१९५० को सन्धि परिमार्जन गर्न सहमति

काठमाडौं । नेपाल र भारत प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठकले १९५०को सन्धीका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ । नयाँ पत्रिकामा समाचार छ ।

नयाँ दिल्लीस्थित इपिजी सचिवालयमा विहीवार र शुक्रवार बसेको वैठकले दुई महिनापछि सातौँ वैठकबाट संशोधित सन्धीको मस्यौदा तयार गर्ने निर्णयसमेत गरेको छ । वैठकले साझा प्रतिवेदनको ढाँचा तयार गर्ने जिम्मा नेपाली सदस्यलाई दिएको छ ।

‘अब १९५०को नेपाल भारत सन्धी यथावत नरहने कुरामा सहमति भएको छ,’ इपिजीका नेपालतर्फका का सदस्य डा. राजन भट्टराईले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपाल र भारतबीचको खुला सीमाना पनि यही अवस्थामा राख्नु हुँदैन भन्नेमा पनि हामी सहमत भएका छौँ । यसको मोडालिटीका बारेमा हामी चाँडै टुंग्याउँछौँ ।’ अर्को वैठक फागुन १२ र १३ गते काठमाडौंमा बस्ने पनि तय भएको उनले

वैठकमा सन्धीको दफाबार छलफल भएको थियो ।

सन्धीको धारा २, ५, ६ र ७ संशोधन गर्ने तय भएको छ । तर भारतीयपक्षले अर्को वैठकमा थप राय दिएपछि यो बिषय टुंग्याउने सहमति भएको इपिजी सचिवालयका निर्देशक यादब खनालले जानकारी दिए । बैठकमा नेपालतर्पmका संयोजक डा. भेषबहादुर थापा र सदस्यहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा.राजन भट्टराई र सचिवालयका सचिव यादब सहभागी थिए ।

भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी. लामा र बिसी उप्रेती बैठकमा सहभागी थिए । सदस्य भट्टराईका अनुसार वैठकमा सामाजिक आर्थिक सम्बन्ध, व्यापार तथा पारबहन, सीमा व्यवस्थापन, दशगजाको व्यवस्थापन, विवादित भूमिका बिषयमा पनि छलफल भएको थियो ।

‘सबै बिषय साँघुरिएका छन्, प्रारम्भिक प्रतिवेदन लेखन शुरु हुन्छ’ भट्टराईले भने, ‘कार्यकालभित्रै साझा प्रतिवेदन सरकारलाई बुझाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ । पहिलोपटक एउटै टेबुलमा बसेर सबै बिषयमा छलफल भएको छ यसलाई चानचुनेरुपमा लिन मिल्दैन ।’ दुवै पक्षले साझा प्रतिवेदन लेखेर आ–आफ्ना सरकारलाई बुझाउने कार्यादेश छ । इपिजीको कार्यकाल आगामी असार २१ गते सकिनेछ ।

गत असोज २१ र २२ मा काठमाडौंमा बसेको इपिजीको पाँचौँ बैठकमा खुला सिमाना बन्द नगर्ने, तर आवतजावत अनुगमन गर्ने सहमति भएको थियो । सो बैठकमा नेपाल–भारत सिमानामा जनताको आवतजावत अनुगमन गर्ने संयन्त्र बनाउनुपर्नेमा सहमति भएको थियो ।

सन्धिको धारा २, ५, ६ र ७ सच्याउनुपर्ने नेपाल पक्षको मागमा भारतीय टोली यसअघिको बैठकमा सकारात्मक रूपमा पेस भएको थियो ।

यसपटक इपिजी सदस्य आचार्यले सन्धिसहित नेपाल–भारत सिमाना व्यवस्थापनबारे नेपालको पछिल्लो अडान पेश गरेका थिए । सदस्य उपाध्यायले नेपाल–भारत डुबान नियन्त्रणबारे विगतमा झैँ प्रस्तुतीकरण गरे भने भट्टाराईले व्यापार तथा पारवहनका विषयमा धारणा राख्ने । भारतबाट सामाजिक आर्थिक सम्बन्धका बिषयमा सदस्य जयन्त प्रसादले प्रस्तुतीकरण दिए भने सदस्य लामाले थप व्याख्या गरे ।

इपिजीको पहिलो बैठक ०७३ असार २० र २१ मा काठमाडौंमा बसेको थियो । पहिलो बैठकको पहिलो एजेन्डा १९५० को शान्ति तथा मैत्री सन्धि थियो । पहिलो बैठक बसेदेखि इपिजीको कार्यकाल दुई वर्ष तोकिएको छ । ०७३ असोज १८ र १९ मा दोस्रो बैठक दिल्लीमा भएको थियो । ०७३ चैत २३ र २४ गते तेस्रो बैठक काठमाडौंमा भएको थियो । इपिजीको चौथो बैठक ०७४ जेठ १५ देखि १७ सम्म भारतको देहरादुनमा भएको थियो । पाँचौँ बैठक ०७४ असोज २१ र २२ गते काठमाडौंमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

असोज १७ गतेका दिन नेपालका मूख्य बामपन्थी शक्ति र बाम पृष्ठभूमिका नेताहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि चुनावी तालमेल र…

धुर्मुस सुन्तली फाउन्डेसनले माघ २१ गते बस्ती हस्तान्तरण गर्ने योजना बनाएको छ –प्रिमेश शिवाकोटी रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर…

काठमाडौँ । एलजी ब्राण्डका सामानको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले सीतापाइला चोकमा नयाँ शोरुम शुरुवात गरेको छ । शोरुम उद्घाटनमा एलजी…

श्याम कुशवाह वीरगञ्ज । ‘फागुनमा छोरी मुनिको विवाहको तयारी भइरहेको थियो, तर प्रहरीले छोरीको आँखा मात्र फुटाएन, भविष्य नै फुटाइदियो,’…

हरिकृष्ण कुमाइ जुम्ला । नून सबैलाई चाहिन्छ । तर राज्यले नूनसमेत नागरिकलाई दिन सक्दैन भन्ने उदाहरण भेटिएको छ हुम्लामा ।…

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…