१५ दिनमा २१ वटा दलले आयोगमा गराए दल दर्ता गराए

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले उपलब्ध गराएको १५ दिनको समयमा २१ वटा दलले दल दर्ता गराएका हुन् ।

आयोगमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय जनमोर्चा लगायत २१ वटा दलले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

दल दर्ताका लागि निवेदन दिएका दलको योग्यताको विषयमा आयोगले छानविन गरि सूची प्रकाशन गर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगद्धारा प्रकाशित अन्तिम उम्मेदवारको सूचीमा कायम रहने दल र स्वतन्त्र उम्मेदवारलाई मात्रै निर्वाचन चिन्ह् प्रदान गरिने पनि प्रवक्ता ढकालले जानकारी दिए ।

आगामी माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

असोज १७ गतेका दिन नेपालका मूख्य बामपन्थी शक्ति र बाम पृष्ठभूमिका नेताहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि चुनावी तालमेल र…

धुर्मुस सुन्तली फाउन्डेसनले माघ २१ गते बस्ती हस्तान्तरण गर्ने योजना बनाएको छ –प्रिमेश शिवाकोटी रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर…

काठमाडौँ । एलजी ब्राण्डका सामानको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले सीतापाइला चोकमा नयाँ शोरुम शुरुवात गरेको छ । शोरुम उद्घाटनमा एलजी…

श्याम कुशवाह वीरगञ्ज । ‘फागुनमा छोरी मुनिको विवाहको तयारी भइरहेको थियो, तर प्रहरीले छोरीको आँखा मात्र फुटाएन, भविष्य नै फुटाइदियो,’…

हरिकृष्ण कुमाइ जुम्ला । नून सबैलाई चाहिन्छ । तर राज्यले नूनसमेत नागरिकलाई दिन सक्दैन भन्ने उदाहरण भेटिएको छ हुम्लामा ।…

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…