राष्ट्रिय स्वास्थ्य सेवा दिवस –२०७४(विस्तृतमा)

-गङ्गाराज अर्याल

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले विगत ६ वर्षदेखि हरेक वर्ष फागुन १५ गतेका दिन स्वास्थ्य सेवा दिवस मनाउँदै आएको छ । आज देशभर ‘राज्यको सवै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनमूखी स्वास्थ्य सेवा समृद्ध एवं दिगो विकासको आधार’ भन्ने नाराकासाथ छैठौं स्वास्थ्य सेवा दिवस मनाइँदैछ । निजामती राष्ट्रसेवक कर्मचारीले निजामती सेवा दिवस मनाएझैं २०५३ मा स्वास्थ्य सेवा ऐन पारित भएको आधार र स्वास्थ्य सेवाका कर्मचारीलाई छुट्टै सेवामा आबद्ध गरिएको उपलक्ष्यमा निजामती सेवा दिवसका साथै २०६८÷०६९ देखि हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइन लागेको हो ।

छुट्टै ऐन र छुट्टै सेवाका रुपमा आइसकेपछि स्वास्थ्य सेवाका कर्मचारीलाई छुट्टै दिवसको आवश्यकता महशुस गरी यो दिवस मनाउन थालिएको हो । निजामती कर्मचारीको ४० प्रतिशत स्वास्थ्य सेवाका मात्र स्वास्थ्यकर्मी भएकाले स्वास्थ्यका संगठनहरु,स्वास्थ्यकर्मी र मन्त्रालयले पनि यस दिवसको आवश्यकता महशुस गरी मनाउन लागेको हो ।

स्वास्थ्य सेवा दिवसको उद्देश्य र औचित्यः
राष्ट्रिय स्वास्थ्य सेवा दिवसको प्रमुख उद्देश्य नै स्वास्थ्यकर्मीहरुले काम गर्दा लगनशीलताकासाथ सेवा गर्ने भावना विकास गर्ने, उत्कृष्ट कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई पुरष्कृत गर्ने, स्वास्थ्य सम्बन्धि चेतना दिने, जनस्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्नें, स्वास्थ्य सम्बन्धि कार्यक्रममा आम जनतालाई सहभागी हुन प्रेरित गर्नें, जनताको स्वास्थ्य सम्बन्धि सन्देशहरु फैलाउने हो ।

राष्ट्रिय स्वास्थ्य सेवा दिवसको औचित्य नै स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्नु हो भने स्वास्थ्य सेवा दिवसलाई उपयोग गरेर स्वास्थ्यकर्मीहरुलाई थप प्रेरित र प्रतिबद्घ भएर काम गर्न प्ररित गर्दछ । स्वास्थ्य सेवा दिवसकै सन्दर्भमा स्वास्थ्य सम्बन्धि चेतना दिऔं, स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु गरौं, स्वास्थ्य सम्बन्धि कार्यक्रममा आम जनतालाई सहभागी हुन प्रेरित गरौं, स्वास्थ्यका सन्देशहरु फैलाऔं भन्ने उद्देश्यले यस पटक छैठांै स्वास्थ्य सेवा दिवस मनाइदै छं ।

स्वास्थ्य सेवा दिवसको महत्वः
स्वास्थ्य सेवा दिवसले आम जनतामा स्वस्थ्य जीवनशैली अपनाउने र स्वास्थ्य सेवा सम्बन्धि चेतनाको अभिबृद्घि गर्दछ । सहश्राब्दी विकास लक्ष्यकासाथै स्वास्थ्य क्षेत्रमा राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा हासिल भएका तमाम सकारात्मक सूचकहरुका बाबजुद मुलुकमा समयसमयमा देखा पर्ने महामारी तथा मधुमेह, उच्चरक्तचाप, क्यान्सर र मुटुको रोगजस्ता नसर्ने रोगका चुनौती मा उल्लेख्य प्रगति हासिल गर्न स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेकोले स्वास्थ्य सेवकलाई यस दिवसले थप प्रतिवद्ध भएर सेवा दिनपनि अभिप्रेरित गर्दछ । स्वास्थ्यकर्मीमा सेवा भावनाको विकास गराउँछ भने प्रत्येक वर्ष उत्कृष्ट कर्मचारी स्वास्थ्यकर्मीको पहिचान गरी पुरष्कृत गर्न मद्दत पु¥याउँछ । स्वास्थ्यकर्मीको कर्तव्य के हो, आफ्नो कर्तव्यपथमा निष्ठावान तथा प्रतिवद्धताकोे भावना पनि जागृत गराउँछ ।

स्वास्थ्यकर्मीहरुको कर्तब्यप्रतिको भावनालाई सुदृढ गर्नपनि स्वास्थ्य सेवा दिवसको महत्व रहेकोे छ । स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य सेवाकासाथै शिविरहरु सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छं । आम जनसमुदायको आपसी सम्बन्धलाई थप सुदृढ गर्ने, नागरिक र स्वास्थ्यकर्मीको आ–आफ्नो जिम्मेवारी बोध गर्ने र आम जनतालाई स्वास्थ्य सेवा लिन प्रेरित गर्ने हुनाले यस दिवसको महत्व छ ।

स्वास्थ्य सेवामा हालसम्म भएका उपलब्धि ?
सन् २००४/२००५ देखि नेपालमास्वास्थ्य सुधार कार्यक्रम अगाडि बढेको हो । अहिले उक्त कार्यक्रमको चौथो चरणमा सहश्राब्दी विकास लक्ष्य पूरा गर्ने क्रममा अग्ररुपमा विकसित भएको छं ।स्वास्थ्य क्षेत्रमा संसारलाई नेपालले अचम्मित पारेको छ । किनभने नेपालले मात्रृशिशु मृत्यु दरलाई अपत्यारिलो किसिमलेघटाउन सफल भयों । यो दुई दशकमा नेपालको स्वास्थ्य क्षेत्रमा ठूला–ठूला उपलब्धि हाशिल गरेको छ । नेपालमा स्वास्थ्य क्षेत्रमा गरेका उपलब्धिहरुलाई विश्वले प्रसंशा मात्र नगरी उपलब्धिलाई मनन गरी पुरष्कृत समेत गरेको छ । स्वास्थ्य क्षेत्रको कभरेज र गुणस्तर समेत बढेको छ । ठूलो सञ्जाल भएको स्वास्थ्य क्षेत्रका संस्थाहरुमा स्वास्थ्यकर्मीहरु खटिएका छन् । धेरै स्वास्थ्यकर्मीहरु दक्ष, तालिम प्राप्त र अनुभवी छन् ।

गाउँ–गाउँका स्वास्थ्य इकाईहरु जस्तै जिल्ला अस्पतालमा ७० किसिमका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ किसिमका र स्वास्थ्य चौकीमा ३५ किसिमका औषधिहरु पठाइएको छ । प्याक्ट सूचकभन्दा मातृ मृत्युदर, शिशु मृत्युदर घटाइएको छ। यी वाहेकका परिवर्तन मध्ये राष्ट्रिय जनगणना, जनसांख्यिक सर्वेक्षणको निरन्तरता र स्वास्थ्य सर्वेक्षणका परिणाम,जनस्वास्थ्य ऐन, स्वास्थ्य बीमा ऐनलगायतका ऐनहरुको मस्यौदा तयार भइसकेको छ । स्वास्थ्य संस्थामा जनताको सहज पहुँचकालागि स्वास्थ्य संस्थाहरुलाई सेवाका आधारमा बर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

यसकालागि दातृनिकाय, नीजि स्वास्थ्य संस्था, मुलुकका स्वास्थ्य सेंवा प्रवाह गर्ने अन्य सम्पूर्ण निकायहरु र चिकित्सा तथा स्वास्थ्यकर्मी उत्पादनमा कार्यरत शैक्षिक संस्थाहरुसंगको.सहकार्य अगाडि बढाईएको छ । साथै संविधान प्रदत्त स्वस्थ भई बाँच्न पाउने अधिकारलाई सम्बोधन गर्न र मुलुकको संघीय संरचना अनुकूलको स्वास्थ्य सेवा प्रवाहकालागि मन्त्रालयले थुप्रै नीतिगत प्रयाषको थालनी गरेको छ । मुलुकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन र परिचालनकालागि मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज लगायत विभिन्न संघ,संस्थाहरुसंग सहकार्य गरेकोे छ ।

नेपालमा स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरु ?
स्वास्थ्य सेवालाई उपचारात्मक, प्रतिकारात्मक र प्रबर्धनात्मक स्वास्थ्य सेवा गरी तीन भागमा वाँडिएको छ । प्रतिकारात्मक स्वास्थ्य सेवामा काम गरेर केही उपलब्धिका रुपमा देशलाई पोलियो मुक्त भएको, दादुरा निवारण, नवजातशिशुमा हुने धनुषटंकार निर्मूल, कालाजार निराकरण र कुष्ठरोग निवारणको अवस्थामा पुगेको छं । यसैगरी प्रमुख स्वास्थ्य समस्याकोरुपमा देखा परेका संक्रामक रोगहरुको नियन्त्रणमा उपलब्धि हासिल भएको छ । पछिल्लो दुई दशकमा उपचारात्मक र प्रतिकारात्मक सेवाको विकासको गति र लगानी हेर्दा नमिलेको देखिन्छ । प्रतिकारात्मक र प्रबर्धनात्मक सेवाको तुलनामा पछिल्लो समयमा उपचारात्मक सेवामा जति लगानी गर्नुपर्ने थियो त्यति पुगेका छैन ।

त्यसमा तेश्रो चरणमा स्वास्थ्य सुधार कार्यक्रममा उपचारात्मक सेवालाई पनि लगानी प्रशस्त गर्नु पर्ने देखिन्छ । वास्तवमा आम जनताले स्वास्थ्य सेवाको महशुस भनेको स्वास्थ्य सेवा वारेविरामी स्वास्थ्य संस्था वा अस्पतालमा प्राप्तअनुभव सूचककोरुपमा प्रतिबिम्बित हुन्छ । आम नागरिककालागि सरकारी, गैह्रसरकारी र नीजि क्षेत्रले दिइरहेको सेवालाई सुलभ र गुणस्तरीय सेवाका साथै कलेजो जस्ता आवश्यक अंगको प्रत्यारोपणमा केही गर्न खोजेको देखिन्छ ।
स्वास्थ्य सेवाको गुणस्तरमा ध्यान ?

स्वास्थ्य मन्त्रालयले केन्द्रदेखि जनताको घरदैलोसम्म स्वास्थ्य सेवाको सञ्जाल विस्तार गरी उपचारात्मक, प्रतिकारात्मक र प्रबर्धनात्मक एवम् पुनस्र्थापनात्मक स्वास्थ्य सेवाहरु योजनाबद्घ ढंगले प्रवाह गर्दै आइरहेको छ । दक्ष र स्वस्थ्य जनशक्तिको परिचालन गरीसवै सरकारी र नीजिस्वास्थ्य सेवा तथा कार्यक्रमहरु संचालन गर्दा अपनाउनुपर्ने मापदण्डतयार भएको छ । व्यवस्थापकीय रुपमा ध्यान दिने हो भने सरकारी संस्थालाईलाई सरसफाईदेखि लिएर भौतिक पूर्वाधार, उपकरण समेतको दक्ष र सक्षम वनाउन सकिन्छ । सरकारी स्वास्थ्य संस्थामा व्यवस्थापकीय कमजोरकिो कारणले गुणस्तरमा सुधार गर्नुपर्ने देखिन्छ । सन् २०२०/२०२१ सम्ममा सवै सरकारी अस्पतालहरु र स्वास्थ्य संस्थाहरु नीजिभन्दा सक्षम र सवल हुनु पर्ने देखिन्छ ।

जनस्वास्थ्य सेवामा सुधारः
नेपालको संविधानले प्रत्याभूत गरेको आधारभूत र आकश्मिक स्वास्थ्य सेवा निशुल्क पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्नकालागि स्वास्थ्य मन्त्रालयले आम नागरिकको स्वास्थ्यको आवश्यकता पूरा गर्न योजनाबद्घढंगले वैज्ञानिक एवम् वस्तुगत स्वास्थ्य ऐन, राष्ट्रिय स्वास्थ्य नीति, स्वास्थ्य कार्यक्रम तर्जुमा भएतापनि जनस्वास्थ्य सेवा दयनीय छ । ठूलो सञ्जाल भएको स्वास्थ्य क्षेत्रमा केहीला छाडेर अत्रिकांश स्वास्थ्यकर्मीको लापर्वाही, समन्वय र सेवा भावनाको अभाव, अटेरीपन र अकर्मण्यता फस्टाउँदो छ । स्वास्थ्य सेवाको उद्देश्य एकातिर कार्यान्वयन असाध्यै गतिहीन भएको छ । सामान्य स्वास्थ्य समस्याकालागि स्थानीय र प्रदेशतहको मुख ताकेर वसेको देखिन्छ । बजेट पुग्दापनि औषधि खरीद हुन सक्दैन, सुपरिवेक्षण/ अनुगमन केवल अभिलेखमा सिमित छ, अधिकांश स्वास्थ्यकर्मी खटिएको संस्थामा जादैंनन्/बस्दैनन् । त्यसकारण यस्तो भताभुंग भएको स्वास्थ्य सेवालाई यस वर्षको राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा निम्न सुधार गर्नु पर्ने देखिन्छ-

१. यदि नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउने प्रयाष गर्ने होभने स्वास्थ्य सेवा ऐन २०५३ लाई व्यापक परिवर्तन गर्नै पर्दछ । स्वास्थ्य सेवाका सहायक चौथो तहदेखि एघारौं तहसम्मका प्राविधिक जनशक्तिलाई समेट्नेगरी संशोधन गरिनु पर्दछ । जुन तहमा स्तरोन्नति वा स्तरबद्घि हुने हो सोकालाििग आवश्यक योग्यता हासिल गरी लोक सेवा आयोगको प्रतिष्पर्धात्मक परीक्षामा छनौट हुनु पर्ने व्यवस्था गरिनु पर्दछ ।

२. स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायले स्वास्थ्य सेवाकालागि आवश्यक पूर्वाधारको उपयुक्त व्यवस्था गर्नु पर्दछ । भवन तथा औषधी उपकरणको समयमै आपूर्ति व्यवस्था गरिनु पर्दछ ।

३. स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्दा दुर्गम क्षेत्रका उम्मेदवारलाईनै अधिकतम संख्यामा प्राथमिकता दिई छनौट गरिनु पर्दछ । यसो गरेमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन निकै सजिलो हुन्छ । चिकित्सकहरु जिल्लामा जान नमान्ने, तुरुन्तै फर्कने, केवल शहरमामात्र बस्न खोज्ने, छिटै सरुवा हुने प्रचलन बढ्दा सेवा कार्य प्रभावित हुने हुँदा स्वास्थ्य सेवाका जुनसुकै पदकालागि रिक्त रहेका जिल्लावाटै छनौट गर्नु पर्दछ ।सरुवा र काजको अवधि कम्तीमा दुई वर्षसम्मेकै प्रावधान राख्नुपर्दछ । यदि अत्यावश्यकनै परेमा करारमा नियुक्ति गरी खटाउन सक्नुपर्दछ ।

. स्वास्थ्य सेवाको सवैभन्दा तल्लो चौथो तहवाट योग्य जनशक्तिलाई सहायक पाँचौं तहको आवश्यक कोर्ष वा तालिममा सहभागिता गराईनु पर्दछ । उदाहरणकालागि अ.हेव.वाट सि.अ.हे.व. वा हे.अ., अ.न.मी.वाट सि.अ.न.मी. वा स्टाफनर्स, ल्याव अशिष्टेण्ट वाट ल्याव टेक्निसियन, हे.अ.वाट एम.बि.बि.एस.कोर्ष अध्ययन गर्ने प्रावधान राख्नै पर्दछ । यसो गर्दा अनुभवी तथा योग्य जनशक्तिको स्तरोन्नति हुनुकासाथै अझ बढी प्रोत्साहित भई कार्य सम्पादन हुन सक्छ ।

५. स्वास्थ्य मन्त्रालयको सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने परिपाटी अत्यन्त नाजुक छ । बास्तविक समस्याको प्रभावकारी किसिमले समाधान गरिदिनु पर्दछ । साथै उपर्युक्त सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गर्ने परिपाटीलाई सुदृढ गराउनु अति आवश्यक छ । प्रथम हुने संस्था, जिल्लाका कर्मचारीलाई पुरस्कृत गरिनु पर्दछ । कर्मचारीकाृे बृत्ति विकास, सरुवा, बढुवा आदिमा गम्भीर र प्रभावकारी नीति वनाई कार्यान्वयन गरिनु पर्दछ ।

६. स्वास्थ्य मन्त्रालयद्वारा हरेक वर्ष विभिन्न स्वास्थ्य सूचकाङ्कका आधारमा जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय तथा अन्तरगतका जनस्वास्थ्य कार्यक्रमको राम्रो र प्रभावकारी मूल्याङ्कन त गरीन्छ, तर पुरष्कृत गर्ने परिपाटीनै छैन । त्यसकारण सो मूल्याङ्कनवाटै हरेक वर्षको उत्कृष्ट पुरष्कार प्रदान गरिनु पर्दछ ।

७. नेपालको स्वास्थ्य क्षेत्रमा गैह्रसरकारी क्षेत्र हावी भएको छ । किनभने चाहे संयुक्त राष्ट्रसंघीय संस्था वा अन्तरराष्ट्रिय तथा राष्ट्रिय सवैजसो संस्थाको इसारामा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा मातहतका निकाय चलिरहेका छन् । त्यसकारण देशमा “डोनर ड्राईभिङ” हुनुपर्नेमा “डोनर्स ड्राईभेन” भएको छ । देशको स्वास्थ्य क्षेत्रको योजना उनीहरुकै अभिरुचीमा भर पर्नाले प्रभावकारी योजना तर्जुमा हुन सकेको छैन । त्यसकारण गैह्रसरकारी संघसंस्थाबाट सहयोग, सुझावमात्र लिन सकिन्छ ।

८. देशका नागरिकको गुणस्तरीय स्वास्थ्यको सुनिश्चितता गर्ने स्वास्थ्य बिमा कार्यक्रम क्रमशः लागु हुँदैछ, तर यसलाई अत्यन्त गम्भीरताकासाथ अँगाडि बढाउनु पर्दछ । यसको सफलताकोलागि स्वास्थ्य बीमा कार्यक्रममा करारमा नियुक्त कर्मचारीलाई प्रक्रिया पु¥याई स्थायी गरिनुपर्दछ र स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार कार्यक्रम व्यापकरुपमा बढाउनु पर्दछ ।

९. हरेक स्वास्थ्य नीतिमा आधुनिक स्वास्थ्य प्रणालीकासाथै वैकल्पिक स्वास्थ्य प्रणालीको समेत विकास गर्दै लैजाने भनी राखिएको हुन्छ, तर नीति बमोजिम प्राकृतिक तथा आयुर्वेद चिकित्सा प्रणालीको विकास तथा कार्यान्वयन हुनै सकेको छैन । त्यसकारण वैकल्पिक स्वास्थ्य प्रणाली समेतको विकास गरी तदनुरुप कार्यान्वयन गर्दा सेवाग्राहीले स्वास्थ्य सेवा पाउन सक्छन् ।
पाँणिनी–८ पाली, अर्घाखाँची ।
(४० वर्ष स्वास्थ्य सेवा गरी निर्देशक पदवाट सेवानिबृत्त)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…