जाडो पीडितलाई वाईसिएलले न्यानो बाढ्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल)ले राहत वितरण गर्ने भएको छ । वाईसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लामा न्यानो वितरण गर्ने भएको छ ।
‘तपाइँ कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछौ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले बताए । ‘हामी संगठन बनाएर मात्र बस्दैनौं’ उनले भने ‘संगठनबाट सामाजिक काम पनि गर्छौ ।’
राहत संकलनका लागि वाईसिएलले विभिन्न व्यक्ति र संघसंस्थालाई आब्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा तोकेको छ ।
यो अवधिभित्र सबैले राहत सामाग्री दिएर सहयोग गर्न वाईसिएलले आग्रह गरेको छ । यसअघि वाईसिएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण गरेको थियो ।