‘प्रदेश ३ काे मुख्यमन्त्रीमा अष्टलक्ष्मीको विकल्प छैन’

तीर्थ न्याैपाने

काठमाडौं । नेकपा एमालेका पाेलिटव्यूराे सदस्य अरुण नेपालले प्रदेश नम्बर ३ को मुख्यमन्त्री पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई नै बनाउनुपर्ने बताएका छन् ।

‘हरेक दृष्ट्रिले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मीको विकल्प छैन’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १, ख का प्रदेशसभा सदस्य नेपालले सोमबार जनता समाचारसँग भने, ‘मुलुकको ७ वटा प्रदेश मध्ये, यही एउटा प्रदेशमा मात्र महिला मुख्यमन्त्री हुने स्थिति देखिएको छ । महिला सहभागिताको आवाज उठिरहेको बेला मुख्यमन्त्रीहरु पनि समावेशी हुनुप¥यो नि । जनसंख्या अनुसार ३ नम्बर प्रदेशमा तामाङ वा नेवार मुख्यमन्त्री बनाउनुपर्ने हुन्छ । त्यसकारण यहाँ अष्टल्ष्मी नै उपयुक्त हो ।’

काठमाडौ क्षेत्र नम्बर ८ को ख बाट प्रदेशसभा सदस्य बनेकी शाक्य एमालेको ३ नम्बर प्रदेश संयोजक हुन् । निर्वाचनअघि बसेको प्रदेश समिति बैठकले मुख्यमन्त्री शाक्यलाई बनाउने निर्णय गरेको थियो । एमालेको ३ नम्बर प्रदेश समितिमा शाक्यको साथै नेता नेपाल, पशुपति चौलागाई, काशीनाथ अधिकारी, सानुकुमार श्रेष्ठ र केदार न्यौपााने छन् ।

माओवादी केन्द्रसँगको भागबण्डामा प्रदेश नम्बर ३ को मुख्यमन्त्री एमालेलाई परेको छ । मुख्यमन्त्रीमा शाक्य, नेपाल, चौलागाई र राजेन्द्र पाण्डेको चर्चा छ । चर्चामा रहेका मध्ये पाण्डे बाहेक अरु सबैले शाक्यलाई समर्थन गर्ने संभावना देखिएको छ ।

राजनीतिमा लामो समयदेखि क्रियाशील शाक्यलाई एमालेले २०६५ सालमा उपराष्ट्रपति उम्मेदवार बनाएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…