पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अव्बासीले नेपाललाई प्रदान गर्दे आएको छात्रवृत्ति दोव्वर गर्ने बताउनु भएको छ । आफु नेपाल भ्रमण आउनु अघि छात्रवृत्ति दुई गुनाले वृद्धि गरेको र अझ थप गर्नु पर्ने भए थप गर्न सकिने वताउनु भयो । नेपाल भ्रमणको पहिलो दिन प्रधानमन्त्री के.पी शर्मा ओली संगको भेटपछि अवेर राती होटल हायातमा सिमित पत्रकारहरुका विच उपस्थित हुनु भएका प्रधानमन्त्री अव्बासीले नेपाल र पाकिस्तानविचको सम्वन्ध अझ मजवुद वनाउने वताउनु भयो । उहाँले भन्नुभयो एकै बर्षमा तिनवटा निर्वाचन सम्पन्न गर्नु नेपालको प्रजातान्त्रिक ईतिहासमा ठुलो उपलव्धी हो ।
प्रधानमन्त्री अब्बासीले लामो संक्रमणमा रहेको नेपालले अव विकास र सम्वृद्धिको पथ समाउन लागेकोमा शुभकामना व्यक्त गर्न आफु नेपाल आएको वताउनु भयो । नेपाल प्रजातान्त्रीक पथमा अघि वढेको वताउदै पाकिस्तानी प्रधानमन्त्री अव्वासीले भन्नुभयो द्धन्दले विकास र सम्वृद्धिलाई रोक्छ । पाकिस्तानले पनि १५ बर्ष भन्दा वढी समय द्धन्द भोगेको चर्चा गर्दे प्रधानमन्त्री अव्वासीले भन्नु भयो द्धन्दका कारण करिव ६ हजार ५ सय सिपाही, २५ हजार आम नागरीक तथा प्रहरी मारिए । अहिले पाकिस्तानमा स्थिरता र शान्ति कायम हुनुको साथै विकासका कामले तिव्रता पाएको उहाँले वताउनु भयो ।
सन् २०१३ सम्म पाकिस्तानमा लोड सेडिंग, ग्यास तथा पेट्रेलिएम पदार्थको अभाव जस्ता विकाराल समस्या रहेकोमा हाल तिनको निराकरण भएको उहाँको दावी थियो । प्रधानमन्त्री अब्बासीले भन्नुभयो अहिले हामी ठुला ठुला राजमार्ग, विमानस्थल र अन्य पुर्वाधार निर्माणमा लागेका छौ । आर्थिक सम्वृद्धिको अभियानमा पाकिस्तान अघि वढेको भन्दै यो सवै प्राप्त हुन राजनीतिक स्थिरता चाहिने उहाँको तर्क थियो । राजनीतिक स्थिरता र प्रजातान्त्रिक प्रक्रियावाट पाकिस्तानले हासील गरेको उपलव्धीका वारेमा नेपालका प्रधानमन्त्रीसंग आफुले कुरा राखेको प्रधानमन्त्री अब्बासीको भनाई थियो ।
नेपाल भ्रमणबारे
आफ्नो नेपाल भ्रमण प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाली जनतालाई बधाई दिने उदेश्यले भएको प्रधानमन्त्री अब्बासीले बताउनु भयो । प्रधानमन्त्री ओलीले वहुमत प्राप्त गरेको, नेपालले एकै बर्षमा तिनवटा निर्वाचन सम्पन्न गरेको, राजनीतिक संक्रमण अन्त्य भई मुलुक स्थिरता तर्फ अघि बढेकोले वधाई तथा शुभकामना व्यक्त गर्न आफु नेपाल आएको प्रधानमन्त्री अब्बासीले बताउनु भयो । भ्रमणका केहि एजेण्डा थिय कि भन्ने पत्रकारहरुको प्रश्नमा प्रधानमन्त्री अब्बासीले भन्नु भयो भ्रमणका कुनै एजेन्डा थियनन् । हामीले दुई पक्षीय भेटमा आपसी हित र चासोका वारेमा छलफल गर्यौ । हामी विच थप सम्वन्ध विस्तार गर्ने बारे छलफल भएको छ । छलफल निकै सौहार्दपुर्ण भएको र निकट भविश्यमा हामी थप छलफल गर्दे जानेछौ ।
प्रधानमन्त्री ओलीले आयोजना गर्नु भएको रात्री भोजमा आफुले विपक्षी दलका नेताहरुसंग छलफल गरेको भन्दै प्रधानमन्त्री अब्बासीले विपक्षी दलका नेताहरुसंग छुट्टै भेटको कार्यक्रम नरहेको वताउनु भयो । पाकिस्तान र नेपालविच सिधा हवाई सम्पर्क कायम गर्ने बिषयमा सामन्य छलफल भएको र भविश्यमा थप छलफल हुने उहाँले वताउनु भयो । पाकिस्तानका पुर्व कर्णेल हवीव जहीरलाई नेपालको भैरहवा विमानस्थलबाट वेपत्ता बनाईएको बिषयमा प्रधानमन्त्री के.पी शर्मा ओलीसंग आफुले कुरा राखेको जानकारी दिदै प्रधानमन्त्री अब्बासीले भन्नु भयो दुवै मुलुक मिलेर उहाँको खोजी गर्ने सहमति भएको छ । गत अप्रिलमा कर्णेल जहीर नेपालबाट वेपत्ता भएका थिय ।
पाकिस्तान चीन सम्वन्धबारेपत्रकारहरुसंगको भेटमा प्रधानमन्त्री अब्बासीले पाकिस्तान चीन आर्थिकर कोरेडोरको बारेमा चर्चा गर्दे भन्नु भयो यो चीनको छिमेकिसंगको सम्वन्ध विस्तार गर्ने नीति अनुरुप भएको सम्झौता हो । यसवाट पाकिस्तानले धेरै फाईदा उठाउन सक्छ प्रधानमन्त्री अब्बासीले भन्नुभयो । चीनको वेल्ट एण्ड रोड ईनिसियटिभको बिषयमा सोधीएको एक प्रश्नको जवाफमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले भन्नुभयो यो चीनका राष्ट्र्पति सि जिंग पिंगको एशिया, युरोप लगाएतका देशसंग सम्वन्ध विस्तार गर्ने अभियान हो । उक्त अभियानबाट पाकिस्तान, नेपाल लगाएत अन्य मुलुक समेत लाभान्वित हुन सक्ने उहाँको भनाई थियो ।
सार्क सम्मेलनबारेभ्रमणका क्रममा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीसंग सार्क सम्मेलन र सार्कको भविश्यको बिषयमा छलफल भएको जानकारी दिनु भयो । प्रधानमन्त्री ओली सार्कको वर्तमान अध्यक्ष समेत भएको भन्दै अब्बासीले भन्नु भयो सार्कलाई प्रभाकारी बनाउने विषयमा छलफल भएको छ । निकट भविश्यमै सार्क सम्मेलनको बिषयमा सदस्य राष्ट्र्हरुसंग छलफल हुने अब्बासीले बताउनु भयो । पाकिस्तानले सन् २०१६ मा आयोजना गर्न लागेको सार्कको शिखर सम्मेलन रोकिएको र फेरी कहिले गर्ने भन्ने टुंगो नलागेको अवस्थामा अव के हुन्छ भन्ने प्रश्नमा अब्बासीले भन्नुभयो हामी छिटै सम्मेलनको आयोजना गर्नेछौ । सार्क सम्मेलनको आयोजना पाकिस्तानको विकल्पको वारेमा पनि छलफल भईरहेको भन्ने पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री अब्बासीले भन्नु भयो आगामी सार्क शिखर सम्मेलन पाकिस्तानमै हुन्छ, अन्यत्र हुदैन ।
भारतसंगको सम्वन्धबारेभ्रमणका वेला द्धिपक्षीय कुराकानी भएको भन्दै भारतसंगको सम्वन्धबारे प्रधानमन्त्री अब्बसीले कुनै कुरा उल्लेख गर्नु भएन । हामी सवै छिमेकिसंग असल सम्वन्ध कायम राख्न चाहन्छौ भनेका प्रधानमन्त्री अब्बासीले आफ्नो करिव २० मिनेट लामो अन्तरक्रियाका क्रममा पाकिस्तान चीन आर्थिक कोरेडोरको वारेमा भने महत्व दिएको देखिन्थ्यो । पाकिस्ता यस क्षेत्रका अन्य देशसंग असल सम्वन्ध विकास गर्न ईच्छुक रहेको भन्दै सक्रिय विदेशनीतिको पक्षमा पाकिस्तान रहेको सन्देश भने यो भ्रमणले दिएको पाकिस्तानका प्रधानमन्त्री अब्बासीको भनाई थियो ।