काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टू अन्तरगत विहीबार भएको खेलमा नेपाल यूएईसँग ७ रनले पराजित भएको छ छ । पराजयसँगै नेपालले टूको उपविजेता बनेको छ । यूएईले विभिन पटक व्यहोर्दै आएको हारको बदला एकैचोटी लिएको छ ।
कप्तान पारस खड्काले उत्सापूर्ण सक्रियताले २७८ रनको लक्ष्य पछ्याएको नेपालले शतक पुरा गरेपनि सफलता भने पर्याप्त गर्न सकेन नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए तर त्यसले मात्र ८ रन पुगेन । १०३ बलको सामना गरेका पारसले ३ चौका र ८ छक्काको बदलामा यूएईका अविजित ११२ रन बनाए ।नेपालको सुरुवात सामान्य रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले ३८ रन बनाए नाथ १३ रनमा आउट भएका थिए । त्यसपछि ज्ञानेन्द्र २४ रन थपे
पारसले दिपेन्द्र सिंह ऐरीसँग मिलेर पारी सम्हालेका थिए । दुबैले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिपेन्द्र ३५ रनमा आउट भएका थिए ।शरद भेषावकरले ६३ रनको साझेदारी गरे । शरद ३० रनमा पभेलियन फर्किए । आरिफ शेख ७ रनमा आउट भए,जतिबेला टिमको स्कोर १८६ रन थियो ।
रोहितकुमार पौडेलले छैटौं विकेटका लागि पारससँग ४२ रनको साझेदारी गरे । उनी २३ रनमा आउट भए । पारसले एउटा एण्डमा बसेर आक्रामक पारी खेलेपनि अरु ब्याट्सम्यान टिक्न सकेनन् । बुधबार नायकी प्रदर्शन गरेका करण केसी मात्र ३ रनमा आउट भए सोमपाल कामीले ६ रन मात्र बनाउन सके ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ४ विकेट गुमाएर २७७ रन बनायो । युएईका लागि अस्फाक अहमदले ११४ रन बनाए । रोहन मुस्ताफाले ५१ रन थपे, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोड्दै सफलता दिलाए ।
बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १र१ विकेट लिएका ।