Arna Beer

‘एमाले र माओवादी एकता पर्सीसम्म टुंगिन्छ’

काभ्रे । नेकपामाओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमालेसँगको एकता यसै साता छिनोफानो हुने बताएका छन् ।

‘अहिले धेरैमा एमाले र माओवादी एकता कहिले टुंगिएला ? भन्ने खुल्दुली भएको छ’  मंगलबार आयोजित कार्यक्रममा उनले भने, ‘एकता पर्सीसम्म टुंगिन्छ । यसै साता घोषणा हुन्छ ।’

नेता पौडेलले विभिन्न शक्रि अहिले पनि एकता रोक्न सक्रिय भइरहेको बताए । ‘केही तत्व अझै पनि एकता भाँड्न सक्रिय भइरहेका छन’,  उनले भने, ‘एकता अन्तिम चरणमा पुगिसक्यो । अब तिनको केही चल्दैन ।’

नेता पौडेलले एमालेले अबलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्दले अंगिकार गरेको वैचारिक सिद्धान्तलाई एकतापछि पनि सँगसँगै लगिने उल्लेख गरे ।

‘एमाले र माओवादीको सिदान्त अहिलेसँगै जान्छ’ उनले भने, ‘आउँदो महाधिवेशनमा दुई वटै सिद्धान्त प्रस्तुत हुनेछ । त्यसपछि महाधिवेशनले जसलाई पारित गर्छ, त्यही नै पार्टीको सिद्धान्त बन्छ ।’

Janata Television

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली काग्रेसले संसदीय विधान परिमार्जन गरेर संघीय संरचना अनुसार बनाएको छ ।  संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित…

–मेरा श्रीमान् जब त्यो रात हाम्रो घरबाट बाहिर निस्के । मलाई लाग्यो मेरो सारा संसार नै भताभुङ्ग भयो। त्यसबेला कुनै…

पर्सा । जिल्लाको कालिकामाई गाउँपालिकाका निर्वाचित पदाधिकारीहरूको मनपरी निर्णयहरू अहिले पर्सामा नै चर्चाको विषय बनेको छ । बिहीबार बसेको स्थानीय…

काठमाडौं । भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा…

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ले सरकार विस्तार हुन अझै दुई दिन लाग्ने बताएका छन । “एमालेले मन्त्रीमण्डलमा पठाउने व्यक्ति…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताएका छन् । काठमाडौंमा आयोजित ‘नेपालको संघीय संरचनामा…