तीन दलको सूची मिलेन

काठमाडौं । समानुपातिकबाट विजयी हुने उम्मेदवारको नाम प्रस्तावित गरेका ५ राजनीतिक दलमध्ये निर्वाचन आयोगले ३ दललाई कानुनअनुसार समावेशी समूह र क्रमआबद्धता नमिलेको भन्दै सच्याएर नाम दिन पत्राचार गरेको छ । कान्तिपुरमा समाचार छ ।

आयोगले नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीलाई कानुनी व्यवस्थाअनुसार सूची मिलाएर पठाउन भनेको हो । एमाले र संघीय समाजवादी फोरमले बुझाएको सूचीलाई भने आयोगले स्वीकार गरेको छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले नाम नमिलाएका दललाई सच्याउन दुई दिन समय दिइएको बताए । ती दलले फागुन २ गते कार्यालय समयभित्र सूची सच्याएर आयोगमा पठाइसक्नुपर्छ । ‘सबै दलको नाम मिलेको भए सोमबारै राष्ट्रपतिसमक्ष निर्वाचन परिणामको प्रतिवेदन बुझाउने तयारीमा थियौं,’ उनले भने, ‘अब २ गते साँझ प्रतिवेदन बुझाइसक्ने लक्ष्य लिएका छौं ।’

आयोग स्रोतका अनुसार कांग्रेसले पिछिडिएको क्षेत्रबाट २ जना प्रतिनिधित्व रहनुपर्नेमा सो नगराइएकाले त्यसलाई सच्याएर पठाउन आयोगले भनेको छ । कांग्रेसले पिछिडिएको क्षेत्रको ठाउँमा अन्य समूहबाट २ जनाको नाम राखेर कोटा पुर्‍याएको छ । आयोगले माओवादी केन्द्रलाई सच्याउन तीनबुँदे पत्र लेखेको छ । पिछडिएको क्षेत्रबाट १ जनाको प्रतिनिधित्व गराउनुपर्ने, खसआर्यबाट ५ जना हुनुपर्नेमा ६ जनाको राखेकाले घटाउनुपर्ने, मधेसी समुदायबाट ३ जनाको नाम हुनुपर्नेमा २ जना मात्र राखेकाले त्यसमा थप्न भनेको छ ।

माओवादीले सत्या पहाडीलाई पिछिडिएको क्षेत्रबाट राख्न आयोगलाई दबाब दिएको थियो, जसलाई आयोगले नमिल्ने भनिसकेको छ । सुरुमा बन्दसूची बुझाउँदा पहाडीको नाम पिछडिएको क्षेत्रमा नराखी खसआर्य समूहमा राखिएको थियो ।

उनी पिछडिएको क्षेत्रको भए पनि सुरुमा त्यसअनुसार सूचीमा नराखिएकाले आयोगले माओवादीको दबाब अस्वीकार गरेको हो । त्यस्तै, राजपाले क्रम मिचेर नाम पठाएको छ । माथिल्लो क्रममा रहेको व्यक्तिबाट आफू सांसद हुन इच्छुक नरहेको पत्र आयोगलाई पठाउन लगाएर त्योभन्दा मुनिको नाम पठाएकाले त्यसलाई आयोगले अस्वीकार गरेको छ ।

राजपाले खसआर्य समूहबाट २ जना महिलाको नाम पठाउनुपर्नेमा सूची बुझाउँदा सो समूहको एक नम्बरमा नाम राखिएका नरमाया ढकालको नाम हटाएर २ र ३ नम्बरको नामलाई आयोगमा पठाएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बारा । जीतपुर सिमरा उपमहानगरपालिका˗१७ अन्तरगत रहेको स्वास्थ्य चौकी जैतापुरमा कार्यरत सिनियर अहेव एवम् स्वास्थ्य चौकी सहइञ्चार्ज रामनरेश यादव संस्थाको…

मितिः २०७५ कात्तिक १ गते विहीबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना…

काठमाडौंं । महाअष्टमीका दिन बुधबार मुलुकभरका शक्तिपीठ र देवीस्थानमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती…

प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैंं सबैको घरआगनमा आइसकेको छ । दशैं नेपालको सवैभन्दा लामो समय सम्म मनाइने चाड हो…

मितिः २०७५ असोज ३१ गते बुधबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…