खेम बम/आरके पटेल वीरगंज । एक विवाहित पुरुषले जीवनमा सबैभन्दा बढी कसको विश्वास गर्छ भन्दा सबैका अ–आफ्ना धारणा हुन सक्छन् । तर, सत्य यो पनि हो एक पुरुषको पहिलो विश्वास पात्र उसको श्रीमती हो ।
सबैेभन्दा बढि समय जीवनमा श्रीमतीसँग बिताउछन् एक पुरुषले, भन्दा फरक नपर्ला । हरेक समस्या र अनुभवलाई सामना गरेर उसले एक फरक पृष्ठभूमीको महिलालाई विश्वास गरेको हुन्छ । महिलाले पनि एक असल जीवनसाथीलाई विश्वासको बन्धनमा बाँधेकी हुन्छन् । तर घटना यस्तो पनि हुँदो रहेछ ।वीरगंजमा बुधबार राती भएको गोली काण्डको मुख्य योजनाकार उनकै श्रीमती रहेको पर्सा प्रहरीले अनुसन्धानबाट खुलाएको छ । गोली काण्डमा संलग्न घाइतेका श्रीमतीसहित ४ जनालाई पर्सा प्रहरीले सार्वजनिक ग¥यो ।
गएराती ९ बजेर ३० मिनेटमा बृन्दावासनी गाउपालिका–२ झौवा निवासी उमेश चौरसियामाथि गोली प्रहार भयो । गोली प्रहारबाट घाइते चौरसियाको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि काठमाडाैंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेका घाइते चौरसियाको श्रीमती प्रियंका चौरसिया, बारा परवानीपुर निवासी बिकेन्द्र कुमार गुप्ता, वीरगज मुली निवासी मनोज गुप्ता मुन्ना साहलाई प्रहरीले पक्राउ ग¥यो । र उनकै श्रीमतीको कारण घटना घटेको स्पष्ट भयो । प्रहरीका अनुसार घाइते चौरसियाकी श्रीमती प्रियकां र बिकेन्द्रबीच प्रेम सम्बन्ध रहेको समेत खुल्यो ।
दुवैजना स्वास्थ्यकर्मी हुन् । आफ्नै श्रीमानलाई प्रेमी मार्फत हत्या गराई विवाह गर्ने उनीहरुको योजना रहेको भेद खुल्यो । सोही योजनाअनुसार बुधबार राति उमेश चौरसियामाथी गोली प्रहार भएको प्रहरीको भनाई छ । उनको कोखमा गोली लागेको छ । गोलीकाण्डमा संलग्न अन्य व्याक्तिलाई समेत प्रहरीले हिरासतमा राखेको छ । गोली काण्डमा प्रयोग भएको ना ३४ प १०३ नम्बरको मोटसाईकल र प्रयोग भएको एक थान नलकटुवा पेस्तोल समेत प्रहरीले उनीहरुका साथबाट बरामद गरिसकेको छ । घाईते चौरसिया बिदेशमा रहेको बेला उनको श्रीमती प्रियंका र बिकेन्द्रको प्रेम भएको थियो ।
बुधबार राति आफ्नै श्रीमतीले श्रीमान सुत्ने कोठाको पेस्तोलधारीलाई जानकारी गराईन् । र आफु त्यो समय अर्कै कोठामा गएर बसिन् । श्रीमानलाई मार्नका निम्ति २ लाख रकम दिने सहमति गरेकी प्रियंकाले मुना साह भन्नेलाई सबै व्यहोरा बताएकी थिईन् । प्रियंकाले उनलाई २५ हजार पेश्की समेत दिएकी थिईन् ।
मुना प्रियंकाको घरमा आईन् र पेस्तोल तेस्याईन् तर उनको निशाना कमजोर बन्यो । र उमेश चौरसिया घाइते बने । सम्भवतः डाक्टरको भनाई अनुसार उनको अवस्था खतरामुक्त रहेको छ ।