पराजुलीको नागरिताबारे जिल्ला प्रशासनमा सोधखोज

दमौली । प्रा.डा. गोविन्द केसीको आन्दोलन र उनले माग गरेको प्रधानन्यायाधीशको नागरिता छानबिनले गोपाल पराजुलीको पराजुलीको गृह जिल्ला तनहुँमा तरंग ल्याएको छ । अन्नपूर्ण पोष्टमा समाचार छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा पराजुलीको नागरिकताबारे बुझ्नका लागि नियमित फोन आउने गरेको छ। प्रशासनले जनाएको छ । शुक्रबार मात्रै सरुवा भएका प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले यसबारे निकै प्रश्नको सामना गर्नुपरेको छ।

प्रधानन्यायाधीश पराजुलीको गृहजिल्ला तनहुँ र जन्मघर ऋषिङ गाउँपालिका १ काहुँशिवपुर हो। पराजुलीले तनहुँ प्रशासनबाटै नागरिकताको प्रमाणपत्र लिएको प्रशासनका एक अधिकारीले बताए। सुरुमा दिएको नागरिकतामा जन्म मिति उल्लेख छैन ।

‘त्यतिबेलाका प्रायः नागरिकतामा जन्म साल मात्र उल्लेख हुन्थ्यो,’ प्रशासन स्रोतले भनेको छ , ‘पछि उहाँले महिना र साल उल्लेख गरी काठमाडौं प्रशासनबाट नागरिताको प्रतिलिपि निकालेको देखिन्छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…

–अर्जुन थपलिया गान्धीले अहिंसात्मक आन्दोलनको सहारा लिए । जसलाई ‘सत्याग्रह’को नाम दिइयो । गान्धीले इष्टइन्डिया कम्पनीको बेलायती शासनबाट भारत स्वतन्त्र…