बिरामी उपचारमा खटिए गाउँपालिका अध्यक्ष

आशिष मल्ल

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको एकिकृत निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको उपचरामा गाउँपालिकाका अध्यक्ष कविन्द्र बिष्ट आफै खटेका छन् ।

लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका विष्ट आफ्नो अनुभव निःशुल्क स्वास्थ्य शिविरको माध्यमवाट गाउँपालिकाका स्थानिय नागरिक माझ सेवा बाडिरेहेका छन् । गाउँपालिकाले ५ वटै वडामा सञ्चालन गरेकोे शिविरमा उनी विरामीहरुको चेकजाँच तथा उपचार सेवामा संलग्न भएका छन् ।

शिविरमा जनरल स्वास्थ्य चेक जाँच उपचार, जेष्ठ नागरिक निशुल्क आखाँ जाँच, पाठेघर खसेका महिलाहरुको जाँच, दन्त उपचार, प्रयोगशाला, भिडियो एक्सरेलगायतका सेवा दिइएको छ ।

पहाडी जिल्लाका महिलाहरुमा पाठेघर खस्ने समस्या बढी हुने गरेको देखिइरहेको बेला शिविरमा पनि पाठेघर खस्ने, सेतोपानी बग्ने समस्या भएका महिलाहरुको संख्या बढी देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

यस्तै ज्येष्ठनागरिकहरुमा प्रेसर, स्वासप्रश्वास, मधुमेह र आखाँको समस्या भएका विरामी बढी आएको स्वास्थ्यकर्मीले बताए ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…