कक्षा ११ को परीक्षाफल सार्वजनिक

काठमाडाैं। पहिलो पटक ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना टाँसेर नतिजा सार्वजनिक गरेको हो ।
तीन लाख ४७ हजार सात सय ४८ विद्यार्थीले दिएका छन् । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो ।
डी प्लस भन्दा कम नतिजा ल्याउनेले पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।