एमाले–माओवादी एकता ९५ प्रतिशत मिल्यो, ५ प्रतिशत बाँकी

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकता गर्न बनेको संयोजन समिति बैठक सहमतिनजिक पुगेको छ । बुधबार बसेको संयोजन समतिको बैठकमा दुई अध्यक्षले कसले कति सरकारको नेतृत्व गर्ने र कार्यदलका सदस्य चयनका विषयमा सहमति जुट्न बाँकी रहेको छ । राजधानीमा समाचार छ ।

पार्टी एकता संयोजन समितिको बुधबार ललितपुर मानभवनस्थित निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा बसेको बैठकले सहमतिलाई लिपिबद्ध गर्ने तयारी भए पनि सरकारको नेतृत्व कसले कति गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा लिपिबद्ध हुन सकेन । एकीकृत पार्टीको वैचारिक एवं सैद्धान्तिक र सांगठानिक संरचनासम्बन्धी दुई छुट्टाछुट्टै कार्यदल बनाउने सहमति भएको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

कार्यदलमा कोको रहने भन्ने विषयमा नेताहरूबीच सहमति जुट्न सकेन । सहमति हुन बाँकी विषयमा बिहीबार छलफल गरी टुंगोमा पुग्ने सहमति जुटेको छ । ‘पार्टी एकताका विषयमा ९५ प्रतिशत कुरा मिलिसकेको छ,’ उनले भने, ‘बाँकी रहेको ५ प्रतिशत कुरा छलफलको माध्यमबाट टुंग्याउने सहमति भएको छ ।’

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले सरकार निर्माणको बाटो खुलेको माओवादी नेता एवं संयोजन समिति सदस्य नारायणकाजी श्रेष्ठले बताए । वाम गठबन्धनका तर्फबाट बिहीबार नै सरकार गठनको दाबी गरिने उनले जानकारी दिए ।

‘निर्वाचन आयोगले निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रिपतिलाई बुधबार नै बुझाएको छ,’ उनले भने, ‘निर्वाचन परिणाम बुझाएसँगै सरकार गठनका लागि गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको दाबी बिहीबारनै पेस गर्ने सहमति भएको छ ।’

पार्टी एकताका लागि संयोजन समितिको छलफल सहमतिनजिक पुगिसकेकाले अर्को बैठकमा बाँकी रहेको विषयमा टुंगो लाग्ने उनले बताए ।

एकता प्रक्रियामा रहेका एमाले र माओवादीबीच पार्टी र सरकारको नेतृत्व भागबन्डामा चलाउने सहमति जुटिसकेको छ । सहमतिअनुसार एकतापछि पार्टीमा ओली र दाहालको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालोमा हुनेछ । माओवादी नेताहरूले यसअघि नै भद्र सहमति भइसकेको दाबी गर्दै आगामी सरकारमा ओली र दाहालले कति–कति समय सरकारको नेतृत्व गर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेको बताएका छन् ।

बुधबार बसेको संयोजन समति बैठकमा ओलीले एकताका लागि आफूलाई दबाब बढेको बताएका छन् । ‘पार्टी एकताका विषयमा मलाई अत्यधिक प्रेसर परेको छ,’ उनले संयोजन समिति बैठकमा फोटो लिन पुगेका पत्रकारसँग भने, ‘पार्टीलाई बलियो बनाउने गरी सहमतिमा पुग्न गहन छलफलमा हामी छौं ।’

यसैगरी माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकारहरू छिरेलगत्तै सबैमा उत्साह थपिएको भन्दै आफूहरू सहमतिमा पुग्ने बताए । ‘पार्टी एकता गरेर मुलुकको विकासमा हामी सबै एकसाथ अघि बढ्नेछौं,’ उनले भने, ‘हामी सहमतिको माध्यमबाट नै सबै विषय टुंग्याएर अघि बढ्नेछौं ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बारा । जीतपुर सिमरा उपमहानगरपालिका˗१७ अन्तरगत रहेको स्वास्थ्य चौकी जैतापुरमा कार्यरत सिनियर अहेव एवम् स्वास्थ्य चौकी सहइञ्चार्ज रामनरेश यादव संस्थाको…

मितिः २०७५ कात्तिक १ गते विहीबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना…

काठमाडौंं । महाअष्टमीका दिन बुधबार मुलुकभरका शक्तिपीठ र देवीस्थानमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती…

प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैंं सबैको घरआगनमा आइसकेको छ । दशैं नेपालको सवैभन्दा लामो समय सम्म मनाइने चाड हो…

मितिः २०७५ असोज ३१ गते बुधबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…