पाकिस्तानले भारतलाई किन दियो यस्तो चेतावनी ?

एजेन्सी । पाकिस्तानले भारतलाई सैन्य कारबाहीको धम्की नदिन चेतावनी दिएको छ । भारतीय सेनाध्यक्ष विपिन रावतले पाकिस्तानभित्र पसेर आक्रमण गर्न पनि पछि नपर्ने प्रतिक्रिया दिएपछि पाकिस्तानले भारतलाई सैन्य कारवाहीको धम्की नदिन चेतावनी दिएको हो ।

सरकारले आदेश दिएमा पाकिस्तानी सीमा भित्रै पसेर आक्रमण गर्न भारतीय सेना तयार रहेको रावतको भनाई छ । पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै भारतीय सेनाध्यक्षको भनाईको आलोचना गरेका छन् ।

उनले भारतीय सेनाध्यक्षले गैर जिम्मेवार पूर्ण बयान दिएको र यस बयान परमाणु आक्रमणलाई निमन्त्रणा गर्नुसरह भएको भनि ट्वीट गरेका छन् । यदि भारतले त्यही चाहेको हो भने पाकिस्तान तयार रहेको जनाएका छन् ।

 

त्यसैगरी जवाफमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पाकिस्तानको सरकारी टेलिभिजनसँग कुरा गर्दै भारतले के गर्छ भन्ने कुरा उसैमा भर पर्छ, तर भारतले पाकिस्तानको धैर्यको परीक्षा लिन चाहेको हो भने भारतले चाहेको गर्दा हुने तर त्यसको परिणामका लागि भारत तयार रहनुपर्ने प्रतिक्रिया दिएका छन् । गफुरले भारतको धम्कीबाट पाकिस्तान नडराउने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

असोज १७ गतेका दिन नेपालका मूख्य बामपन्थी शक्ति र बाम पृष्ठभूमिका नेताहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि चुनावी तालमेल र…

धुर्मुस सुन्तली फाउन्डेसनले माघ २१ गते बस्ती हस्तान्तरण गर्ने योजना बनाएको छ –प्रिमेश शिवाकोटी रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर…

काठमाडौँ । एलजी ब्राण्डका सामानको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले सीतापाइला चोकमा नयाँ शोरुम शुरुवात गरेको छ । शोरुम उद्घाटनमा एलजी…

श्याम कुशवाह वीरगञ्ज । ‘फागुनमा छोरी मुनिको विवाहको तयारी भइरहेको थियो, तर प्रहरीले छोरीको आँखा मात्र फुटाएन, भविष्य नै फुटाइदियो,’…

हरिकृष्ण कुमाइ जुम्ला । नून सबैलाई चाहिन्छ । तर राज्यले नूनसमेत नागरिकलाई दिन सक्दैन भन्ने उदाहरण भेटिएको छ हुम्लामा ।…

काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।…