हेटौँडा सिमेन्टले बढायो मुल्य

हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा एकसय रुपैयाँ भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो ।

उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १ सय ३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा ९ सय १२ रुपैयाँमा बिक्री मूल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा र ७ सय ९५ रुपैयाँमा मा बिक्री गर्दै आएको थियो । उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ ।

प्रतिबोरा १० रुपैया कमिशन दिँदै आएकामा अब १५ रुपैयाँ पु¥याएको छ । मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा ८ सय ३० रुपैयाँमा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले  ९ सय ४० रुपैयाँ प्रतिबोरा सिमेन्टको मूल्य पुगेको छ । ९ सय ४० रुपैयाँमा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन् ।

शिवम्, उदयपुर लगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–खेम बम पछिल्लो समय नेपाली राजनीतिमा मार्सी चामलको खुबै चर्चा छ । यसको पृष्ठभूमीमा छन्– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…

– राधिका जोशी सुनिँदै, बोलिँदै अनि लेखिँदै आयो, ‘स्वास्थ्य संस्था मन्दिर अनि र डाक्टर भगवान ।’ जसरी हामी मन्दिरमा फूलअक्षता…

–प्रतिमा चौधरी कसैले तपाईंको इमानदारिता, साँचोपन, बुद्धिमत्ता वा राम्रो पक्षबारेमा थाहा पाउन सक्दैनन्, जबसम्म तपाईं आफ्नो कामद्वारा उदाहरण प्रस्तुत गर्नु…

–रामकुमार/पुष्पा/शिव काठमाडौं । रेशम चौधरी अर्थात् २०७४ मा भएको संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद । तत्कालीन…

काठमाडौं । विदेश जानकै लागि नक्कली विवाह गरेको घटना त हामीले प्रशस्तै सुने देखेका छौँ, तर अब घटना यस्ता पनि…

कृषिमा व्यावसायीकरण, विशिष्टीकरण तथा औद्योगिकरणका माध्यमबाट बेमौसमी तरकारी तथा फलफुल ठूलो परिमाणमा छिमेकी देश भारत, बङ्गलादेश लगायत खाडी मुलुकहरू, थाइल्याण्ड…