१२ औं दक्षिण एशियाली सेभेन ए साईड फुटबलमा नेपालद्वारा भुटान पराजित

पोखरा । १२ औं दक्षिण एशियाली सेभेन ए साईड फुटबल शनिबार पोखरामा सुरु भएको छ ।

ताल बाराही घाटस्थित मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई पराजित गर्दै सुखद सुरुवात गरको छ । नेपालले भुटानलाई ४ – ० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि म्यान अफ दि म्याच सुनिल वि.क.ले खेलको पहिलो हाफको ९ औं र २४ औं मिनटमा गोल गर्दै खेललाई नेपालको पक्षमा पारेका थिए । खेललाई आफ्नो पक्षमा पार्न निकै संघर्ष गरि रहेको भुटान माथी नेपालका सुशिल लामाले ४२ औं मिनटमा गोल गर्दै गोल अन्तरलाई बढाए । उनले पुनः ४८ औं मिनटमा थप गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।

अर्को खेलमा बंगलादेशले मालदिभ्समाथी ठुलो गोल अन्तरले विजय पायो । एक पक्षिय खेलमा बंगलादेशले मालदिभ्सलाई १६ – ० गोल अन्तरले पराजित ग¥यो । बंगलादेशका लागि अश्रफुलले एक्लैले ६ गोल गरे । यस्तै उज्जरले ५, तुहिन र कप्तान स्टेफान हकले समान २ र मिसुले एक गोल गरे ।

प्रतियोगिताको प्रमुख अतिथी प्रतिनिधी सभाका नवनिर्वाचित साँसद राजीव पहाडीले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे । कार्यक्रममा बिशेष अतिथीको रुपमा सोलुखुम्बु जिल्ला प्रदेश सभा २ का साँसद बुद्धिबहादुर राजभण्डारीको पनि उपस्थिती रहेको थियो ।

यस अघि नेपालले २००६ मा सातौं संस्करणको प्रतियोगिता आयोजना गरेको थियो । २०१० मा श्रीलङकामा आयोजना भएको प्रतियोगितामा नेपाल च्याम्पियनभएको थियो भने बंगलादेशमा आयोजना भएको ११ औं संस्करणमा नेपालले सहभागिता नजनाएको महासचिव डि.बि. नेपालीले जानकारी गराए ।

प्रतियोगितामा नेपाल सहित सार्क राष्ट्रका श्रीलङका बाहेको उपस्थिती रहेको छ । नेपाल सम्मिलित समूहमा भारत र भुटान रहेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…