काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको एकता बुधबार टुंगिने भएको छ । नेतृत्व भागवण्डा छिनोफानो गर्न बुधबार एकता संयोजन समिति बैठक बस्दैछ ।
समितिमा एमाले अध्यक्ष के।पी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच मंगलबार ललितपुरमा भएको एकान्त वार्ता बुधबार एकता टुंग्याउने गरी सकिएको छ । एकता टुग्याउन ओली र दाहालले सोमबार पनि साढे २ घण्टा एकान्त छलफल गरेका थिए । सोमबार स्पष्ट नभएका बिषयमा फेरि मंगलबार छलफल गरेका हुन् ।
स्रोतका अनुसार ओली र दाहालले मंगलबार नेतृत्व भागवण्डाको खाका समेत तयार पारिसकेका छन् । एकान्त वार्तापछि माओवादी अध्यक्ष दाहाल मंगलबार नै चितवन पुगेका छन् । अध्यक्ष दाहालले विमानस्थलमा संचारकर्मीहसँग संक्षित कुरा गर्दै एकता सकेसम्म बुधबर नै टुंगिने प्रतिक्रिया दिएका छन् ।
अध्यक्षदयले तयार पारेको खाका बुधबार हुने समितिको बैठकमा प्रस्तुत गरेर एकता टुंग्याउने तयारी भइरहेको छ ।
नयाँ सरकार गठन अगाडि नै एकता टुग्याउने लक्ष्यका साथ मंगलबारको बैठक अत्यन्तै सकारात्मक दिशामा सकिएको छ दाहालका स्वकीय सचिव महराले भने पार्टी एकता संयोजन समितिको बुधबार हुने बैठकले संभवत एकता टुंग्याउँछ
एमालेर माओवादी केन्द्रले असोज १७ गते पछि एकता गर्ने गरी निर्वाचन तालमेलको घोषणा गरेका थिए । त्यसबेला तालमेल घोषण गर्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिए लगत्तै पार्टी एकता गर्ने भनिएको थियो । तर निर्वाचन सकिएको २ महिना बित्दा पनि पार्टी एकता घोषणा भने हुन सकिरहेको छ । एकता घोषणमा ढिलाई हुँदा वाम गठबन्धन फुटाउन विभिन्न शक्रि सक्रिय हुन थालेका छन् ।
स्रोतका अनुसार ओली र दाहालले अन्नत समाान्तर नेतृत्व र समानन्तर विचारसहित एकता टुंग्याउने निश्कर्षमा पुगेका छन्दुबै पक्षलाई तलमाथि पारेर भागवण्डा गर्दा अनेक अर्थ लाग्ने हुनाले ओली र दाहालले समान्न्तर नेतृत्वको अवधारणा बनाएका हुन् । समान्न्तर नेतृत्वमा ओली अध्यक्ष भए, दाहाल पनि अध्यक्ष नै रहनेछन् । यदि दाहाललाई सहअध्यक्ष बनाइए, ओलीलाई पनि त्यही अनुसार सहअध्यक्षमै झारिने छ ।
त्यस्तै पार्टीको बैचारिक सिद्धान्त पनि अहिलेलाई दुबै वटै समानन्तर रुपमा राख्ने सहमति भएको छ । एमालेले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई अंगिकार गर्दै आएको छ । माओवादी केन्द्र आफ्नै पथमा छ ।
ओली र दाहालबीच यी दुबै सिदान्तलाई महाधिवेशनसम्मसँसँगै लग्ने र त्यसपछि महाधिवेशनले जुनलाई पारित गर्छ त्यसैलाई पार्टीको सिद्धान्त बनाउने सहमति भएको छ ।