महिलाका मुद्दा दिग्भ्रमित भएका त होइनन् ?

सीता ओझा
अध्यक्ष, महिला अध्ययन केन्द्र
अन्तर्राष्ट्रिय स्तरबाट शुरु भएको महिलाको अधिकारको आन्दोलनले १०८ वर्ष पार गरिसकेको छ । तात्कालीन समयको समानताको लडाइँको अन्तर्राष्ट्रिय नेतृत्व क्लारा जेट्किनले गरिन् । महिलाको समानतासँग जोडिएको समान ज्याला र मतदानको अधिकार अझै पनि कतिपय मुलुकका महिलाले पाएका छैनन् । विश्वभरी महिलाको समान हकको कुरा प्रत्येक आर्थिक, सामाजिक र पारिवारिक संरचनासँग जोडिएर आउँछ । यी संरचनाहरुको निर्माण परिवारको आवश्यकता स्वरुप र फाइदासँग जोडिएको छ । त्यस्ता आवश्यकताको महत्व भएको परिवारको परिकल्पना अझैसम्म पुरुषको मात्रै हुन्छन् भनेर बुझने गरिन्छ । यस्ता कुराको सम्बन्ध धर्मको मर्म र साँस्कृतिक गहिराइसँग जोडिएर निर्माण गराइएको छ । यिनीहरु निकै सुसुप्त रुपमा रहेको कुरा हाम्रा सँस्कारगत व्यवहार र दृष्टिकोणको जिनसँग जोडिएका छन् । बदलिएको दुनियाँसँगै यिनीहरु रुपमा बदलिँदै छन् । बदलिएका रुपहरुलाई पुँजी बजारले गाउँ र सहरमा फरक फरक मोडेलमा प्रस्तुत गरेर पुनः महिलालाई शोषण गरिरहेको छ । हामी त्यसलाई आधुनिकताको नाममा मस्त भएर मन्द विष पिए झैँ चपाई रहेका छौँ । यस्ता फरक प्रकृतिका शोषणका विषयमा महिला अधिकारकर्मीहरुले हेक्का राख्नै पर्छ होला ।

विश्वभरिका गिनेचुनेका महिलाहरुले अन्तर्राष्ट्रिय स्तरका चारवटा ओटा विशाल विश्व महिला सम्मेलनहरु देख्ने सुन्ने र सहभागिता पनि जनाए । यसरी आयोजना भएको महिलाको विश्व सम्मेलनमा विश्वभरका महिलाका समस्यालाई पहिचान गर्न सके । पछिल्लो पटक चिनको बेइजिङ्गमा सम्पन्न चौथो महिला विश्व सम्मेलनले त महिलाका बाह्रवटा सरोकारका मुद्धा छुट्याउन सफल भयो । चारवटा विश्व महिला सम्मेलनले विषेश गरेर महिलासँग जोडिएका हरेक सवालहरुको सम्बोधनका लागि महिलाको सरोकार हुनुपर्ने कुरा विशेष रुपमा जोड दियो । महिलाले महिलासँग गर्ने सुनुवाई र गरिने सरोकारको कुराको सहज वार्तालाभ जति सजिलो हुन्छ त्यति कै असहज पुरुषसँग गाह्रो हुने कुराको किटानी पनि गरियो । यस्तो विषयले अहिले उत्पिडनमा परेको महिलाले न्याय पाउने कुरामा सहजता बढेको देखिन्छ । त्यस्तै पहुँच बाहिर भएका महिलाले महिलासँग महिलाको कुरा भन्न सक्ने वातावरण बन्यो । सँगै हरेक यस्ता विषयमा महिलाको सरोकार पनि जोडियो । यस्ता कुराले मानिसलाई महिला निकै उत्पिडन र असमानतामा बाँचेका रहेछन् यो अवस्थाबाट सुधारको अबस्थातिर लैजान सहयोग गर्नुपर्छ भन्ने आम चेतनाको जागरण पनि गरायो । महिलाको विभेदको न्यूनीकरणको लागि यस्तो प्रचार प्रसारले सबैतिर सेतुको काम गरेको अनुभुति भएको देखिन्छ ।

फेरी पनि महिलाको बषौँको त्याग र बलिदान हराउन या मेटिने हो की भन्ने पनि शंका उब्जेको भेटिन्छ । यस्ता कुराको मुल्याङकन र समीक्षा गर्न नजान्दा एक जना व्यक्ति पदमा पुगेको कुरा या एकदुईले सुविधा पाएको विषयलाई नजिर बनाएर अरु महिलालाई सेक्ने र छेक्ने हो की जस्तो हुन जान्छ की ! सोचौँ है । त्यसैले महिला अधिकारका अभियान्ताहरुले अधिकारको प्राप्ति सगै अबको अधिकारको क्षेत्र या बाटोको पहिचान सहित मुद्दा पनि ठम्याउन सक्नु पर्दछ ।

आदिम कालदेखि नै महिला नै महिलाको कार्यतालिकाको कर्ता महिला हुन नपाएको इतिहास पढेका हामीले सामाजिक विभेदीकरणको व्यबहार कति व्यहोरेर आएका छौँ भन्ने कुरा हामी भन्दा बढी हाम्रा आमा र हजुरआमालाई थाहा छ तर उनीहरुले लेख्न र देखाउन नजानेका कारण विभेदमा परे । समाजमा महिला र पुरुष विचमा साँस्कृतिक र साहित्यिक रुपमै लैङ्गिक विभेद गरिएको देखिन्छ । परिवार, समाज र राज्यको परिकल्पना गर्ने दृष्टिकोण बोकेको पित्रृसत्ता अझै लिङ्गीय समानताको कुरामा छलफल गर्ने तरखरमा देखिन्न । यस्ता कुराहरु कतिपय महिलालाई र अधिकांस पुरुष कै लागि पाच्य भएको देखिदैन । महिलाका समानतासँग जोडिएका अर्थ राजनीतिका कुरा अझै परिवारमा छलफल हुदैनन् । घर परिवारमा छोरी जन्मने र जन्माउने कुरा अझै हामीलाई बोझ नै छ । छोरीको जन्म पश्चात सूचना पाउँदा नै अर्धचेत मष्तिस्कले हतारिएर “ए छोरी पो हो ”। भन्न हामी नै पछि पर्दैनौ । महिलाका पहिरन, खुवाई, बसाई, हिँडाई हरेक कुराप्रति टिपणी गर्ने परिपाटी पनि हामीमा नै छ । विविधतामा एकताको समायोजन गर्न खोज्ने हाम्रो समाजले महिला महिलावीचमा भएको वर्ग विभेदको पहिचान गर्न अझै सकेको छैन । त्यस्तै प्राप्त उपलब्धिको सँस्थागत रक्षा र विकास गर्ने कुरा पनि पहिचान गर्न र निर्णयमा दरो पाइला टेक्न नसकेको होकी भन्ने पनि देखिदै छ । यस्ता नीतिसँग जोडिएका विषयहरुमा राज्य र राज्यका सञ्चालनकर्ताहरु नै टिक्न नसक्दा प्राप्त उपलब्धीहरुको सँस्थागत विकास हुन सक्दैन की जस्तो आभास पनि हुने गरेको छ । फेरी पनि महिलाको बषौँको त्याग र बलिदान हराउन या मेटिने हो की भन्ने पनि शंका उब्जेको भेटिन्छ । यस्ता कुराको मुल्याङकन र समीक्षा गर्न नजान्दा एक जना व्यक्ति पदमा पुगेको कुरा या एकदुईले सुविधा पाएको विषयलाई नजिर बनाएर अरु महिलालाई सेक्ने र छेक्ने हो की जस्तो हुन जान्छ की ! सोचौँ है । त्यसैले महिला अधिकारका अभियान्ताहरुले अधिकारको प्राप्ति सगै अबको अधिकारको क्षेत्र या बाटोको पहिचान सहित मुद्दा पनि ठम्याउन सक्नु पर्दछ ।

गाँउमा दाइभाइ र बाबुको इज्जतको बन्धक राखेर छोरी या बहिनीको अस्मिता बेचिन्छ ।” यस्तो न्याय सम्पादन कार्य संरचनाको फेरबदलका लागि हामीले के गर्न सक्छौँ ? सोचनीय विषय छ ।

नेपालको महिला आन्दोलनको सय बर्षको समीक्षा गर्दा पहिलेदेखि उठाएका अधिकांस मुद्दा अहिले सम्ममा लगभग सम्बोधन भएका छन । अब बाँकी कुरा संविधानको संसोधन या बन्ने कानुनमा व्यवस्था गर्दा हेक्का पुर्याउन सके सुधार हुने देखिन्छ । तर तल्ला संरचनाहरुमा समस्या अझै जटिल छन् । संविधानले व्यवस्था गरेका सबै संविधानका धारा राज्यका तल्लो निकाय सम्म कानुनको स्वरुपमा या नियम/विनियम या निर्देशिकाका रुपमा गाँउले महिलाले कहिले पाउने र बुझ्ने ? यस्ता विषयहरुको प्रचार प्रसारमा को लाग्ने ? को कस्ले अधिकारको विषयमा बोल्ने ? कसरी लाग्ने ? आदि कुरा जिवितै छन् । कुनै गाँउको महिला यौन दुव्र्यव्यबहारमा पर्छे, मिलापत्र हुन्छ । कचहरीमा महिला बस्न दलको संयन्त्रमा कार्यकारी पदमा महिला छैनन् । संघ सस्थाका महिलाको उपस्थिति उनीहरुको समय र कामकाज मैत्री छैन । छलफलको सुरुवात… यति पैसा दिलाउँछुबाट हुन्छ । एक पटकलाई माफी दे । गाँउ कै छोरो भतिजो हो भनिन्छ । पिडित एक्लै हुन्छे पिडकको त्यहाँ पनि स्वर ठुलो ! भाइ, दाइ या बावु भए इज्जतको दाउ लाग्ने । आमालाई बोलाइन्न । गाँउमा दाइभाइ र बाबुको इज्जतको बन्धक राखेर छोरी या बहिनीको अस्मिता बेचिन्छ ।” यस्तो न्याय सम्पादन कार्य संरचनाको फेरबदलका लागि हामीले के गर्न सक्छौँ ? सोचनीय विषय छ ।

हाम्रा गाउँ घरहरु शहरीकरण भइरहेका छन् । हरेक परिवार टुक्रिएर एकल बन्दैछ । हिजोको जीवनयापनको शैलीमा बदलाब आएको छ । सबै सुकिलो मुकिलो र सजिलो जीवन शैलीतिर ढल्किएको शहरी जीवन त्यतिकै ब्यस्त पनि छ । छोरी बुहारीको शिक्षामा सहभागिताले महिलाहरु पनि घरबाट बाहिरिएका छन् । शिक्षाकै कारण एकअर्कामा अन्तरक्रिया भएको छ । पेसा, व्यवसाय र रोजगारीमा महिलाको सहभागिता बढेको छ । काम र कामप्रतिको जवाफदेहिता पुरुष श्रमिक भन्दा महिला श्रमिकमा लागव बढी देखिन्छ तर घर परिवार भित्रको कामको चाप, नाता सम्बन्ध र परिवारिक ब्यबस्थापनमा पुरुषको सहकार्यमा कमी रहेको कारण महिला निकै निरास पनि छन् । कार्यलयीय काम र प्रतिष्पर्धामा जानु पर्ने महिलाको आवश्यकतालाई कतिपय व्यक्ति या सहयोद्धाले अवमूल्यन गर्दै भन्ने गर्छन् ¬– “ तिमीलाई गार्हो भो, राजीनामा देउ ! तिम्रो त्यो पैसाले कति पो हुन्छ र ! त्यस्तै घर परिवार बा आमाले पनि बुहारी घर भैदिए हुने भनेका छन् । तिमी हिढ्दा सबैले कुरा काट्छन । तिमी बस्दा केटा केटीको पनि स्याहार पुग्ने ”आदि कुरा पनि निकै सुनिन्छ । यी त उदाहरण मात्र हुन् ।

माथि उठाइएका दुबै भोगाई अहिलेका महिलाका ज्वलन्त समस्या हुन् । यी र यस्ता समस्याको सम्बोधन हुने विषयहरु अबको महिला आन्दोलनका विषय हुन सक्नुपर्छ । यति लामो लडाईँ लडेर आउने योद्धाहरु अहिले महिला आन्दोलनको बाटो पहिचान गर्न नसक्ने स्थानमा पुगेको हो ? प्रश्न उठेको छ । अबका दिनमा महिलाका अधिकारका मुद्धा नै नदेखिने या महिला समस्या मै नर्पेने हो की जस्तो गरि मुद्धा नै दिग्गभ्रमित हुन खोजिरहेको जस्तो देखिन्छ । यो पटकको प्रदेससभा र केन्द्रियसभा चुनाव साथै प्रान्तीय सरकार गठनका प्रकृया र त्यो सम्बन्धमा महिला अधिकारकर्मीको मौनताले अबको महिला आन्दोलन सोचनीय श्रीङ्गागारमा पुगेको हो जस्तो लाग्छ । दलीय राजनीति भित्रका महिलाको संसदीय सहभागितामा प्रतिनिधित्व गराउने सन्दर्भमा दलको शिर्ष नेतृत्वले देखाएको बल मिच्याइ प्रवृति र महिलाको भद्रसहनशीलताले महिला आन्दोलन आन्दोलन नभएर राजनीतिक अवसर केन्द्रित मात्रै रहेछ की भनेर नयाँ पुस्ता अलमलमा परेकोछ । त्यसैले अबको महिला आन्दोलनमा नयाँ पुस्तालाई सम्बोधन गर्ने विषय र नेतृत्वमा नयाँ पुस्ताको प्रसस्त सहभागिताको आवश्यकता रहेको देखिन्छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उत्सव मनाउदै गर्दा यस्ता विषय पनि समीक्षा गर्न अभियानकर्ताले नर्विसिउन् । अन्तराष्ट्रिय । श्रमिक महिला दिवसको सबैलाई शुभकामना ।।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

सरोज थापा डाेल्पा। जिल्लाको एक विद्यालयमा भवन निर्माणको रकम यार्सा व्यापारमा लगानी भएको छ । रकम यार्सामा गएपछि विद्यालयले चर्को…

मोरङ । आर्थिक वर्ष २०७५/ ०७६ को बजेटमा प्रदेश नम्बर १ मा राष्ट्रिय महत्वका ५ वटा ठूला आयोजना परेकाे छ।…