काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका लागि सबै उम्मेदवार टुंग्याएको छ। स्थायी समितिको मंगलबार बसेको बैठकले प्रदेश नम्बर १ देखि ४ सम्मका थप १६ जना उम्मेदवार छनौट गरेपछि उम्मेदवारले पूर्णता पाएको छ । यसअघि सोमबारको बैठकले प्रदेश नम्बर ५, ६ र ७ बाट १३ जना उम्मेदवार चयन गरेका थियो । राष्ट्रियसभामा निर्वाचित हुने ५६ सदस्य मध्ये वाम गठबन्धनले ४३ सदस्य पाउने अवस्था छ । त्यस मध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ को भाग बण्डा गरेका छन् । एमालेले आफ्नो भाग अनुसार सबै उम्मेदवार तय गरेको छ ।
प्रदेश नम्बर १नैनकला ओझा (महिला) मोरङखेम नेपाली (दलित), मोरङहरिचरण सिवाकोटी (खुला), झापापरशुमेघी गुरुङ (खुला), संखुवासभाअगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नम्बर २
सुमन प्याकुरेल (खुला) सप्तरी
प्रदेश नम्बर ३
पार्वती रावल (महिला) चितवनउदया शर्मा (महिला) काठमाडौंसिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोकवलराम बाँस्कोटा (खुला), काठमाडौंबेदुराम भुसाल (खुला) ,काठमाडौंरामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नम्बर ४
रामबहादुर थापा (अपांगता), स्याङ्जागणेश तिमिल्सिना (खुला) पर्वतशान्ति अधिकारी (महिला) बाग्लुङदीपा गुरुङ (महिला), लमजुङ
प्रदेश नम्बर ५
रामलखन हरिजन (दलित) पश्चिम नवलपरासीखिमलाल भट्टराई (खुला) रुपन्देहीमीना बुढा )महिला), रोल्पाकोमल वली )महिला) दाङ
प्रदेश नम्बर ६
कविता बोगटी (महिला) हुम्लानन्दा शर्मा (महिला) सुर्खेतनरपति लोहार (दलित(, कालिकोटभैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोटठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नम्बर ७कमला ओली (महिला) कैलालीइन्दु कडेरिया बिष्ट (महिला) कञ्चनपुरशेरबहादुर कुँवर (खुला) अछामचक्रप्रसाद स्नेही (दलित) डडेलधुरा