[caption id="attachment_18303" align="alignleft" width="67"]
खेम बम[/caption]
– ‘विश्वास’ जुन मनैदेखि गरिन्छ । संसार यसैमा अडिएको छ । धार्मिकआस्था, अपचलन, व्यावहार सबै यसका पर्यायी शब्द हुन् । जसलाई सबैले जीवनमा आत्मसाथ गदै अगाडी बढेका हुन्छन ।
जुन हामी मन्दिर, मस्जिद, चैत्य, गुम्बा, चर्चमा शुद्ध मनका साथ जान्छौं, जसबाट मनमा शान्ति मिल्छ । मन हलुका हुन्छ । स्वर्ग जिते जस्तो लाग्छ । किनकि हामी भगवान प्रति विश्वास गर्छौ । हामीलाई थाह हुन्छ, यहाँ आउँदा अलौकिक शक्ति मिल्छ, भलो हुन्छ, आत्मा शान्ति हुन्छ ।
‘विश्वास’ यसैमा संसार अडिएको छ । जब कुनै मानिस हरेक कुरामा नकारात्मक सोचको सिकार हुन्छ, उसको आत्माले कहिल्यै शान्ति पाउँदैन, नत उ चयनसँग बाँच्नसक्छ, नत अरुलाई चयनसँग बाँच्न दिन्छ । जीवनमा यस्ता चीजहरुले सबैलाई छोएको छ । जसको सिकार तपाई हामी बनेका छौ । मानव जीवनमा गलत नगर्ने सायद विरलै भेटिन्छन् । जानी नजानी उसले गलत गरिरहेको हुन्छ । कसैले जानी–जानी गर्छ, त कसैले अन्जानले गर्छ । यो प्रक्रिया चलिरहन्छ । किनकी बाँच्नको टुंगो नै नभएको मानव जीवन सास रहुन्जेल आश मर्दैन । एउटा मरणासन्न अवस्थामा पुगेको मान्छेले अर्ती, उपदेश दिन्छन् आफुले गरेका र आगामी गर्न बाँकी रहेका कामहरुको आफ्ना सन्ततीलाई जानकारी गराउछन् ।
एकथरी मान्छे यतिसम्म हुन्छन्की, बाँच्नका निम्ति अस्पतालको शैयामा छट्पटाईरहेको बिरामी डाक्टरले ‘तपाई सन्चो हुँदै हुनुहुन्छ’ भन्दा अनुहारमा चमक झल्काउछ । यो सत्य हो । उसले विश्वासलाई जितेको हुन्छ, अरुले भनेको पत्याउछ ।
एकथरी यस्ता हुन्छन्, ‘तपाई स्वस्थ हुनुहुन्छ’ भन्दा यो डाक्टर नजान्ने रहेछ, अर्को अस्पताल जाउँ भन्छन् । किनकी उसले जीवनमा कहिल्यै विश्वास गर्न जानेन र कसैको भनेको पत्याएन । सधैं आफ्नो ढिपि कसिरह्यो । मर्नसम्म बेचैनका साथ म¥यो । मानिसले विगतका गल्तीलाई स्विकार्न सकेन र सधैं दोहो¥याउदै गयो । उसले आफुलाई परिवर्तन गर्न सकेन ।
नकारात्मक सोचका सिकार किन भईन्छःपहिला उ एक्लो थियो । अहिले उ सँग उसको नयाँ परिवार छ । श्रीमान छ, छोरा छ । सधैं सर्धै सँगै मर्ने सँगै बाँच्ने कसम खाएको बलियो साथ छ । यति मात्र होईन, उ कानुनी रुपमा समेत बलियो छ । उनीहरु, उसको छोरा जीवनका सँगैका सहयात्री हुन् भन्ने कानुनले दिएको अधिकार छ । तर छैन त, केवल ‘विश्वास’ । अनि उ आजपनि बेचैनको जिन्दगी बाँच्न बाध्य छ ।
उसले कहिल्यै सत्य के हो बुझ्न चाहेन । अरुले गरेका कुरा सुनिरह्यो । अरुलाई आफन्त मानिरह्यो । आफन्तलाई सधैं पराईको दर्जामा राख्यो । उसलाई बेचैन पारिरह्यो । तर उसले बुझेन की, जीवनमा सँगै बाच्ने कसम खाएर एक ‘ढुङ्गा’लाई साँचीराखी ‘विश्वास’को बन्धनमा बाँधिएको दिनलाई । हुनत किन सम्झिन्थ्यो र उसले सिमा नाघिसकेको छ । हिजो साँची राखेको त्यो ‘ढुङ्गा’ उसका लागि अहिले अविश्वास बनिसक्यो । त्यो देउता(ढुङ्गा) लाई अहिले उ हर–तरह उठाउछ, बसाउछ । त्यसकोपनि विश्वास मान्न उसले छोडिसक्यो ।
उ चाहान्छ होला सँगै बसौ, सँगै खाऔं । उसको सोचलाई गर्व गर्नुपर्छ र त्यो सत्यपनि हो । तर, जीवन यतिले मात्रै नचल्दो रहेछ । मानिसका आवश्यकता असिमित छन् । मलाई नौ कक्षाका पढ्दाखेरीको याद आयो । अर्थशास्त्रमा पढेको थिए मैले । आवश्यकता पुरा गर्न उ जीवनपर्यन्त सर्घषमा रहनुपर्छ ।
पहिला उ एक्लै थियो । अहिले उसँग माकुराको जालो फैलिएको छ । पहिला दुई थिए, अहिले तीन छन्(श्रीमान, श्रीमती र छोरा) । छोरा स्कुल जान्छ, बोर्डिङ्मा । आफ्नो स्तरभन्दा माथिको निजि स्कुलमा । जहाँ सम्पन्नका छोरा छोरी पढ्छन् । उनीहरुका छोराछोरी फलफुल, मटन, स्तरीय ब्याग, टुमलेट भिरेर आउँछन् । स्कुलमा टिफिनमा सँगै खान बसेको उसको छोरा सादा भात र दाल खान्छ । चिसो भात उसको घाँटीमा कुटुकुटु लागेको पक्कै थाह होला तर उ भन्न सक्दैन ।
पहिलाको ब्वाईफ्रेन्ड अहिले उसको श्रीमान हो, एक छोराको बुवा हो । उसको मन कति भकानिन्छ होला छोराको मायाले । उसले आफ्नो एक्लो छोरालाई राम्रो शिक्षादिक्षा दिन, राम्रो आहारा खुवाउन सकेसम्मको मेहनत गर्न खोज्दैछ । र भविष्यमा अभावबाट उम्किन खोज्दैछ । तर एक श्रीमतीको मन जित्न उसले कहिल्यै सकेन । उसलाई सम्झाउन सकेन । उसले आफ्ना आवश्यकता कुन आशयमा प्रकट गरी बुझ्न सकेन् ।
विश्वास कायम गर्न के गर्न सक्छःएक पुरुष नारीको अस्मितामाथि खेल्ने उसलाई कुनै अधिकार छैन् । त्यो राम्रोसँग बुझेको छ, उसले । तर, विश्वास दिलाउन सकिरहेको छैन् । उ (श्रीमान) एका बिहानै ४ बजे उठ्छ, १२ बजेसम्म ड्युटी गर्छ । एक घण्टा खाना खाने मात्रै समय छ उ सँग । १ बजेबाट राती ९ बजेसम्म उसले फेरी ड्युटी गर्छ । परिवारलाई समय दिन नपाएकोमा उ दुःखी पक्कै छ । उसको जीवनसाथी पश्चिम आफु पूर्व कसरी विश्वास दिलावस् उसलाई ।
यसमा त उसकी जीवन सँगीनीले बुझोस् भन्ने चाहान्छ उ । तर त्यसको विपरित हुन्छ । फोनको घण्टी बज्छ, एका बिहानै आवाज आउँछ– तेरी जोई(श्रीमती) सँग कहाँ थिस् । अनि उसलाई पनि रिस उठ्नु स्वभाविक हो । किनकी उ १६ घण्टा ड्युटीमा हुन्छ हरेक दिन । उसले प्रतिउत्तर दिन्छ, ‘मलाई तनाव नदेउ’ ।उताबाट आवाज आउँछ, ‘मैलै फोन गर्दा तनाव हुँने तलाई’
यस्तै................यस्तै..............................................विवाद उत्कर्षमा पुग्छ । अनि ब्यालेन्स सकिन्छ । फोन काटिन्छ । एकछिनपछि उ (श्रीमान) आत्मग्लानी गर्न थाल्छ, मैले चुप लागिराख्नु पर्ने । नानाथरी सम्झिन्छ, जीवनलाई धिर्काछ । उस(श्रीमती) लाई पनि यस्तै हुँदो हो ।
विश्वास कायम गर्न अनेकौ उपाय अपनायो होला उसले, तर असहलेसम्म सफल हुन सकेको छैन । सँगै बस्ने आशा छ तर बाध्यता विवशता बनिदिएको छ । कसरी एउटा जीवन जिउने बाचा खाएको श्रीमतीलाई विश्वास दिलाउने । उ यहि सम्झिरहन्छ । उसले गर्न खोजेका नयाँ कामहरु अधुरै छन् । दिमागमा एक डरले डेरा जमाएको छ । त्यसबाट उन्मुक्ति पाउने आशामा उ तड्पिरहेको छ ।के गर्न सकिएला । चुनौती र बाध्यता सँगै ।