७७ जिल्लाका सभापतिको राष्ट्रिय भेला बोलाउन पार्टी सभापतिसँग आग्रह गर्ने भएको छ ।

बुधबार साँझ मेलम्ची पुगेका ३२ सभापतिको गोप्य भेलाले स्थानीय तह, प्रदेश र संघीय संसदमा भोगेको पराजयबारे समीक्षा गर्दै अघि बढ्न सभापतिहरुको राष्ट्रिय भेला महसुस गरेको हो ।

भेलाले दुर्गम क्षेत्रमा विकासको काम अघि बढाउनु पर्ने, सभापतिहरुको कोष निर्माण गर्नु पर्ने माग पनि पार्टीमा राख्ने भएको छ । बैठक मेलम्चीमा जारी छ । सिन्धुपाल्चोक, कैलाली, मनाङ, मुस्ताङ, डोल्पा, कास्कीलगायतका ३२ जिल्लाका सभापति आकस्मिकरुपमा मेलम्ची पुगेका हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…