५० ओभरको क्रिकेटमा नेपाललाई ठूलो सफलता, विश्वकप छनोट यात्रा पक्का

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत जित्नै पर्ने बाध्यात्मक खेलमा क्यानडामाथि एक विकेटको रोमाञ्चक जित हात पारेसँगै नेपाल डिभिजन एकमा बढुवा भएको छ। अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

यससँगै नेपालले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि पनि स्थान सुरक्षित गरेको छ। विश्वकप छनोट प्रतियोगिता आगामी मार्चमा जिम्बावेमा हुँदै छ।

छनोट चरण पार गर्दै नेपाली क्रिकेटले ५० ओभरको क्रिकेटमा हात पारेको यो नै अहिलेसम्मकै ठूलो सफलता हो। नेपालले यसअघि सन् २०१५ देखि २०१७ सम्म सञ्चालन भएको डिभिजन एकको प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेको थियो। सन् २०१५ मा नामिवियामै भएको डिभिजन दुईमा तेस्रो स्थानमा सीमित नेपाललाई आईसीसीले डिभिजन एकमा बढुवा गर्ने निर्णय गरेको थियो।

आईसीसीले डिभिजन एकका अफगानिस्तान र स्कटल्यान्डलाई पूर्ण सदस्य राष्ट्रको मान्यता दिँदै नेपाललाई डिभिजन एकमा बढुवा गरेको थियो।

नेपालले त्यसबेला डिभिजन एकका अन्य टोलीले जस्तै एकदिवसीय टोलीको मान्यता नपाए पनि विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाएको थियो। डिसेम्बरमा सम्पन्न च्याम्पियनसिपको शीर्ष चारभित्र अटाउन नसकेपछि भने नेपाल फेरि डिभिजन दुईमा घटुवा भएको हो। नेपालले बुधबार क्यानडालाई पराजित गरेपछि भने पहिलो पटक छनोट चरण पार गर्दै डिभिजन एकमा पुगेको छ। यो ५० ओभरको क्रिकेटमा नेपालले हात पारेको अहिलेसम्मकै उच्च सफलता हो।

च्याम्पियनसिपको शीर्ष चारभित्र अटाउन सकेको भए नेपालले डिभिजन दुईको प्रतियोगिता नखेली जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न सक्षम हुने थियो।

डिभिजन एकको बढुवा र विश्वकप छनोट प्रतियोगिताका लागि छानिएसँगै नेपालले एकदिवसीय टोलीको मान्यता पाउने सम्भावना पनि जीवितै राखेको छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मितिः २०७५ कात्तिक १ गते विहीबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना…

काठमाडौंं । महाअष्टमीका दिन बुधबार मुलुकभरका शक्तिपीठ र देवीस्थानमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती…

प्रत्येक वर्षजस्तै यस वर्ष पनि दशैंं सबैको घरआगनमा आइसकेको छ । दशैं नेपालको सवैभन्दा लामो समय सम्म मनाइने चाड हो…

मितिः २०७५ असोज ३१ गते बुधबार बिहान ५ः०० स्टेसन आइडी ५ः०२ राष्ट्रिय गान ५ः३० तीर्थ पर्यटन प्रस्तोताः नारायण भण्डारी ६ः००…

–नारायण भण्डारी नेपाली समाजमा हर्ष उल्लासपूर्वक मनाइने शारदीय महापर्व बडा दशैंको आठौं दिन आश्विनशुक्ल अष्टमी तिथिमा प्रचण्डघोर कृष्णशक्ति स्वरुपा भवानी…