[caption id="attachment_21746" align="alignleft" width="214"]
–कान्ति न्यौपाने [/caption]
८ मार्च १९१३ लाई महिला मुक्ति दिवसको रुपमा लिइन्छ । दोश्रो दर्जाका मानिस सरह भएका महिलाहरुले आफ्नो हक र अधिकार सुनिश्चित गर्नको लागि पूरुषवादी सोचका विरुद्ध आवाज वुलन्द गरेका थिए । त्यसो त त्यो भन्दा अघिपनि यस विषयमा चर्चा परिचर्चा भने नभएका होइनन् ।
महिलाहरु आफूले हक अधिकार नपाएको र आवाज उठाउनुपर्ने विषयमा केन्द्रित रहेर भित्रभित्रै संगठित हुन थालिसकेका थिए । सन् १९०९ बाट नारी मुक्ति आन्दोलनका विषयमा केन्द्रित रहेर विभिन्न लेख रचनाहरु प्रकाशित हुन थाले । यही क्रमलाई निरन्तरता दिदैँ १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा महिलाहरुले वृहत्त भेला आयोजना गरे ।
जसमा १७ वटा देशका १०० भन्दा बढी महिला भेला भएर महिला मुक्ति आन्दोलन सुरु गर्ने निष्कर्ष निकालेका थिए । जसको उद्देश्य पनि महिलाको मुक्ति नै थियो । यही क्रमलाई निरन्तरता दिदैँ जाँदा विस्तारै क्रान्तिका ढोकाहरु खुल्न थालेँ । सन् १९११ बाट जुन देशका महिला मुक्ति हुनुपर्छ भन्ने चाहान्थे उनीहरु विस्तारै आन्दोलनतर्फ अग्रसर हुन थाले । यो क्रमले व्यापक निरन्तरता पायो र १९१३ मार्च ८ का दिन रसियन महिलाहरु संगठित भएर महिला मुक्ति आन्दोलनको विजारोपण गरे । त्यसको फलस्वरुप अहिले अन्र्तराष्ट्रिय स्तरमा नै यसलाई महिलामुक्ति र संघर्षको दिनका रुपमा मनाउन थालियो ।
त्यस्तै २१ जनवरी २०१७ मा पनि महिलाहरु एकीकृत भएर ‘उमन मार्च’ गरेका थिए । त्यसदिन अमेरिकाको सानाठूला शहर गरेर ६ सय ७३ ठाउँमा प्रदर्शन भएको थियो । त्यसमा ५० लाख महिलाको प्रतिनिधित्व हुनु चानचुने विषय थिएन । जसमा उनीहरुले समान ज्याला, वातावरणीय न्याय र पुर्नउत्पादन सम्बन्धि विषयमा केन्द्रित रहेर अमेरिकाको सानाठूला राज्यहरुमा व्यापक प्रदर्शन गरेका थिए ।
आफूहरुले पनि पुरुष सरह अधिकार र समान न्याय पाउनुपर्ने उनीहरुको जोड थियो । यस्तै १९१७ को अक्टोबर क्रान्ति पनि महिलाको भूमिका उल्लेखनीय छ । उनीहरुले महिला मुक्तिको लागि आन्दोलन नगरेपनि वर्गसंघर्षबाटै महिला मुक्त हुन्छन् भन्ने मान्यता राखेका थिए ।
महिला हकअधिकारसम्बन्धी आज पनि विश्वमा विभिन्न मुद्दा उठिरहेका छन् । समानताको विषयमा जस्तासुकै कानुन र नीतिनियम निर्माण भएपनि व्यवहारमा भने लागि हुन सकेको छैन । विश्वको इतिहासलार्इ पल्टाउँदा महिलामाथि जुन किसिमका अभद्र र अशोभनीय यातना दिइन्थ्यो जुन सुन्दा मानिसको शरीर अहिले पनि जिरिङ्ग हुन्छ । यातनाको विषयमा केन्द्रित भएर हेर्ने हो भने नेपालको र अन्य मुलुकको उदाहरण काफी छ ।
१. सती प्रथा यो पनि महिलालाई दिने यातना मध्येको एक हो । जसमा श्रीमतिले श्रीमानको मृत्युपश्चात् आफै पनि जिउँदै चितामा जल्नुपथ्र्यो । अहिले भने यो प्रथा पुरै निर्मूल भइसकेको छ ।
२. आराले चिर्नेमध्ययुगमा बोक्सी, भगवान निन्दा र परपुषसँगको सम्बन्धको आरोप लगाई उल्टो झुण्ड्याएर आराले घण्टौ लगाएर चिर्न सुरु गरिन्थो । जसको कारणले महिलाहरु असह्य पीडा खेप्दै मृत्यवरण गर्दथे ।
३. योनीच्छेदःयो प्रचलन अझैपनि अफ्रिकाली मुलुकहरुमा पाइन्छ । यस्तोे यातना दिदाँ महिलाको भङ्गाकुर काटिन्छ । जसले गर्दा महिलामा यौन चाहाना कम हुन्छ र पुरुषकै वशमा रहन्छन् भन्ने गलत मान्यता रहेको छ ।
४. स्पेनी गधा कटाइयो प्रचलन मध्ययुगमा बढी थियो । जसमा महिलाको योनीलाई औजारले रेटेर यातना दिइन्थ्यो । त्यसमा कतिपयको तत्कालै मृत्यु हुन्थ्यो भने कतिपय पिडामा छट्पटिएर केही समयपछि मर्दथे ।
५. भुसमा जलाएर मार्नेःमध्ययुगमा प्रचलित यस्तो यातनामा शैतान बोक्सी आदिको आरोप लगाएर वरिपरि भुस बालेर किलोमा वाँधी यातनाका साथ मारिन्थ्यो ।
६. ढुंगा हान्नेमुस्लिम धर्ममा प्रचलित यो यातना अझै निर्मूल भएको छैन् । यसमा महिलालाई विभिन्न आरोप लगाई खाल्डोमा टाउको मात्रै देखिने गरी पुरेर ढुंगाले हानी मार्ने परम्परा छ ।
७. पवित्रता पेटीको यातनामहिलालाई बलत्कार, यौन चाहाना र हस्तमैथुनबाट परै राख्न यस्तो पेटी लगाउने यातना दिइन्छ ।
८. फलामे मकुण्डोःयसको प्रयोग विवाहित महिलाको लागि हुन्थ्यो कोही महिला श्रीमानको कुरा काट्ने र उनीहरुलाई कचकच गर्ने गर्छे भने उसलाई फलामको मकुन्डो लगाएर जिब्रो छेडी सहर घुमाउने चलन थियाे, अहिले पनि कही कही यस्ताे चलन हटेकाे छैन ।
९. खुट्टा खुम्च्याउनेःजसमा महिलाको पैताला सानो हुनुपर्छ भनेर एकदमै साघुँरा जुत्ताहरु लगाउनुका साथै औला भाचेर रेशमी कपडाले पैताला वेरिन्थ्यो । त्यसमा महिलाको पैताला ३ इन्च बन्नुपर्छ भन्ने मान्यता राखिन्छ ।
१०. अविवाहित महिलाको स्तन काट्नेःकुनै अविवाहित महिलाले पुरुषसँग शारिरिक सम्बन्ध राखेमा उनीहरुको स्तन औजारको मद्दतले छेडेर स्तन छिनाइ चरम यातना दिइन्थ्यो ।
उल्लेखित जतिपनि यातनाहरु छन् ती मध्ये केहीकेही बाहेक सबैजसो अब निर्मूल भइसकेका छन् । यो सबै महिला आन्दोलन, हकअधिकारको लडाई र संघर्षको प्राप्ति हो । महिलाले गरेका विगतका संघर्षका कारण अहिलको समय बदलिएको छ । त्यस्ता अमानवीय यातना निकै कम भएका छन् ।
राज्यका निर्णायक तहमा भने महिलाको पहुँच कमै मात्र छ । एक तथ्यांक अनुसार २०१७ सम्ममा आउँदा १ सय १४ महिला राज्यको प्रमुख तहमा पुगेका छन् । जसमा ४९ राष्ट्राध्यक्ष, ६५ प्रधानमन्त्री भएर कार्यभार सम्हालिसकेका छन् । विश्वका राष्ट्रपति र कार्यकारी तहमा पुग्ने पुरुषको तुलनामा यो तथ्यांक अनुसार ६ प्रतिशत महिला मात्रै कार्यकारी भूमिकामा देखिएका छन् । यसबाट पनि पुष्टि हुन्छ कि पुरुषको तुलनामा महिला अझैपनि हकअधिकार प्राप्तिको विषयमा निकै पछि छन् ।
पुरुषले महिलालाई महिलाको रुपमा स्वीकार गर्न नसक्नुले समस्या देखिएको भन्दै अमेरिकन कवि डोरोथी पास्कर लेख्छिन्, म ती पुरुषहरुलाई स्वीकार गर्न सक्दिन जसले महिलालाई महिलाको रुपमा प्रस्तुत गर्छन । मेरो विचार यो छ कि, हामी चाहे स्त्री हौँ या पुरुष, सबैलाई मानव व्यक्तिको रुपमा स्वीकार गरियोस्, तर नामवाद आफैमा एउटा अपूर्ण सिद्धान्त हो । नारी विरोधी मानिसहरुको लागि यो सिद्ध गर्न त्यति असुविधा हुदैँन कि स्त्री कहिल्यै पुरुष हुन सक्दिनन् ।नेपालको राजनैतिक आन्दोलन, राणाशासनको अन्त्य, सामाजिक र आर्थिक विभेदका हरेक आन्दोलनमा महिलाको भूमिका उल्लेखनीय छ ।
महिला हकअधिकारका विषयमा चर्को नारावाजी गर्दै आएका पूरुषहरुको पनि यसमा ठूलो हात छ । संविधानमा महिलाको हकअधिकार सुनिश्चित गरिएको छ । नेपालमा अहिलेसम्म महिला राष्ट्रपति, सभामुख र प्रधान्यायाधीश वनिसकेका छन् । तर त्यो श्रमिक महिलाको लागि पर्याप्त छैन । एउटा महिला प्रमुख पदमा, हरेक महिला शोषण, दमन, शारिरिक हिंसा र उत्पीडनबाट मुक्ति हुन्छन् भन्ने होइन । सामाजिक बन्धन अर्थात् सामाजिक कुरिती जतिपनि छन् । तिनको अन्त्य हुन आफैमा स्वःस्फूर्त भावना जागृत भएमात्र महिला मूक्ति सम्भव छ ।
दिनानुदिन बढिरहेको महिला बलात्कार अहिलेको जल्दोबल्दो विषय हो । ८ महिनाको बच्चादेखि लिएर ८० वर्षकी वृद्ध महिलासम्म यो समस्याबाट पिडित छन् । नियम कानुनको कडा पालना र यसको सदुपयोग नहुनाले यो समस्याले विकराल रुप लिदैँ गएको छ । नेपालमा ३३ प्रतिशत महिला सहभागिता भनेर संविधानमै तोकिए पनि महिलाले अझै न्यायोचित अधिकार पाएका छैनन् ।
महिलालाई उचित स्थानमा जान नदिने प्रवृत्ति छ । यदि स्थान दिएपनि कोटा पुर्याउने लक्ष्यले मात्रै दिइन्छ । यस्ता समस्याको नियन्त्रणमा एक व्यक्तिको पहलले मात्रै केही हुदैँन । त्यसका लागि राष्ट्र, समाज र विश्व नै एकजुट भएर लाग्नुपर्छ । आठ मार्च अर्थात् श्रमिक महिला दिवसको दिनमात्रै होइन ३ सय ६५ दिन नै महिलाको हकअधिकारको विषयमा आवाज वुलन्द गर्ने हो भने महिला मुक्ति अवश्य हुनेछ ।