आज २३ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । माओवादीले २३ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छन् ।

दिवसका अवसरमा मोओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्दैछन् ।

यसै गरी नेकपा (क्रान्तिकारी माओवादी)ले अन्र्तक्रिया, कोणसभा, टोलसभा गरेर जनताको बीचमा जारी तीन महिने संगठन विस्तार अभियानको क्रममा जनयुद्ध दिवस मनाउँदै छ । पार्टीको नेवा राज्यले ललितपुरको कुपण्डोलमा दिउ‘सो एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

२२ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…