साउदी अरेबियाका महिला पहिलो पटक खेल हेर्न रंगशालामा

एजेन्सी । साउदी अरेबियाले महिलालाई पहिलो पटक फुटबल खेलको दर्शकदिर्घा (प्याराफिट) मा बस्न दिएको छ ।

महिलामाथि कडा नियम रहेको परम्परावादी मुस्लिम देश साउदी अरेबियामा शुक्रबार पहिलो पटक फुटबल खेलको दर्शकदिर्घामा महिलालाई बस्न दिइएको हो ।

शुक्रबार जेद्धाह शहरमा रहेको रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित गएका थिए । साउदी अरेबियामा दशकौँदेखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध रहेको थियो ।

युवराज मोहम्मद विनको सुधार योजना अन्तर्गत विस्तारै परिवर्तन हुन थालेको छ । यो महिना तीन खेलमा महिलालाई रंगशाला गएर हेर्ने दिइने छ । शुक्रबार स्थानीय क्लबबीचको खेल हेर्न आएका महिलालाई रंगशालमा खटिएका महिला कर्मचारीले नै भित्र प्रवेश गराएका थिए ।

युवराज मोहम्मद विनको योजना अनुसार नै महिलालाई गाडी दिने निर्णय भएको छ । महिलाले गाडी चलाउन नपाउने गरी लागेको प्रतिबन्ध फुकुवा भएको हो । सरकारको नयाँ नीति अनुसार आउँदो जुन महिनादेखि साउदीका महिलाले गाडी चलाउन थाल्ने छन् । यस्तै शुक्रबार नै महिलाकालागि मात्रै कार सोरुम खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

असोज १७ गतेका दिन नेपालका मूख्य बामपन्थी शक्ति र बाम पृष्ठभूमिका नेताहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि चुनावी तालमेल र…

धुर्मुस सुन्तली फाउन्डेसनले माघ २१ गते बस्ती हस्तान्तरण गर्ने योजना बनाएको छ –प्रिमेश शिवाकोटी रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर…

काठमाडौँ । एलजी ब्राण्डका सामानको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले सीतापाइला चोकमा नयाँ शोरुम शुरुवात गरेको छ । शोरुम उद्घाटनमा एलजी…

श्याम कुशवाह वीरगञ्ज । ‘फागुनमा छोरी मुनिको विवाहको तयारी भइरहेको थियो, तर प्रहरीले छोरीको आँखा मात्र फुटाएन, भविष्य नै फुटाइदियो,’…

हरिकृष्ण कुमाइ जुम्ला । नून सबैलाई चाहिन्छ । तर राज्यले नूनसमेत नागरिकलाई दिन सक्दैन भन्ने उदाहरण भेटिएको छ हुम्लामा ।…

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…