जाजरकोट संक्रमण इन्फ्लुएन्जा भएको पुष्टि

जाजरकोट । जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको रोग भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा बिरामीको नमुना परीक्षणपछि उक्त पुष्टि भएको हो । कान्तिपुरमा समाचार छ ।

प्रयोगशालामा बिरामीको खकार, सिंगान र र्याल परीक्षण गर्दा ए टाइपको ‘एच थ्री एन टु’ भाइरस देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। भीम आचार्यले जानकारी दिए । ५ नमुनामध्ये एउटामा उक्त जीवाणु फेला परेको आचार्यले बताए ।

तर इन्फ्लुएन्जा जटिल खालको महामारी नभएको उनले बताए । ‘इन्फ्लुएन्जा पनि संक्रामक रोग भएकाले तत्काल उपचार तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउनैपर्ने हुन्छ,’ उनले भने । रोग प्रभावित क्षेत्रबाट ५ जना बिरामीको खकार तथा सिंगानलगायत नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा एक जनामा उक्त भाइरस देखिएको उनले बताए ।

जुनीचाँदेको १, २, ३ र ११ वडामा फैलिएको भाइरल इन्फ्लुएन्जा तथा रुघाखोकी शनिबारदेखि नियन्त्रणमा आउने क्रममा छ । जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले स्वास्थ्य शिविरमा आउने बिरामी घटेका र आएका पनि कमै बिरामीमा ज्वरो देखिएपछि भाइरल नियन्त्रणमा आउने क्रममा रहेको बताए । ‘रोग प्रभावित क्षेत्रमा सञ्चालित शिविरमा ३–४ दिनअघि जस्तो बिरामी आएका छैनन्,’ उनले भने ।

रोग प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीले शनिबार १ सय २३ बिरामीको उपचार गरेका छन् । शुक्रबारसम्म १ हजार ८ सयको बिरामीको उपचार भएको थियो । रोग पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म प्रभावित क्षेत्रबाट स्वास्थ्यकर्मी नफर्कने उनले बताए ।

अबको एक सातामा जुनीचाँदेमा फैलिएको रोग नियन्त्रणमा आउने उनको दाबी छ । कर्णाली विज्ञान प्रतिष्ठान जुम्लाका बाल रोग विशेषज्ञ डा। नम्रता सिन्दान, ३ मेडिकल अधिकृतसहित २० भन्दा बढी स्वास्थ्यकर्मीले प्रभावित क्षेत्रमा बिरामीको उपचार गर्दै आएको नेपालीले बताए । स्वास्थ्यकर्मीले जुनीचाँदेको बडकुले, मजकोट, डाँडाकोट, लुहादहलगायत स्थानमा शिविर सञ्चालन गरेको उनले बताए ।

यसैबीच स्वास्थ्य सचिव पुष्पा चौधरी, सांसदहरू तथा विज्ञ टोलीले शनिबार रोग प्रभावित क्षेत्रको अनुगमन गरेको छ । मन्त्रालयको टोली औषधि र स्वास्थ्यकर्मीसहित रोग प्रभावित क्षेत्र पुगेको थियो । जुनीचाँदेमा फैलिएको रोग सामान्य खालको रुघाखोकी भएको सचिव चौधरीले बताइन् । उनले रुघाखोकी जटिल प्रकृतिको महामारी नभएकाले स्थानीय बासिन्दालाई नआत्तिन आग्रह गरेकी छन् ।

रोगले आगामी दिनमा महामारीको रूप लिन सक्ने सम्भावना भएकाले समयमै उच्च सतर्कता अपनाइने उनले बताइन् । जुनीचाँदेमा रोगविरुद्ध लड्ने क्षमता कम भएका व्यक्ति भाइरल इन्फ्लुएन्जाबाट पीडित भएको उनले बताइन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…