बाँके । वर्ष मध्यपश्चिममा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ। राष्ट्रिय प्रतियोगिताका लागि मैदानको अवस्था, संम्भावित खेलमैदानको निरीक्षण, मैदान निमार्णको सम्झौतालगायतको काम सकिएका छन् ।
भौतिक पूर्वाधार निर्माण ढिलाई हुदाँ प्रतियोगिता नै प्रभावित हुने विगतका अवस्थालाई मध्यनजर गर्दै पूर्वाधार निर्माणमा जोड दिइएको छ। खेलकुदमन्त्री राजन केसी र राखेपका सदस्य सचिव केशवकुमार विष्टलगायतले प्राबिधिकको उपस्थितिमा मैदानको निरीक्षण गरेका छन् ।
प्रतियोगिताका लागि बाँके, वर्दिया र दाङमा भौतिक पूर्वाधार निर्माणको कार्य द्रुत गतिमा बढेको छ । बाँके जिल्लाको कोहलपुर क्रिकेट खेल मैदान, सुटिङ रेन्ज, पौडी पोखरी र भारोत्तोलन एकेडमी र बर्दिया गुलरियास्थित कवर्ड हल र दाङमा क्रिकेट मैदान निमार्ण कार्य जारी रहेको छ । बाँकेको नेपालगञ्ज रंगशालामा माटो पटान गरी फुटबल र एथ्लेटिक्सका लागि ट्रयाक एन्ड फिल्ड निर्माण कार्य जारी छ ।
प्रतियोगिताको समय नजिकिएसँगै आयोजक समिति, तयारी समिति र अन्य उपसमितिहरु गठन गरिएका छन् ।मंगलबार मध्यपश्चिम खेलकुद बिकास समितीले पत्रकार सम्मेलन गरि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा आठौँ राष्ट्रिय खेलकुदका लागी लोगो, गीत, नारा र मस्कट हात्तिको छावा सार्बजनिक गरेको छ ।
प्रतियोगिताका लागि मध्यपश्चिममा एक अर्ब बराबरको भौतिक पुर्बाधारहरू निर्माण हुने भएकाले त्यहाँका खेलप्रेमी र स्थानीय उत्साहित भएका छन् ।