जलपक्षी गणना शुरु, नयाँ रणनीति बनाउने तयारी

चितवन । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन चितवनमा जलपक्षी (पानी चरा) को गणना शुरु भएको छ ।

अवस्था पत्ता लगाइ चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो । चितवनको कुमरोजबाट शनिबारदेखि चरा गणना थालिएको पक्षीविद् तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विंडारीले बताए ।

शनिबार जिन्दगानी घाट, सौराहा घाट बूढी राप्ती, ढुंग्रे खोलामा चरा गणना भएको र आइतबार सौराहाबाट शुरु गरी चितवन निकुञ्जको कसरा पुल, लामिताल, तमोर ताल र गरुड तालमा गणना हुने विंडारीले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्ज र वर्ड एजुकेशन सोसाइटी चितवनको अगुवाइमा शुरु भएको गणना कार्यअन्तर्गत सोमबार भने रामसार सूचीमा सूचीकृत बिसहजारी ताल क्षेत्रमा गणना हुने जनाइएको छ । अघिल्लो गणनामा चितवनमा ५४ प्रजातिका जलपक्षी भेटिएको थियो । उनका अनुसार चरा गणना गर्न केही दिन लाग्ने छ । चितवनमा चराको क्षेत्रमा काम गर्दै आएका ३६ जना स्वयंसेवकले चराको गणना गरिरहेका छन् ।

नेपालको शुक्लाफाँटा र कोशीटप्पुबाट भने पुस २२ बाट गणना शुरु भएको थियो । गणनामा नेपालमा ३०० स्वयंसेवक तथा चरा विज्ञको सहभागिता रहेको चरा पक्षीविद् संघ नेपालकाका प्रमुख डा. हेमसागर बरालले जानकारी दिए ।

विगतको अध्ययनमा चराको संख्या भने घट्दो क्रममा रहेको चरा विज्ञले बताएका छन् । डा. बरालले चराको संख्या घट्दो क्रममा रहेको भन्दै यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ असोज ३१ गते बुधबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा हर्ष उल्लासपूर्वक मनाइने शारदीय महापर्व बडा दशैंको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर कृष्णशक्ति स्वरुपा भवानी…

विद्यानन्द राम राजविराज । प्रहरीले चाडपर्वलाई लक्षित सप्तरीमा ११ बुँदे विशेष सुरक्षा योजनाका साथ काम गरिरहेको छ । जिल्लाका सार्वजनिक…

आश्विन शुक्लपक्षको बडा दशैँमा देशका विभिन्न देवीमन्दिर, शक्तिपीठ र कोटघरहरुमा आद्यशक्ति देवी दुर्गा भवानीको पूजाआजा गरिन्छ । सनातन संस्कृतिमा आदिमाता…

काठमाडौं। दशैँ मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म…

–नारायण भण्डारी नेपाली समाजमा बडो उल्लासपूर्वक मनाइने महान् पर्व बडा दशैंको सातौं दिन आश्विनशुक्ल सप्तमी तिथिमा ज्ञानशक्ति स्वरुपा माता सरस्वतीकोे…