सोलुखुम्बु । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, कांगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ ।
सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिए । उनले भने, ‘मंगलबारदेखि हिउँ परेको छ ।’ उनले बताए । हिमपातसँगै हल्का बर्सात भएपछि जनजीवन कस्टकर बने पनि स्थानीय भने हर्षित भएका छन् ।
लामो समयदेखि हिउँ नपरेको कांगेल क्षेत्रमा यस वर्ष हिउँ परेको छ । बुधबार दिउँसो करिब १ः३० बजेदेखि करिब ४ घण्टा हिमपात भएको स्थानीय राजेन्द्र बस्नेतले जानकारी र्दिए । बस्नेतले भने, ‘जन्मेको २६ वर्ष भयो हिउँ परेको थाहा थिएन, यस वर्ष हिउँ प¥यो, हिउँमा खेल्न पाउँदा एकदमै खुशी लाग्यो ।’
त्यस क्षेत्रमा करिब दुई फिटसम्म हिउँ झरेको बताइएको छ । हिउँ खेल्नेहरुको भीड लागेको बासाबाट भेषराज पौडेलले जानकारी दिए । उनले भने, ‘हामी विद्यालयमा थियौँ, हिउँ पर्न थाल्यो, रमाइलो भयो, यस क्षेत्रमा हिउँ खेल्नेको भीड नै लागेको छ ।
जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा सामान्य बर्सात भएको छ भने अत्यधिक चिसो महसुश गरिएको छ । पानी प्रशस्त नपरे पनि चिसो भने बढेको छ ।