रोजन तामाङ
काभ्रे । जिल्लाको भूकम्प पीडितलाई वितरण गरिने पुननिर्माणको रकम अपुग भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण काभ्रेका प्रमुख ध्रुब गैडले बताए ।
काभ्रेका भूकम्प पीडितलाई दिनुपर्ने २ अर्ब रहेको र बैंकमा भने २२ करोडमात्रै मौज्जाद रहँदा किस्ता वितरणमा समस्याभएको प्रमुख गैडाले बताए ।
भूकम्पिय आवास पुननिर्माण कार्यान्वयन कार्यालय धुलिखेलले ८२ करोड रकमदोस्रो र तेस्रो किस्ता प्रकृया पूरा गरेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाएको छ ।
बिहिवार सम्ममा १ अर्ब २० करोडको प्रकृया पुरा गरेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाएको जनाएको छ ।
तर, जिल्ला समन्वय समितिको खातामा भुकम्प पीडितका लागि दिने २२ करोडमात्रै रहेपछि काभ्रेका भुकम्प पीडितका लागि किस्ता वितराण्मा समस्या परेको छ ।
भूकम्पिय आवास पुननिर्माण आयोजना जिल्ला कार्यान्वयन कार्यालयले पैसा सकिएपछि मात्रै जानकारी गराए पनि बिहिवार आफूले जानकारी पाउने वित्तिकै केन्द्रलाई रकम निकासागर्न आग्रह गरेको गैडाले बताए ।
काभ्रेमा चार हजार ५ सय ७६ भुकम्प पीडितका लागि दोस्रो किस्ता वितरण गर्न ६८ करोड र १ हजार तीन सय ४४ तेस्रो किस्ताका लागि ८२ करोड तत्कालै आवश्यक रहेको पुननिर्माण कार्यलयले जनाएको छ ।
सबै प्रकृया पुरा गरेपनि काभ्रेका भूकम्प पीडितले तोकिएको समयमा पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम पाउँन झन्झट भएको भूकम्प पीडितहरुको गुनासो छ ।
पुननिर्माण प्राधिकरणले गाँउ–गाँउमा खटाएका ईञ्जिनियर र पैसा दिने बैंकहरुले आफूहरुलाई चित्तबुझ्दो सेवानदिएको पीडितहरुको गुनासो छ ।