तिम्रो भगवानले हेरेको पनि देखियो

चैतका महिनै यस्ता । उदासलाग्दा । खडेरीलाग्दा । बाँसका लिंगा जोल्ठिनै पर्दैन आगो लाग्न । साना दर्शन ढुंगा ठोकिए पनि बस्ती स्वाहा हुन सक्ने । कुन सन्काहाले यस्तो उराठ महिनालाई वसन्त ऋतु भनिदियो । सत्तिसाल बेचेर गमलामा सुन्तला फलाउनेहरुले पृथ्वीमा खडेरी पारेका छन् र आफ्नो आँगन भिजाउन छतमा पन्चकन्याका खिया नलाग्ने ट्यांक हालेका छन् । पानी नभएपछि बिजुली बल्ने कुरै भएन । बिजुली नबलेपछि उस्तै परे तातो पानी तात्दैन भान्सामा । मान्छे बिल्कुल मेसिनसँग स्खलन भएको छ । मान्छे–मान्छे भेटिँदा पनि मान्छेको व्यवहार भेटिँदैन । हो, चारलाख पराङहरुको श्रमको मूल्य नभएको यो मुलुकमा तोर्मामा भगवान खोज्ने र घिउकुमारीमा अनुहारको चमक खोज्नेहरुको ताँती छ । त्यसैले विद्रोह गरेर या त पराङले आत्महत्याको मार्ग रोज्नु पर्छ यात श्रमको मूल्य खोज्न मलेसिया भासिनु पर्छ ।

पराङ–१

गहुँ काट्दाकाट्दै ज्यान कक्रक्क परेको छ । पराङ काप्राको बोटमुनि टुक्रुक्क बसेर ज्यानलाई शितलता दिन खोज्दैछ । हातका पञ्जा गहुँ काटदाकाट्दा दुखेका छन् । टाउका माथिबाट घामले खरानी बनाउने गरी ताप छाडिरहेको छ । पसिनाले निथ्रुक्क भिजेको छ । पसिना बसेर गालाका डिलसम्म आइपुगेका छन् र गह्राका धूलो उडेर पसिनासँग मिल्दा गालामै मयलको धर्सो छ । माथिपट्टि मोरङे चेपाङको खोल्मामा रेडियो घन्किरहेको छ । आज के भयो कुन्नि ? रेडियो राष्ट्रवादी गीत सुनाइरहेको छ, ‘जहाँ ढुंगाढुंगामा देवताको बास छ, यो देश मेरो हो, यो देश मेरो हो ।’ पराङलाई ढुंगाले हानेर रेडियो फुटाउँ भैmँ लागेको छ । उ सम्हालिँदै मनमनै भन्छ, ‘इस हुन्छ……..ढुंगामा देवताको बास, कुकुरको खप्पर त्यही ढुंगामा बजारिदिन्छु अनि थापा पाउँछस्, ढुंगामा देवताको बास हुन्छ कि काल !’

-रामकुमार एलन

ढुंगामा देवता कुँदेर मान्छे भ्रममा बाँचिरहेको छ । देउता त घिउकुमारीजस्तै रहेछ । हाँडीमा सारे पनि सर्ने, गमलामा सारे पनि हुने । बारीमा पनि मज्जाले हुने । अचेल बजारमा छाला चमकदार र लचकदार बनाउन एलोभेरा जुस आएको छ । चाउरी परेका अनुहारमा आइरन लगाए झैँ चिल्याउने एलोभेरा फेसवास आएको छ । गाउँघरमा घिउकुमारीको वास्ता छैन । सहरमा भने बट्टामा आउने घिउकुमारीको रस (एलोभेरा) कति महँगो ? कुमारीको जीवन मूल्यहीन छ सहरमा तर घिउकुमारी कति महँगो ? उफ् यो स्वार्थी प्लास्टिक सर्जरी दुनियाँ ।

‘मान्छे ढुंगामा देउता खोजेर किन बाँचिरहेका छन् हँ ?’ पराङ सोच्छ, ‘घिउकुमारी जता सारे पनि सरेजस्तै मान्छेका देउता पनि उस्तै सर्छन् ।’ तामाङको घ्याबामा देउता चामलको तोर्मोमा सर्छ । भालडाँडाको भँडारी झाँक्रीले कुखुराको अण्डामा पनि देउता सार्छन् भन्थे । पराङ सम्झिन्छ, ‘ढुंगामा देउता खोज्ने मनुवाले कहिले ढिँडोको डल्लामा त कहिले कालढुंगामा देउवा सारे झैँ दुःख किन सार्न सक्दैन ?’ जुन ढुंगामा देवताको बास छ, त्यही देशका नागरिक किन ढुंगामा बजारिएर मरिरहेका छन् । अस्ति झिल्किनीबाट हिँडेको लोकल बस परेवाभिरमा खस्दा सबै यात्रु ढुंगामा बजारिएर मरे । सुनिन्छ, ड्राइभरको लाइसेन्स पनि थिएन रे । ज्यानमारा ढुंगा कसरी भयो देउताको बासस्थल ? पराङ जुरुक्क उठेर फेरि गहुँ काट्न खोज्छ । उसलाई उभिन पनि गाह्रो भएको छ ।

‘एक मेलो सक्ने बेला थकाइ मारिस् बजिया,’ यता पिँढीका डिलबाट थापा काजी कराए । काजीलाई खेताला कजाउन आउँछ । पुरानो बानी उनको । बाजेले घिउ खाएकाले नातिका पाखुरा बलिया भन्ने भ्रममा छन् उनी । गफ दिन्छन्, ‘हाम्रा पूर्खाले कालापानी लडेको, नालापानी लडेको । थापा काजी हौँ थापा काजी ।’ उनको ठूलो स्वरमा गाउँका तामाङहरु मुन्टो हुल्लाउँछन् । हस काजी भन्छन् । त्यो भन्दा बढी बोल्ने आँट पनि छैन । होस् पनि कसरी सोझा तामाङलाई खेताला बनाएर थापा काजीले शासन चलाएको निकै भयो गाउँमा । सहरमा छोरा पढाउनदेखि बुहारीको ज्यान हलुका पार्न अस्पताल पठाउने मात्र होइन, सन्तान भएपछि छोरा विदेश पठाउनसम्म थापाकाजीकहाँ नै ऋणको भारी नबेसाइ हुन्न तामाङलाई पनि । पराङको आमा पनि थापाकाजीकै घरमा कामदार थिइन् । तीनवर्षअघि मात्र घाँस काट्न जाँदा भिरबाट गुल्टेर तलको नागढुंगामा बजारिएर पानी भन्न नपाइ मरिन् । ढुंगामा जमेको रगतको पोखरी पराङका किशोर मष्तिष्कबाट जीवनभर हट्ने छैन । त्यसैले उसलाई ढुंगामा देवताको बास होइन, कालको घर हुन्छ भन्ने लाग्नु अन्यथा पनि होइन ।

त्यही थापाका ज्वाइँलाई पराङकी आमाले गोरङ्ती खोलाबाट उतारेकी थिइन् रे । ससुराली आउँदा धेरै जंघार तर्नु पर्ने । थापाका ज्वाइँ मसिने उप्रेती मार्सानीको भट्टीमा कोदोको ऐराक धोकेर खोलामा पसेछन् । पानीमाथि फ्यालफ्याल भइरहेका मान्छे हेरेको त काजीका ज्वाइँ ! पराङकी आमा, मोटी भोटिनी भन्थे सबै । झ्वाम्म फाल हाली खोलामा । बम माछा बोकेझैँ काँधमा उप्रेतीलाई राखेर निस्किन् र पेट थिचेर पानी निकालिदिन खोजिन् । गोठाला गएकाहरु हसाउँथे, ‘भोटिनीले जतिपटक पेट थिच्यो, काजीका ज्वाइँको मुखबाट कोदोको रक्सी र पाडाको सितन आउँथ्यो । हामी त हाँस्दाहास्दा हैरान ।’ तर मान्छेको ज्यान बचाउने तिनै मोटी भोटिनी काजीका लैनो भैँसीलाई घाँस काट्न जाँदा भिरबाट गुल्टिइन् । ढुंगामा बजारिइन् । यता थापा काजीले पराङका बाबुलाई भने रे, ‘तेरो बूढी मर्दा मेरो लैना भैँसीले घाँस खान पाएन, अर्को बिहे गर है लोसे भोटे ।’ हो, पराङलाई मान्छेको मुखमा देउताको गन्ध नभेटेपछि ढुंगामा देउताको बास हुन्छ भन्ने लाग्न छाडेको यही दुईटा घटनाले हो । एउटा आमा ढुंगामा बजारिएको, अर्को भैँसीलाई घाँस काट्न अर्को बिहे गरे भनेको ।

पूर्खाले कालापानी लडोस् कि नालापानी । मान्छेको स्वभाव नफेरिएपछि यस्तै हुन्छ । त्यसमाथि ढुंगामा देवता हुन्छ भनेर लेख्नेहरु झुट हुन् । तिनका आमा ढुंगामा बजारिएको भए पो ! पराङलाई लाग्छ, ‘भगवानसगवान केही हुन्न ।’ होस् पनि कसरी भगवान हुने भए बिचरा गौतम बुद्धले आफू कहाँ जन्मेको भनेर यतिखेर किन संसारभरका भक्तजनलाई ‘कन्फ्युज’मा पर्थे । राजाका छोराले नागरिकता, जन्मदर्ता केही बनाएनन् कि ? त्यसमाथि रुखमुनि ध्यान गर्ने उनीजस्ता जोगीको कसले राख्नु कागजात दुरुस्त । अचेल दर्ता फाँटका सहायकलाई चियापानी टक्र्याउन सकिएन भने आज दर्ता गरेको फाइल त भोलि सुब्बाको घर्राबाट गायव हुन्छ । वस यति हो, राम्रा र शक्तिलाई सबले चाकरी गर्छन्, मरे पनि शक्ति हुन् बुद्ध । बाँचे पनि कमजोर हुन् पराङ । त्यसमाथि भगवान कहीँ गाउँमा जन्मन्छ ? पराङ भन्छ, ‘यहाँ हजारौँ छोराछोरी आफू जन्मेको ठाउँ र जन्माउने बाउ पत्ता नलागेर जन्मदर्ता बनाउन सकिरहेका छैनन् । भगवान दुई ठाउँमा जन्मेको भनेर नागरिकता र जन्मदर्ता देखाउनेको होड त नै छ, केही त त्यसैमा पिएचडी गर्दैछन् ।’

गाउँमा विद्रोहको ज्वाला दन्किन कुनै व्यवस्थाविरुद्ध राजनीतिक प्रशिक्षण र भूमिगत नेता चाहिँदैन अचेल । पराङका विरक्त मनहरुले एकसाथ विद्रोहको फायर खोल्न खोज्छ तर सयकडा छत्तीस ब्याजमा उसको ढाड यस्तो सड्किन्छ कि न उठ्न सक्छ, न बस्न सक्छ । वस पराङका पसिना यसै तरर बगेको होइन, कहिले मलेसियामा, कहिले हाम्रो नेपालमा । फेरि मोरङे चेपाङले रेडियो घन्कायो । रामकृष्ण ढकाल चुइँकिँदै छ, ‘तिम्रो भगवानले हेरेको पनि देखियो ।’

हो, २१ औँ शताब्दीमा पनि अनिकाल पर्दा भोकभोकै स्वास्नी र छोराछोरी मार्ने अनि ऋण खोजेर तोर्मोमा भगवान सार्नेहरु मूर्दावाद । आँखाको फूलो अन्डामा सार्ने भन्दै चल्ला जन्मिन नदिने र मान्छेको भविष्य धमिलो पार्ने झाँक्रीहरु मूर्दावाद । कालापानी लडेको पूर्खाको धाक दिने र आफ्नो आमा मर्दा लैनौ भैँसीको आङ सुक्यो भन्ने काजीहरु मूर्दावाद । पराङलाई गहुँ काट्दाकाट्दै आज जुलुश लगाउन मन लागेको छ । नलागोस् पनि कसरी, टन्टलापुर घाममा गहुँ काट्नेलाई एक घुट्को पानी दिनुको साटो बजिया भन्दै सराप्ने काजीहरुको राज अरु कति चल्ने हो ? अरुको पैसा मिटर ब्याजमा लगाएर आफू धनी हुने अनि हामी त काजी खलक भन्दै थाङ्ने झल्लरी कोटमा हिँडेका २१ औँ शताब्दीका रामापिथेकसहरुलाई किन मुर्दावाद नभन्ने ? पराङलाई गहुँबारीमा आगो झोसेर आज मुग्लान भासिन मन लागेको छ ।

बाबुले अर्की ल्याएर बसाइँ सरेपछि मामाघर बसेर हुर्किएको पराङलाई समाज उल्टो घुमिरहेको लाग्छ । नलागोस् कसरी ? थानीमाइका मूर्ति चोरेर ढुंगामा पूजा गर्न लगाउनेहरु गाउँमा प्रधानपञ्च थिए । घ्याबामा मकैको ढिँडोका डल्ला पारेर तोर्मोमा भगवान खोज्नेहरु ठूला झाँक्री भएका छन् । आफ्नै स्वास्नी बाख्राको खोरमा लडेर हर नचल्ने भएपछि नातिनी उमेरकालाई कान्छी बनाउनेले तोर्मोमा भगवान देख्छन् कि हामीजस्ता ठिटाको फेला परे दिउँसै तोरीका फूल ? पराङलाई राम्रो थाहा छ । ढुंगामा देवता कुँदेर मूर्ति चोरेर बेच्नेहरुले भगवान सारेका सा¥यै छन् बिरालोले बच्चा सारे झैँ । तर दुःख पर्दा तिम्रो भगवान कहाँ जान्छ ? तिमी हुन्थ्यौ त, आँशु पुछ्न जाली रुमाल त लिएर आउने थियौ होला । तै पनि आँशु रोक्न अक्षिमा खडेरी पारिदिन्थ्यौ नि !’

चैतका महिनै यस्ता । उदासलाग्दा । खडेरीलाग्दा । बाँसका लिंगा जोल्ठिनै पर्दैन आगो लाग्न । साना दर्शन ढुंगा ठोकिए पनि बस्ती स्वाहा हुन सक्ने । कुन सन्काहाले यस्तो उराठ महिनालाई वसन्त ऋतु भनिदियो । सत्तिसाल बेचेर गमलामा सुन्तला फलाउनेहरुले पृथ्वीमा खडेरी पारेका छन् र आफ्नो आँगन भिजाउन छतमा पन्चकन्याका खिया नलाग्ने ट्यांक हालेका छन् । पानी नभएपछि बिजुली बल्ने कुरै भएन । बिजुली नबलेपछि उस्तै परे तातो पानी तात्दैन भान्सामा । मान्छे बिल्कुल मेसिनसँग स्खलन भएको छ । मान्छे–मान्छे भेटिँदा पनि मान्छेको व्यवहार भेटिँदैन । हो, चारलाख पराङहरुको श्रमको मूल्य नभएको यो मुलुकमा तोर्मामा भगवान खोज्ने र घिउकुमारीमा अनुहारको चमक खोज्नेहरुको ताँती छ । त्यसैले विद्रोह गरेर या त पराङले आत्महत्याको मार्ग रोज्नु पर्छ यात श्रमको मूल्य खोज्न मलेसिया भासिनु पर्छ ।

भगवानले हेर्छन्/सुन्छन्/बुझ्छन् भन्ने भ्रममा कुमारित्व लुटेर ऊ ‘सुकुमारी’ छे भन्ने सर्टिफिकेट बेच्ने स्वास्थ्यका दलालहरु । मूर्ति बेचेर ढुंगामा देवता हुन्छ भन्दै पढाउने दुई नम्बरीहरु समाजसेवी भएको गाउँमा पञ्चायत बस्दा निर्णय त्यही हुन्छ, ‘यो राइनासे झ्याँस, गाउँमा आफू त केही गर्दैन नै, अरुलाई पनि यस्तै उटुंगे र कोग्ल्याँटा कुरा गरेर भड्काउँछ, यसलाई किन गाउँबाट नलेखेट्ने ? जा बजिया मलेसिया, कन्डोमा बोसो लागेकै छ क्यारे ।’ थप्छन् भद्रभलाद्मीहरु, ‘मरे परिवारले १० लाख पाउँछन् बाँचे संसार हेर्छस्, जिभ्रोको स्वाद फेर्छस् ।’ हो, सयकडा छत्तीस ऋण काढेर पराङहरु विदेश जानुको विकल्प छैन । किनभने, ‘जो ढुंगामा देवता हुन्छ भनेर धोती फेरेर ढोँगीहरुसँग हिँड्न सक्दैन, उसलाई नै बात लाग्नेछ, ‘यो धर्मविरोधी हो, गतिछाडा हो, उस्तै परे यसले मन्दिरमा आगो झोस्छ, मूर्ति पनि फोर्छ ।’ गाउँमा विद्रोहको ज्वाला दन्किन कुनै व्यवस्थाविरुद्ध राजनीतिक प्रशिक्षण र भूमिगत नेता चाहिँदैन अचेल । पराङका विरक्त मनहरुले एकसाथ विद्रोहको फायर खोल्न खोज्छ तर सयकडा छत्तीस ब्याजमा उसको ढाड यस्तो सड्किन्छ कि न उठ्न सक्छ, न बस्न सक्छ । वस पराङका पसिना यसै तरर बगेको होइन, कहिले मलेसियामा, कहिले हाम्रो नेपालमा । फेरि मोरङे चेपाङले रेडियो घन्कायो । रामकृष्ण ढकाल चुइँकिँदै छ, ‘तिम्रो भगवानले हेरेको पनि देखियो ।’  क्रमशः 

भगवानले हेर्छन्/सुन्छन्/बुझ्छन् भन्ने भ्रममा कुमारित्व लुटेर ऊ ‘सुकुमारी’ छे भन्ने सर्टिफिकेट बेच्ने स्वास्थ्यका दलालहरु । मूर्ति बेचेर ढुंगामा देवता हुन्छ भन्दै पढाउने दुई नम्बरीहरु समाजसेवी भएको गाउँमा पञ्चायत बस्दा निर्णय त्यही हुन्छ, ‘यो राइनासे झ्याँस, गाउँमा आफू त केही गर्दैन नै, अरुलाई पनि यस्तै उटुंगे र कोग्ल्याँटा कुरा गरेर भड्काउँछ, यसलाई किन गाउँबाट नलेखेट्ने ? जा बजिया मलेसिया, कन्डोमा बोसो लागेकै छ क्यारे ।’ थप्छन् भद्रभलाद्मीहरु, ‘मरे परिवारले १० लाख पाउँछन् बाँचे संसार हेर्छस्, जिभ्रोको स्वाद फेर्छस् ।’ हो, सयकडा छत्तीस ऋण काढेर पराङहरु विदेश जानुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

असोज १७ गतेका दिन नेपालका मूख्य बामपन्थी शक्ति र बाम पृष्ठभूमिका नेताहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि चुनावी तालमेल र…

धुर्मुस सुन्तली फाउन्डेसनले माघ २१ गते बस्ती हस्तान्तरण गर्ने योजना बनाएको छ –प्रिमेश शिवाकोटी रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर…

काठमाडौँ । एलजी ब्राण्डका सामानको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले सीतापाइला चोकमा नयाँ शोरुम शुरुवात गरेको छ । शोरुम उद्घाटनमा एलजी…

श्याम कुशवाह वीरगञ्ज । ‘फागुनमा छोरी मुनिको विवाहको तयारी भइरहेको थियो, तर प्रहरीले छोरीको आँखा मात्र फुटाएन, भविष्य नै फुटाइदियो,’…

हरिकृष्ण कुमाइ जुम्ला । नून सबैलाई चाहिन्छ । तर राज्यले नूनसमेत नागरिकलाई दिन सक्दैन भन्ने उदाहरण भेटिएको छ हुम्लामा ।…

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…