कुरा बुझेर आउनेले अब अष्ट्रेलियामा आत्महत्या गर्नु पर्दैन, भाग्य चम्कन्छः चन्द्र योञ्जन (भिडिओसहित)

काठमाडौँ । अष्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले नेपालीका लागि मात्र नभएर संसारभरकै गन्तव्य अष्ट्रेलिया बनिरहेको बताएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’ मा समाचार सम्पादक कृति भट्टराईसँगको कुराकानीमा अवैतनिक महावाणिज्यदूत योञ्जनले भने, ‘अष्ट्रेलिया सरकारले देशमा दक्ष जनशक्ति उत्पादन गरेर परिचालन गर्ने लक्ष्य लिएकाले संसारका मानिसलाई आकर्षक गन्तव्यका रुपमा विकास गरेको छ, यसले नेपाली समुदायले पनि अष्ट्रेलियामा भविष्य खोजेका छन्, बनाएका छन् ।’

योञ्जनले अष्ट्रेलिया सरकारले नै आकर्षक सुविधा दिएर संसारको ध्यानाकृष्ट गराइरहेको र मेहेनतीले अष्ट्रेलियामा भविष्य बनाउने बताए ।

‘तर आत्महत्या गर्ने नेपालीको संख्या बढिरहेको छ नि ?’ जनता टेलिभिजनको प्रश्नमा योञ्जनले भने, ‘त्यहाँको वातावरण नबुझेर, पारिवारिक माहौल त्याग्दा एक्लो महसुस गरेर अनि मेहेनत बढी गर्दा निरास भएर यस्तो भएको हुन सक्छ ।’ योञ्जनले नेपालीको आत्महत्या ठूलो इस्यु बनेकाले यसलाई न्युनिकरणका लागि दूताबाससँग हपल गरी आवश्यक सचेतना कार्यक्रम ल्याउने तयारी भएको बताए ।

कुराकानीको पूरा भाग हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…