मुआब्जाको मनपरी मूल्य निर्धारणः सर्वसाधारण र नेताका जमिनको छुट्टाछुट्टै मुल्य

प्रेम बुढा
बर्दिया । गुलरिया नगरपालिका स्थित बालापुरका मिन प्रसाद चौधरी मधुवन नगरपालिकाको एक बैंकमा सुरक्षागार्डको रुपमा कार्यरत छन् ।

दैनिक भण्डै १४ किलोमिटर साइकलमा ओहोरदोहोर गर्ने उनी बालापुरमा बर्षेनी बबई नदिले घर डुबान हुने समस्याले हैरान थिए । नखाईनलाई गरेर बचाएको पैसाले घर बनाउन मधुवन नगरपालिकाको वडा नं. ६ मा गत वर्ष ६ धुर जग्गा किने ।

जग्गा किन्दा देखि पास गर्दासम्म साढे ४ लाख खर्च भएको उनी बताउँछन् । तर सानोश्रीबाट ताराताल बेसलाईन हँुदै गुलरीया नगरपालिकाको सिंचाई सुविधा नपुगेको खेतियोग्य जमिनमा पानी लैजान नहर जाने भयो । नहरले चौधरीको ६ मध्ये ५ धुर जमिन कटानमा पर्ने भयो । तर उनको ब्लकमा अहिले तोकिएको मूल्यको १२ लाख कठ्ठाको दरले ३ लाख पाउने भए । ‘बचेको १ धुरमा न खेति हुन्छ न घर बन्छ’ मलिन अनुहारमा चौधरीले भने, ‘किनेको जति पैसा पनि आउने भएन, निद्रा लाग्दैन,त्यो १ धुर मैले के गर्ने?’ ।

आफ्नो खेत नजिकैबाट पानी बग्ने भएपछि खुशी भएका जग्गा धनीहरु एउटै कित्ता भएका र सगै जोडिएका जग्गाको मूल्यमा १६ लाखको अन्तर भएपछि तोकिएको मुआब्जा रकमले तनावमा परेका छन् ।

विभिन्न ब्लकमा विभाजनगरी स्थानिय जनप्रतिनिधीहरुको सिफारिसका आधारमा क्षति भएको जग्गाको मूल्य निर्धारण गरिएको भनिएपनि एउटै स्थानको जमिनको दरभाउमा व्यापक भिन्नता भएपछि स्थानियहरु सन्तुष्ट बन्न सकेका छैनन । ‘ नेताको जग्गाको एउटा मूल्य सर्वसाधारण जनताको जग्गाको अर्काे मूल्य तोकिएको छ’ पिडित एक स्थानियले भने, एउटै स्थानमा कुलो पारीकोे जमिनलाई ३४ लाख छ कुलो वारीको सर्वसाधारण जनताको जमिनको मूल्य २७ लाख कसरी हुन्छ ?’ । एउटै कित्ता परेको जमिनको मूल्य २ थरी भएको नागरिकको गुनासो छ । गुँरास स्कुलको विगतमा एकै कित्ता भएको जग्गाको एउटाको २८ लाख रुपैयाँ छ, आर्काेको १२ लाख छ ।

जग्गाको उचित दरभाउ तोक्न वडा अध्यक्ष देखि नगर प्रमुखसम्मले पक्षपात गरेको पिडित मानबहादुर बस्नेतले दाबी गरे । उनले भने, ‘प्रमुख जिल्ला अधिकारीलाई सोधे जनप्रतिनिधीहरुले पठाएकोलाई मैले स्वीकृत गरेको हुँ भन्छन, वडा अध्यक्षलाई सोधे मलाई केहि थाहा छैन जबरजस्ती हस्ताक्षर गर्न लगाए भन्छन,मेयरलाई सोधें भैहाल्यो भन्दै टार्न खोज्छन’ ।

पावर र पहुँचमा भएका व्यक्तिहरुले गुलरीया र मधुवन नगरपालिकाका मेयरहरुको सहयोगमा आफनो जमिनको मुआब्जा रकम बढाएर रातारात निर्णय पठाएको स्थानियको बुझाई छ । मधुवन नगरपालिकाका मेयर कृष्ण के.सीले मुआब्जाको विषयमा दिनरात लडिरहेको भन्दै धेरैले सोचे भन्दा राम्रो मुआब्जा रकम पाएको बताए । उनले भने, ‘केही व्यक्तिहरुको छुटपुट भएको हुन सक्ला तर जग्गा भएको स्थान र मोहोडा तथा क्षतिलाई हेरेर सिफारिस पठाइएको हो ।’

जिल्ला प्रशासनले सिफारिस पठाइसकेकोले गृह मन्त्रालयमा अबको हप्ता दिन भित्र पुनरावलोकनका लागि निवेदन दिए मात्र मुआब्जा वितरण रोकिने बताइएको छ । यता बबई सिंचाइ आयोजना बैदीका प्रमुख रमेशबन्दु अर्यालले थोरै जमिन भएकाहरुको नहरले ओगट्ने जमिनको बढी मूल्य सिफारिस गरिएको तथा धेरै जमिन भएकाहरुलाई कम मूल्य सिफारिस गरिएको बताए । बर्दिया क्षेत्र नं. २ ‘क’ बाट प्रदेश सभा सदस्य कुलप्रसाद पोखरेलले समान ठाउँको जमिनको समान दरभाउ हुनुपर्ने बताए ।

उनले भने, ‘दरभाउले सबैको चित्त नबुझेको भए पुन समायोजन हुनुपर्छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…