एमाले–माओवादी एकता अन्तिम रुप दिन संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले–माओवादी केन्द्र पार्टी एकतालाई अन्तिम रुप दिन आज पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ ।

पार्टी एकतालाई टुंगोमा पुर्याउन केही दिनदेखि निर्णायक छलफलमा जुटेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार नेतृत्व, सांगठनिक तथा राजनीतिक वैचारिक बिषय टुंग्याएका थिए ।

दुई अध्यक्षबीच भएको समझदारीलाई औपचारिकता दिन बुधबार संयोजन समितिको बैठक बोलाइएको बताइएको छ । बैठक ललितपुरको मानभवनमा बस्दैछ ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच एकताको पक्षमा ठोस प्रगति नदेखिएपछि विभिन्न कोणबाट आशंकाहरु व्यक्त भएका थिए ।

सोमबार र मंगलबारको छलफलपछि एकताले मूर्त रुप लिएको बताइएको छ । आज हुने बैठकको समय तोकिएको छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

–भूमिराज पराजुली झापा । मोरङको लेटाङस्थित श्री माध्यमिक विद्यालय बन्द छ । विद्यालयको पानी ट्यांकीमा विष मिसाइएको पानी पिएर २९…

काठमाडाैँ । भदौ १ बाट लागु भएका मुलुकी फौजदारी र मुलुकी देवानी संहिताले महिला अधिकारको दृष्टिकोणबाट सकारात्मक र नकारात्मक दुवै…

पुरुषवादी सोचबाट ग्रस्त हाम्रो समाजमा यस्ता पावन्दी तुलनात्मकरुपमा बढी महिलालाई राखेको देखिन्छ –इच्छा गुरुङ उबेलाको कुरा हो, कक्षा ९ मा…

शीर्षक हेर्दा तपाईंलाइ लाग्यो होला, जीवन पनि अनुकुलतामा चलेको छ र ? तर यसो केलाएर हेर्दा हो नि । हामी…

विशेष सम्पादकीय पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै ‘७८ पाने उपलब्धी’ सार्वजनिक गर्नु हतारो थियो भन्नेहरुले अरु हतारमा भनिदिए,…

काठमाडौँ । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत…