एजेन्सी – फेसबुकले “एड भ्वाईस क्लिप ” नामक एक नयाँ फिचरको प्रयोग गरिरहेको छ । यो फिचरको माध्यमवाट फेसबुक प्रयोगकर्ताहरुले तस्विर र भिडियो जस्तै एक सानो शव्द सन्देश रेकर्ड गरेर स्टाटसको रुपमा अद्यावधि गर्न सक्नेछन् । त्यसलाई साझा बनाउन सक्नेछन् । अहिले भारतमा यस फिचरको प्रयोग भईरहेको छ ।
प्रयोगको चरणको लागि भारतका केही चुनिएका फेसबुक प्रयोगकर्ताहरुलाई मात्र हाल यो फिचर उपलव्ध गराईएको छ । सर्वप्रथम एक भारतीय प्रयोगकर्ताले नै यो फिचरको शुरुवात गरेका छन् । शव्द सन्देशको “अप्सन स्टाटस ”अद्यावधिको क्रममा भेटिने अन्य फिचरहरु कै साथमा उपलब्ध रहने छ । यो फिचर आएपछि फेसबुक प्रयोगकर्ताहरुले स्क्रिनमा अक्षर टाईप गर्नुपर्ने झन्झटवाट थोरै राहत पाउने भएका छन् । तर यो फिचर तमाम फेसबुक प्रयोगकर्ताहरुसम्म कहिले पुग्ने हो , यसवारे केही जानकारी बाहिर आएको छैन ।
फेसबुकका एक प्रवक्ताले भने, “ फेसबुक प्रयोगकर्ताहरु आफूद्वारा ईच्छाईएको माध्यमवाट आफ्ना चिनजानका तथा आफन्त मानिसहरुसँग निरन्तर जोडिएर रहुन् –यो हाम्रो सतत् चाहना हो ” । ‘शव्द सन्देश फिचर’ प्रयोगकर्ताहरुको लागि एक नयाँ माध्यम हुने उनले विश्वास व्यक्त गरे ।
फेसबुकले यतिखेर शव्द सन्देश फिचर संपन्न गर्न र प्रचलनमा ल्याउन आफ्नो ध्यान केन्द्रीत गरेको छ । यस अघि सो कम्पनीले ‘फिओना’ र ‘अलोहा’ नामक दुई स्मार्ट होम स्पिकर निर्माणका लागि पनि काम गरिरहेको समाचार प्रकाशमा आएको थियो । जसलाई कम्पनीले आगामी जुलाईसम्म प्रयोगकर्ताहरुसम्म प¥्याउने कार्यक्रम रहेको छ । जारी गरिएको सूचनाहरुवाट ज्ञात भए अनुसार यसमा १५ ईन्चको ‘टच स्क्रिन डिस्प्ले’ हुनेछ र यसवाट भिडियो च्याट पनि गर्न सकिने छ ।
एन्ड्रोईड अथोरिटीको सूचना अनुसार अलोहा मोडेल दुवै उत्पादन मध्ये सर्वाधिक महंगो हुनेछ र यसलाई पोर्टल को नामवाट पनि बिक्री गर्न सकिनेछ । प्राप्त जानकारी अनुसार यसमा प्रयोगकर्ता सुनिश्चित गर्न उनको आवाज वा मुखाकृतिको पहिचान राख्न सकिन्छ । साथसाथै यसमा फराकिलो कोण समेटने लेन्सको साथ अग्रभागको क्यामरा पनि जडान रहने छ ।
सुत्रहरुले बताए अनुसार फेसबुकले कथित रुपमा सोनी र युनिभर्सल म्युजिकसँग साझेदारी पनि गरेको छ । यसवाट डिभाईसमा म्युजिकको फन्क्सन पनि राख्न सजिलो हुने अपेक्षा गरिएको छ । कम्पनीले मार्चमै यो स्पिकर लञ्च गर्ने योजना बनाएको थियो तर अडियो गुणस्तरमा सुधारका लागि भनेर यसलाई मार्चसम्म पर सारिएको छ ।