ताराबहादुर महत
‘रेडियो मानिसलाई संसार घुमाउने सबैभन्दा नजिकको साथी हो ।’अहिले हामीलाई संसार घुमाउने साथी हुन इटालियन बैज्ञानिक’ गुग्लिल्मो मार्कोनी
विश्वमा रेडियोमानिसले रेडियोलाई साथी बनाउन मिल्ने अवस्थासम्म आईपुग्न रेडियो तरङ्ग अन्तरिक्षमा पठाउन सकिन्छ भनेर प्रमाणित गर्ने जर्मन बैज्ञानिक हेनरिक हर्ज हुन । सन् १८८० को दशकमा हर्जले यो कुरा पत्ता लगाएपछि मार्कोनीले १८९५ मा रेडियो तरङ्गमार्फत वायरलेस प्रविधिको सहयोगले आवाजलाई टाढा–टाढासम्म पु¥याउन सफल भए । त्यसपछि संचार जगतको नयाँ युग शुरु भयो । मार्कोनी आधुनिक रेडियोको आविष्कारक ठहरिए ।
रेडियोको आविष्कारपछि विश्वका विभिन्न देशमा रेडियो स्थापना गरेर प्रशारण गर्ने लहर शुरु भयो । रेडियो आविष्कारको शुरुवाती चरणमा खासगरी सुरक्षा निकायहरुले रेडियो प्रविधिको उपयोग गरे । पानीजहाजमा रहेका सुरक्षाकर्मीहरु रेडियोको सहयोगमा एक–अर्को समुहसँग संचार सम्पर्क गर्दथे । रेडियो विकासको क्रम शुरु हुनै लाग्दा भएको पहिलो विश्व युद्धले रेडियोको विकास क्रममा ठुलो धक्का नै लगायो । सन् १९१८ मा पहिलो विश्व युद्ध सकिएपछि रेडियो विकासक्रमले विस्तारै गति लिन थाल्यो ।
१९२० मा अमेरिकामा विश्वकै पहिलो रेडियो प्रशारण शुरु भयो । त्यसैगरी १९२२ मा बेलायतमा पनि रेडियो प्रशारण शुरु भयो । जसलाई पाँच बर्षपछि १९२७ मा बेलायती महारानीले ब्रिटिस ब्रोर्डकास्टिङ कर्पोरेसन (विविसी)मा परिणत गरिदिईन । त्यतिबेला स्थापना भएको विविसी रेडियो अहिले विश्वकै अग्रणी रेडियो प्रशारकको रुपमा स्थापित भएको छ । अन्य रेडियो व्यापारिक दृष्टिकोणबाट प्रशारण हुनु तर विविसी भने सार्वजनिक सेवा प्रशारकको रुपमा अगाडि आउनुले पनि यसको लोकप्रियता बढेको छ ।
नेपालमा रेडियोविश्वमा रेडियो प्रशारण शुरु भएको ३० बर्षपछि नेपालममा रेडियो स्थापना भएको हो । वि.स. २००७(सन् १९५२) सालमा आधुनिक रेडियो नेपालको स्थापना भएको हो । घरमा रेडियो राखेर सुन्न समेत नपाउने अवस्थाबाट मुक्ति पाएको तिन बर्ष नहुँदै देशमा रेडियो संचालनमा आउनु चानचुने कुरा थिएन । विराटनगरमा रहेको जुटमिलका मजदुरहरुको आवजलाई समेट्ने प्रयासमा शुरु भएको रेडियो विस्तारै सबै नेपालीको आवाज समेट्ने रेडियोको रुपमा स्थापित हुन पुग्यो ।
देशमा भएका विभिन्न राजनितिक घटनाक्रममा रेडियो नेपाललाई शासकहरुले आफू अनुकुल प्रयोग गरेको पाईन्छ । सरकारको स्वामित्वमा संचालिन रेडियो नेपाल स्थापनाको ४२ बर्षसम्म वैधानिक रुपमा निर्विकल्प आम संचारमाध्यम बन्यो । २०४९ सालमा संचार मन्त्री झलनाथ खनालको पालामा राष्ट्रिय संचार नीति बनाएर निजी क्षेत्रबाट पनि रेडियो संचालन गर्न सकिने कानूनी व्यवस्था गरिएको हो । त्यही नीतिको आधारमा रेडियो नेपालले नै २०५२ सालमा एफएम प्रशारणको शुरुवात ग¥यो ।
निजी क्षेत्रको रुपमा वातावरण पत्रकार समूहले २०५४ साल जेठ ९ गतेबाट सामुदायिक रेडियो सगरमाथाको प्रसारण शुरु ग¥यो । रेडियो सगरमाथा निजी क्षेत्रबाट संचालित दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोको उपमा समेत पायो । त्यसपछि विस्तारै निजी क्षेत्रका रेडियो संचालन हुन थाले । विश्वमा रेडियोको विकास क्रमलाई पहिलो विश्व युद्धले पछाडि धकेलेझैं नेपालमा पनि तत्कालिन विद्रोही नेकपा माओवादी र सरकारबीचको १० बर्षे कहाली लाग्दो द्वन्द्वले रेडियोको विकासक्रमलाई अगाडि बढ्न दिएन । तसर्थ कानूनी रुपमा निजी क्षेत्रबाट रेडियो संचालन अनुमति पाएको १३ बर्षसम्म ।
मुलुकमा लोकतन्त्र अाएपछि ५५ वटा रेडियोले मात्रै अनुमति लिएका थिए । २०६३ सालमा देशमा लोकतन्त्र स्थापना भएपछि भने संचार माध्यम हवात्तै बढ्यो । लोकतन्त्र स्थापनाको १० बर्षमा देशका सबै जिल्लामा रेडियो संचालन भएका छन । सामुदायिक र निजी गरी ७ सय बढी रेडियोले अनुमति लिएका छन् । ५ सय बढी रेडियोले प्रसारण गरिहेका छन् ।
नेपालमा रेडियोमा चुनौतिनेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थागत भईसकेको अवस्था छ ।जवाफदेहिता, पारदर्शीता र विधिको शासन लोकतन्त्रका मेरुदण्ड हुन । नागरिकले लोकतन्त्रको अनुभूति गर्ने गरी राज्यको तर्फबाट खेलिएका ेभूुमिका छर्लङ्ग पार्ने कर्तव्य आम संचार माध्यमको हो । त्यसमाथि पनि नेपालको भौगोलिक अवस्था र समसामयिक परिवेशमा रेडियो नै सबैभन्दा उत्तम आमसंचार माध्यम हो । सूचना, शिक्षा र मनोरंजनको संगम भनेर चिनिने रेडियो संचालन गर्न भने जस्तो सजिलो छैन ।
चुनौतिका बाबजुत रेडियो संचालन भईरहेका छन । वर्तमान परिवेशमा पनि सहज तरिकाले रेडियो संचालनका लागि रचनात्मक उपाय अपानाउनु जरुरी छ । स्थानिय तहमा आएको बजेटले रेडियोको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने देखिन्छ ।त्यसका लागि स्थानिय तहद्वारा प्रायोजित शिक्षा र चेतनामुलक कार्यक्रम उत्पादन प्रशारण गर्न सकिन्छ । प्रविधिको विकासले इन्टरनेटको प्रयोग बढ्दै गएको छ । यस्तो अवस्थामा रेडियोले नयाँ तरिकाबाट सूचना प्रवाह गर्न आवश्क देखिन्छ । यसका साथै विद्युत आपूर्तिमा नियमितता नहुँदा रेडियो प्रसारणमा हुने अवरोध हटाउन अन्य वैकल्पिक नविकरणीय उर्जाको प्रयोग गर्न सके रेडियोको स्थायित्व बढ्नुका साथै समय सापेक्ष हुन सक्छ ।