श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले जिते टेबलटेनिस सिंगल्सको उपाधि

काठमाडौं । नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् । पुरुष सिंगल्समा श्यान्टु लगातार दोस्रो पटक च्याम्पियन भएका हुन् भने नविताको महिला सिंगल्समा लगातार सातौं पटक च्याम्पियन बन्न सफल भएकी हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा श्यान्टुले प्रहरीकै विनेश खनियाँलाई ११–५, ११–४, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरेका हुन । यस्तै, एपीएफका पुरुषोत्तम वज्राचार्य र प्रहरीका प्रदीप रोका तेस्रो भए । महिला सिंगल्समा प्रहरीकी नविताले नातामा नन्द प्रहरीकै एलिना महर्जनलाई १२–१०, ११–१, ११–२ र १२–१० को सीधा सेटमा पराजित गरिन् भने आर्मीकाद्वय रविना महर्जन र दीक्षा तामाङले कास्य पदक पाए । उता मिक्स डबल्सको उपाधि नेपाल आर्मीका चन्दन शाही र स्वेच्छा नेम्वाङको जोडीले जितेका छन् । फाइनलमा एपीएफका अमरलाल मल्ल र सेलिशा खड्गीको जोडीलाई ११–६, ८–११, ११–७ र ११–९ को सेटमा पराजित गरेका हुने ।

यस्तै, एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा प्रहरीका श्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीले कास्य पदक हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले पुरस्कार प्रदान गरे । पाँचदिने प्रतियोगितामा विभिन्न ३७ जिल्ला र तीन विभागीय गरी ४० टिमका २ सय ३५ खेलाडीले सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

असोज १७ गतेका दिन नेपालका मूख्य बामपन्थी शक्ति र बाम पृष्ठभूमिका नेताहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि चुनावी तालमेल र…

धुर्मुस सुन्तली फाउन्डेसनले माघ २१ गते बस्ती हस्तान्तरण गर्ने योजना बनाएको छ –प्रिमेश शिवाकोटी रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर…

काठमाडौँ । एलजी ब्राण्डका सामानको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले सीतापाइला चोकमा नयाँ शोरुम शुरुवात गरेको छ । शोरुम उद्घाटनमा एलजी…

श्याम कुशवाह वीरगञ्ज । ‘फागुनमा छोरी मुनिको विवाहको तयारी भइरहेको थियो, तर प्रहरीले छोरीको आँखा मात्र फुटाएन, भविष्य नै फुटाइदियो,’…

हरिकृष्ण कुमाइ जुम्ला । नून सबैलाई चाहिन्छ । तर राज्यले नूनसमेत नागरिकलाई दिन सक्दैन भन्ने उदाहरण भेटिएको छ हुम्लामा ।…

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…