जाँदाजाँदै दुई मन्त्रीले गरे सरुवा

काठमाडौं । बहिर्गमनको तयारीमा रहेको सरकारका दुई मन्त्रीले आफ्नो मन्त्रालय मातहतका महत्त्वपूर्ण पदमा सरुवा गरेका छन् । कान्तिपुरमा समाचार छ ।

दुवै जनाले बुधबार मन्त्रीस्तरीय निर्णय गरी सरुवा गरेका हुन् । सिँचाइमन्त्री सञ्जय गौतमले उमेर हदले अनिवार्य अवकाश पाउन १८ दिनमात्र बाँकी रहेका सिँचाइ विभागका महानिर्देशक अशोक सिंहलाई जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरेका छन् । सिंहले ५८ वर्ष उमेर पूरा गरी आगामी फागुन २० मा अवकाश पाउँदैछन् ।

गौतमले सहसचिव सरोज पण्डितलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् । गौतमले बबई सिँचाइ आयोजना प्रमुख रमेशबन्धु अर्याललाई समेत मन्त्रालयमा सरुवा गरेका छन् । उक्त आयोजनामा योञ्जन श्रेष्ठलाई लगिएको छ ।

स्वास्थ्यमन्त्री दीपक बोहराले बुधबार नै मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्य विभागको महानिर्देशक परिवर्तन गरेका छन् । उनले १२ औं तहका डा. विनोदमान श्रेष्ठलाई विभागको महानिर्देशक नियुक्त गरेका छन् । श्रेष्ठले आगामी चैतमा उमेर हदले अनिवार्य अवकाश पाउँदैछन् ।

यसअघि मन्त्री बोहराले नियमविपरीत बहाल रहेका निमित्त महानिर्देशक डा. राजेन्द्र पन्तलाई हटाई ११ औं तहका डा। तारानाथ पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए । पन्तले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत गुहार्न पुगेका थिए । सर्वोच्चले पन्तलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएको थियो ।

मन्त्री बोहराले भने सर्वोच्चको आदेशको बेवास्ता गर्दै डा। श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । अब डा। पन्त राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी र डा। पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा फर्कने जानकारी स्वास्थ्य मन्त्रालय स्रोतले दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ‘सत्यसेवा सुरक्षणम् ।’ नेपाल प्रहरीको मूलमन्त्र । प्रहरीको काम नै सुरक्षा दिनु । तर प्रहरीले जनताको सुरक्षा गर्दा…

काठमाडौं । सरकारले विभिन्न ५ वटा विधेयक संघीय संसदमा पेश गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारका तर्फबाट सम्बन्धीत मन्त्रालयका…

बैतडी । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार…

विराटनगर । एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तारको तयारी भइरहेको बताउनु भएको छ ।…

एजेन्सी । नासाले अाइतबार सूर्य छुने एेतिहासिक  सानाे कार अाकारकाे एक यान प्रक्षपण गरेकाे छ । पार्कर साेलार प्राेब नाम…

रुपक कुलाल काठमाडौँ । वारी काठमाडौं, पारी भक्तपुर । साँधसीमाना भएर बगेको छ– मनोहरा खोला । खोलाको छेउछाउ ठिकैको बस्ती…