सार्वजनिक जग्गा जोगाउन जुटे स्थानीय तह

बुटवल । सार्वजनिक जग्गाको दोहन बढेपछि रूपन्देहीका सबैजसो स्थानीय तह आफ्नो क्षेत्रमा पर्ने त्यस्ता जग्गाको संरक्षणमा जुट्न थालेका छन् । यसका लागि तथ्यांक संकलन सुरु गरिसकेका उनीहरूले सार्वजनिक जग्गामा जथाभाबी बसाइएका बस्ती व्यवस्थापनको योजनासमेत अघि सारेका छन् । कान्तिपुरमा समाचार छ ।

५ नम्बर प्रदेशको अस्थायी मुकाम बुटवल उपमहानगरपालिका जिल्लामै सार्वजनिक जग्गा दोहन र अव्यवस्थित बसोबास सबैभन्दा बढी रहेको क्षेत्र हो । प्रारम्भिक तथ्यांकअनुसार यहाँका करिब १० हजार घरधुरी अव्यवस्थित बसोबासी छन् । वडा नम्बर ११ को अधिकांश बस्ती सार्वजनिक जग्गामा बसाइएको छ । ४ दशमलव २ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो वडामा तिनाउ र दानवनदीले बनाएको बगर र उकास क्षेत्र धेरै छ । यही वडाका अध्यक्ष रामचन्द्र क्षेत्री संयोजक रहेको कार्यदलले उपमहानगरका १९ मध्ये १८ वटा वडामा तथ्यांक संकलन गरिसकेको छ ।

खाली गर्नुपर्ने सार्वजनिक जग्गा, नदी तटीय क्षेत्र र व्यवस्थापन वा पुर्जा दिनुपर्ने बसोबासीको छुट्टाछुट्टै तथ्यांक संकलन गरिएको क्षेत्रीले जानकारी दिए । तथ्यांक संकलनपछि सार्वजनिक जग्गा बचाउन र प्राकृतिक प्रकोपको जोखिममा रहेका नदीकिनारका अव्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्न थालिने नगरप्रमुख शिवराज सुवेदीले बताए ।

‘नगरभित्रको सबैभन्दा ठूलो समस्या सार्वजनिक सम्पत्ति दोहन र अव्यवस्थित बसोबास हो,’ नगरप्रमुख शिवराज सुवेदीले भने, ‘त्यसैले प्राथमिकतासाथ काम अघि बढाएका हौं ।’ जग्गा अतिक्रमणले यो नगरका महत्त्वपूर्ण काममा समेत अवरोध भएको छ । प्रदेश नम्बर ५ को औद्योगिक क्षेत्र स्थापनाका लागि प्रस्ताव गरिएको मोतीपुरमा जग्गाकै कारण विवाद छ ।

जिल्लामा एक उपमहानगर, पाँच नगर र १० गाउँपालिका गरी १६ स्थानीय तह छन् । बजार क्षेत्र रहेका उपमहानगरसहित तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा सार्वजनिक जग्गा दोहन र अव्यवस्थित बसोबासको समस्या धेरै छ ।

नदी अतिक्रमणले प्राकृतिक विपत्तिको जोखिम बढाउनुका साथै राजस्व संकलनसमेत प्रभावित बन्दै गएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्माले स्थानीय तहमा गर्नुपर्ने विकास र निकासका लागि पनि सार्वजनिक जग्गा संरक्षणयोजना अघि सारिएको बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दशैँ कार्यतालिका यस्तो छः २०७५ कात्तिक १ गते विहीबार, महानवमी ( बिहान झापा प्रस्थान र…

बारा । जीतपुर सिमरा उपमहानगरपालिका˗१७ अन्तरगत रहेको स्वास्थ्य चौकी जैतापुरमा कार्यरत सिनियर अहेव एवम् स्वास्थ्य चौकी सहइञ्चार्ज रामनरेश यादव संस्थाको…

मितिः २०७५ कात्तिक १ गते विहीबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना…

काठमाडौंं । महाअष्टमीका दिन बुधबार मुलुकभरका शक्तिपीठ र देवीस्थानमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती…

प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैंं सबैको घरआगनमा आइसकेको छ । दशैं नेपालको सवैभन्दा लामो समय सम्म मनाइने चाड हो…