अरुण नदिमा जीप खस्दा गाउँपालिका अध्यक्षसहित ६ को मृत्यु

मेघराज तामाङ

संखुवासभा । जीप दुर्घटनामा मकालु गाउँपालिकाको अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।

मकालुबाट भोटखोला तर्फ गइरहेको बा ५ च १३०८ नम्बरको ल्याण्डक्रुजर जीप पाथीभरास्थित समाटारबाट अरुण नदिमा खस्दा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, नेकपा एमालेका स्थानीय नेता सुरेश राई, जिल्ला समन्वय समितिका अधिकृत सुवास कुईंकेल, पुनर्निर्माण कार्यालयका २ जना प्राविधिक र चालकको मृत्यु भएको हो ।

पुननिर्माण प्राविधिक र चालकको खनाखत भइनसकेको प्रहरीले जनाएको छ ।  जीप सडकबाट ५ सय मिटर तल नदिको बगरमा खसेको छ । अध्यक्षसहितको प्राविधिक टोली भोटखोलाको गोलामा सोमबार हुने भूकम्प सम्बन्धी गोष्ठीमा सहभागी हुन जानेक्रममा दुर्घटनामा परेकमो स्थानीयले जानकारी गराएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बागलुङ । गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले…

जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै…

चैत १५ गतेदेखि बेपत्ता भएका डंगोलको फेसबुकमा हिजो राति १० बजेर ४५ मिनेटमा १२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिनका…

काठमाडाैँ । एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा…

रंजन भण्डारी जनकपुर । महोत्तरीमा वोरामा कोचिएर फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मटिहानी नगरपालिका वडा नम्बर ४…

काठमाडाैँ । हाँस्य अभिनय मार्फत दुनियाँलार्इ हसाँएका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नी बियाेगमा पर्नुभएकाे छ । साेमबार राती क्यान्सर राेगबाट…