— रम्भा पौडेलमाघ १६ ,२०७४ का दिन, देशभित्र शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रमहरु मनाइदै थियो । प्रधानमन्त्री तथा विभिन्न नेताहरु शहीदगेट पुगेर शालिकमा माल्यार्पण गर्देैथिए । हामी भने हवाइजहाजबाटै सम्पूर्ण शहीदहरुप्रति हार्दिक शद्घाञ्जली अर्पण गर्दै चाइना साउदर्न एरलाइन्सको बिमानबाट मित्र राष्ट्र चीनको शियानतर्फ लाग्या । हामी चीनको Shaanxi Sattelite TV Media Group Xian को निमन्त्रणामा जनता टेलिभिजन नेपालको तर्फबाट त्यता लाग्दै थियौँ । साथमा हुनुहुन्थ्यो जनता टीभीका जि.एम. लक्ष्मण हुमागार्इँ, बरिष्ट कार्यक्रम प्रस्तोता नारायण भण्डारी, वरिष्ठ क्यामेरा पर्सन स्वयम्भू डंगोल, क्यामरा पर्सन गणेश अधिकारी र शैलेन्द्र गोविन्द अमात्य ।
शियानमा स्थापित silk road tv alliance मा रहेका अन्य १२ वटा अन्तर्राष्ट्रिय सदस्यहरु मध्ये जनता टेलिभिजन नेपाल पनि एउटा सहयात्री सदस्य हो । Silk Road tv Alliance एउटा professional media alliance हो । यही टेलिभिजनसँग जनता टेलिभिजन नेपालले पनि सहकार्य गर्ने गरेको छ । रेडियो कार्यक्रम, टीभी र चलचित्र निर्माणमा कार्यरत यो संस्थाले यतिबेला silk road spring festival gala evening कार्यक्रमको आयोजना गरेको थियो । यही सांस्कृतिक कार्यक्रममा सहभागी हुन हामी शियानतर्फ लाग्यौँ । नेपालका हिमालहरुलाई छल्दै हाम्रो यात्रा शियानतर्फ बढदै थियो । शित मरुभूमिले ढाकिएको तिब्बती पठारहरुलाई छल्दै जाँदा जति उत्तर लाग्थ्यौं, त्यति नै उजाड क्षेत्र र हिँउका चुचुरा आइरहे । आखा पाटिउन्जेल हामीले हिउँले खाएका पठारहरलाई हेदेै गयौं । जति उत्तर पुर्वतर्फ हामी जाँदै थियौं, त्यति नै समयको गति छोटिँदै थियौं । हाम्रो घडीमा दिउँसोको चार नबज्दै बाहिर अँध्यारो भैसकेको थियो । चीनको समय नेपालको समयभन्दा दुईघण्टाभन्दा पनि बढी छिटो भएका कारणले त्यसो भएको थियो । हामी सवैको मनमा भने समृद्घ समाजवादी मुलुक कस्तो होला र कतिबेला पुगिएला भन्न्ने कौतुहलता थियो । पठारको ६ घण्टाको लामो यात्रा पार गरिसकेपछि एउटा सुन्दर शहरभित्र हामी आइपुग्याँेै । जसको नाम हो शियान । जहाजबाट ओर्लिसकेपछि पनि धावनमार्गमा जहाज झण्डै वीस मिनट जति गुडिसकेपछि मात्र हामी एयरपोर्टबाहिर निस्कियौँ । बाहिर निस्किसकेर एक घण्टाको यात्रापछि बल्ल हामी बस्ने होटल आइपुग्यो । होटल पुग्दा अँध्यारो भैसकेको थियो । बाहिर जमिन सबै हिउँले ढाकिएको थियो भने शहर सवै झिलिमिलि बत्तिले झकिझकउ थियो । एउटा विराट सभ्य र भब्य शहरको मध्य भागमा पुग्दा लाग्थ्यो कि हाम्रा शहरहरु र आफनो देशका ठूलो भनिएको काठमाडौं शहर पनि सानो केटाकेटी खेल्ने मैदानजस्तो लाग्दथ्यो ।
चीन समाजवादी मूलुक हो । यहाँका चौंतिस प्रान्त मध्ये शाङ्शी एक प्रान्त रहेछ । शियान यसै प्रान्तको राजधानी रहेछ । शियान चीनको पुरानो राजधानाी शहर पनि हो । नेपालमा राजतन्त्रको लामो इतिहास भएजस्तै चीनमा पनि राजतन्त्रको लामो इतिहास रहेछ । हान वंसका राजाका पालामा यो शहर देशको राजधानी शहर थियो । अहिले चीनीयाहरु यो शहरलाई सांस्कृतिक राजधानीको रुपमा प्रचार गर्दछन । भनाइ नै चलेको रहेछ उद्योग हेर्न सांघाइजानु, राजनीति बुभन बेइजिंग जानु, अनि संस्कृति हेर्न शियान जानु । सोही अनुसार हामीलाई पनि चीनिया संस्कृतिको अवलोकन गर्ने मौका मिलेको थियो ।
संस्कृति हरेक राष्ट्रको पहिचान हो । भाषा, भेष, भुषा, लवाइ– खवाइ, चाडपर्व, नाचगान सवैको समग्र रुप नै संस्कृति हो । हामी वसन्त ऋतुको स्वागतमा मनाइने gala festival रौनकभित्र थियौँ । विकास र समृद्घिमा आज चाइना संसारमै प्रमूख राष्ट्र बन्दै छ । विकासका नाममा आज कैयौं राष्ट्रहरु अरुको देशको संस्कृतिको नक्कल गर्दैछन तर चाइनाले भने आफ्नो संस्कृतिलाई जोगाइराख्न यस्ता कार्यक्रमको आयोजना गरिरहेको छ । आफू मात्र होइन अरु देशको संस्कृतिको समेत आदान–प्रदान गरी विश्व सामु एकताको प्रयास पनि गर्दैछ ।
सिल्करोड चीनको पुरानो ब्यापारीक मार्ग थियो । शियान शहर सिल्करोडको पुर्वी किनार पनि थियो । यसै मार्गमार्फत चीनले यूरोपसम्म आफ्नो ब्यापारलाई निकै समृद्घ बनायो । तर जल यातायातको विकासले यस मार्गलाई पछि बिस्थापित गरिदियो । आज चीनियाहरु यसै रोडको माध्यमबाट पुनः पुरानो ब्पापारिक मार्गलाई उज्यालो बनाउने र विश्व बजारमा आफूलाई अब्बल बनाउनेतर्फ लागिरहेका छन् । यसबाट आफूमात्र समृद्घ नभई यस आसपासका देशहरुमा पनि सूचना र सञ्चारको विकास गरी संस्कृतिको आदान¬प्रदानका साथै ती देशहरुको समृद्घिमा सहयोगको आदानप्रदान गर्नै जमर्को चीनले गर्दैछ ।
संस्कृति हराएको देशको आफनो पहिचान नै गुम्दछ । त्यसैले चीनीयाहरुले हरेक देशले आफ्नो संस्कृति जोगाउनु पर्नै र त्यसैमा नया पुस्तालाई रम्न दिनुपर्ने कुरामा जोड दिएका छन् । आफ्नो परम्परालाई जस्ताको तस्तै नयाँ पिढिमा हस्तान्तराण गर्न यस्ता कार्यक्रमहरुले विशेष महत्व राख्दछन् । यस उत्सवमा विभिन्न देशका सांस्कृति झल्कने नृत्य र गीतहरु पनि प्रस्तुति गरिएको थियो । यस अवसरमा हामीले चीनको मात्र नभई इरान, मंगोलिया, हंगेरी लगायतका देशहरुको सांस्कृतिक प्रस्तुतिहरुको पनि अवलोकन गर्नै मौका पायौ । प्राचिनताको ऐतिहासिक धरोहर रहेको यो शियानमा नेपाल र चीनको पुरानो इतिहास बोकेका व्यकितत्वहरुको संम्झनामा बनेका मुर्ति र प्यागोडाहरुको पनि अवलोकन ग¥यौं । इसाको छैटांै शताब्दीमामा नेपाल आएर लुम्विनीको भ्रमण गरेका हुयान साङको शालिक र उनीकहरुकै सम्झनामा बनाइएको गुज प्यागोडा मन्दिर पनि अवलोकन ग¥यांै । इतिहासको पुरानो कालखण्ड देखि नै नेपाल र चीनको बीचमा मित्रताको पुलको काम गर्ने ती बौद्ध भिच्छुप्रति हाम्रो शिर श्रद्घाले निहुरियो । उनले नेपाल आएर लिच्छवी राजा अंशुबर्माले बनाएको कैलासकुटको बयान त्यतिबेलै गरेका थिए । नेपाल र चीनबीचको सम्बन्धलाई सुमधुर बनाउने प्रयास त्यतिबेलाबाटै शुरु भएको हामीले थाहा पायौं ।
नेपालबाट आफ्नो कलाकृति चीनसम्म लिएर जाने कलाकार अरनिको र दुईदेशका बीचमा सम्बन्ध बलियो बनाउन दुलही बनेर तिब्बत गएकी ती नेपाली चेली भृकुटीप्रति पनि हाम्रो हृदय देखि नै माया र श्रद्घा जागेर आयो जसले त्यतिबेला देखि नै नेपाल र चीनको बिचमा मित्रताको गाँठो बलियो बाधिदिएका थिए र आज पनि हामीले त्यसको गर्व गर्ने मौका पाएका छौ ।
आज हामी सेटलाइट मेडिया ग्रुप शियानको निमन्त्रणामा चिनको भूमिमा छौं, यो पनि आजका दिनहरुमा दुई देशबीचको सूचना र संचार को जगतमा भएका नयाँ प्रविधिहरुसंग परिचित हुने र विश्व रंगमन्चमा नेपालको पनि चिनारी गराउन चीनले दिएको अवसरको रुपमा हामीले लिएका छौ । हाम्रो बिचमा भोलीका दिनमा एकले अर्कोलाई आवश्यक परेको अवस्थामा सहयोगका हातहरु बढाउने बलियो विश्वास लिएका छौं । सत्य¬–तथ्य सूचना प्रवाह, स्वस्थ मनोरन्जन, आ–आफनो राष्ट्रको संस्कृति संरक्षण र समृद्घ जीवन बनाउनका लागि यसको महत्वपुर्ण भूमिका हुनेछ भन्ने हामीलाई लागेको छ । हामीले यस बैठकबाट सूचनाको क्षेत्रमा विश्वका विभिन्न मूलुकको साझा सहकार्य हुने दिशातर्फ पनि शियान शहरको महत्वपुर्ण भुमिका हुने कुराको अनुभूति ग¥यौं ।
शियानको जनसंख्या नेपालको झण्डै आधा जनसंख्या बराबर रहेछ । ब्यबस्थित गनचुम्वी महलहरुले बनेको यो शहर अत्यन्त सुन्दर, शान्त र सुब्यबस्थित देख्यौं ।
शियानको हावापानि अनौठो छ । जाडोमा हिउँले ढाकिन्छ तर गर्मीमा चर्को गर्मी नै हुन्छ । मुख्यतः बसन्त र शरद ऋतु नै यो ठाउँमा बढी आगन्तुकहरु आउने गर्दछन । यहाँ कि त हिउँले ढाकेर प्रकृतिलाई सुन्दर बनाउछ कि त हिउँ पग्लिएपछिको हरियाली र फुलहरुको सजावटले प्रकृतिलाईसुन्दर बनाउँछ । हामीले यहाँको प्रकृति हिमपात भएको अवस्थामा भेट्ने मौका पायौं ।जमिनहरु त हिउले ढाकेकै थियो, यसै रमाइलो थियो । त्यसमा पनि तालतलैयाहरु जमेर शान्त अवस्थामा बसेको पानी हेर्दै झनै रमाइलो देखिन्थ्यो ।
आज विश्वको बदलिँदो परिस्थितिले सवै देशहरुलाई बिदेशी प्रभावले तानिरहेकरहेको छ, तर चीनले आफना युवायुवतीलाई बिदेशी संकृतिको प्रभावबाट जोगाएर आफ्नै संकृतिमा रमाउने बनाएको छ । सबै युवायुवतीहरु कि त पढाइमा छन कित जागिरमा नै रमेको हामीले देख्यौ । युवा र युवती दुवै बरबार रुपमा सवै क्षेत्रमा संलग्न छन् । कम्युनिष्ट सिद्घान्तबाट दीक्षित युवा युवतीहरु लगनशिल र इमान्दार कर्मशिल, मिहिनेति भएको हामीले पायौ ।
त्यहाँका युवायुवतीहरु आफनै देशभित्रको शिक्षा, आफ्नै देश भित्रको रोजगारी भित्र रमाएको देख्दा हाम्रो देशका युवाहरुमा यस्तै खालको भाव र समर्पण कहिले देख्न पाइएला भन्न्ोकुराले भने मन कताकता अमिलो भयो ।
यो शहर सास्कृतिक नृत्य र नाटकको जीवन्त भूमि नै रहेछ । स्थानीय कलेजको स्टेडियममा प्रस्तुत गरिएको सास्कृतिक प्रस्तुतिले चीनको आफ्नो सस्कृति मात्र नभै अन्य देशको नाट्य संगीतको पनि मनोरन्जन लिने मौका हामीले पायौ । युरोपियन मुलुकमा त परिवार छिन्नभिन्न नै छ । नेपालमा रहेको संयुक्त परिवार पनि बिस्तारै टुटदेैछ । त्यतिमात्र हैन, आजभोली त श्रीमान–श्रीमतीमा छोडपत्रका श्रृंखला दिनप्रतिदिन बढ्दै छन् । नाटकले सामाजिक जीवनलाई जीबन्त रुपमा प्रस्तुत गरेको थियो । चीनियाहरु आफ्नो पारिवारिक मेलमिलापप्रति सचेत छन् भन्न्ो कुरा उनीहरुले प्रस्तुत गरेको नाटकबाट नै प्रस्ट हुन्थ्यो । नाटकमा श्रीमान–श्रीमति, आमा–बुवा र छोरा–छोरी मिलेर बस्दा घर कस्तो बन्छ र झगडा गर्दा कस्तो हुन्छ भन्ने कुरा झल्काउने नाटकको प्रतुतिले हामीलाई नेपालको आफ्नो संस्कृतिको पनि संझना दिलायो ।
चीनियाहरुआदर सत्कारमा निकै अगाडि रहेछन् । हामीले त्यहाँ बसुन्जेल धेरै किसिमका परिकारहरुको स्वाद पनि चाख्योैँ । पुरानो परम्परागत खाना बनाउने होटलदेखि नयाँ आधुनिक होटलसम्म खाानाका परिकारहरुले हामीलाई खाद्य पर्यटन गरेजस्तो अनुभूति पनि भएको थियो । हरेक खानामा मासुका परिकार हुनु यहाँको खानाको बिशेषता नै रहेछ । यहाँका बाटा, यहाका, बाग बगैचा यहाँका तालतलैयाको फोहरा, रात, अनि दिनको सजावट, ऐतिहासिक संग्राहालय, यहाँको ब्यबस्थापन , ठूला हवाइजहाज बनाउने कारखाना, अनि विश्वमै बढी जनसंख्या भएको यो देश देख्दा हामीलाई लाग्यो– गरे के नहुदो रहेछ त ? सपना देख्नुपर्दाै रहेछ अनि त्यो सपना पुरा गर्ने समर्पण चाहिँदो रहेछ । चीन जनताको साथ र नेतृत्वको सपना राज्यलाई नै समर्पित भएको देश रहेछ भन्ने हामीलाई लाग्यो ।अव नेपाली नेताहरुले ढिलो नगरीकन सोच्ने बेलाआइसकेको छ । देश संघियतामा गैसकेकोछ । सबै प्रदेशमा निर्वाचन सम्पन्न भै नयाँ सरकार गठन भैसकेको छ । अव आफ्नो स्थानलाई आफ्नै ढँगले विकास गर्ने अवसर नेपाली जनताले प्राप्त गरिसकेका छन । नेताहरु अव गाउाफर्क अभियान शुरु गर्नुहोस । विदेशमा रहेका युवाहरुले सिप सिकेका छन । तिनीहरुको सिप र क्षमतालाइ प्रयोग गर्न अव ढीलो गर्नू हुदैन । हाम्रो पुर्खाले कसैसंग हात पसारेनन् । अन्न पानी र आफूलाई आवश्यक पर्ने वस्तु आफैं उत्पादन गरेर आत्मनिर्भर र स्वाभिमानी बनेरर बाँचे । बरु देश भित्रका खानीहरू उत्खनन गरी विदेशीलाई बेचे । हामी भने सधै परावलम्वी बन्यौा । सबै कुरामा बिदेशमै भर परिरहेका छौ । त्यसैले त छोराछोरीहरुमा पनि विदेशी भूमिप्रति आशक्ती विकसित हँुदै गयो । आत्मनिर्भर हुन र मिहिनेती बन्न हामीले नै सिकाएनौ । त्यसैको फल अहिले भोग्दै छौं । हाम्रा गाउँहरु मानवबिहिन हँुदैछन् ।
आज विश्व बन्धुत्वका र भूमण्डलीकरणका कुरा चलिरहेको बेला छ । विश्व राष्ट्रको सााघुरो घेराबाट माथि उठ्दैछ । नेपाल पनि नयाा युगमा प्रवेश गरिरहेको यो बेलामा बिकास र समृद्घिका लागि यी कुराहरुले साथ दिनेछन । चीनको विकासबाट हामीले अव सिक्नु छ । हाम्रो विकासको मोडल हामी आफैले बनाउनु पर्दछ । प्रकृतिक सुन्दरता मासेर गरिएको विकास मानव जीवनका लागि उपयोगी हुने छैन । प्रकृतिलाई आफ्नै ढंगले फुल्न दिनुपर्दछ । तवमात्रै सुन्दरता झल्कने छ । प्रकृतिलाई बिगारेर गरिएको बिकासले कृत्रिमता मात्र जन्माउने छ । आज विकसित मुलुकहरु यसैमा पछुताउदै छन् । हामीले गर्व गर्ने ठाउँ बाँकी छ– हाम्रो प्रकृति अझै बिग्रिएको छैन । बेलैमा सोचौँ । अव नेपालको दिगो विकास र समृद्घिका लागि योजनाबद्धरुपमा सबैले सोचौं ।